शुरू गर्यो गुगुलले नेपाली भाषाको अनुवाद पनि…
गुगलले नेपाली भाषाको अनुवाद शुरू गरेको छ । शब्द, वाक्यदेखि ग्रामर सबै ट्याक्कै नमिले पनि नेपाली भाषालाइ संसारको अन्य ७९ भाषाहरूमा परिवर्तन गरेर हेर्न भने सकिने भएको छ ।
सायद अहिले देखिएको कमीकमजोरीहरू विस्तारै सच्चिंदै जानेछन् । कस्तो अनुवाद गर्दछ त हेर्नुहोस् केही उदाहरणहरू ।
जुम्लामा १२ प्रतिशत घरपरिवार शौचालयको पहुँच बाहिर
जुम्ला- जुम्लाका करिब १२ प्रतिशत घरपरिवार अहिले पनि शौचालयको पहुँच बाहिर रहेको एक सूचकले देखाएको छ ।
जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय जुम्ला र एसएनभी नेपालको समन्वयमा जुम्लाका सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आगामी फागुन २४ गते जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणाका लागि सञ्चारमाध्यमबाट चाल्नु पर्ने भूमिका र प्रवाह गर्नुपर्ने सन्देशका विषयमा छलफल भएको छ ।
अन्तरक्रियामा जिल्लाका ३० वटा गाविसका २१७ बस्तीमा २१ हजार ४९९ घरधुरी सङ्ख्या रहेको छ । जसमा १८ हजार ९२८ (करिब ८८ प्रतिशत) घरधुरीमा मात्र शौचालयको पहुँच रहेको एसएनभी नेपालका खानेपानी तथा स्वास्थ्य सरसफाइ सल्लाहकार गोविन्द रोकायले बताउनुभयो ।
अहिले जुम्लामा २३ वटा गाविस दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी सात गाविस पनि घोषणा हुने तीव्र तयारीमा छन् । हुम्ला, मुगु र डोल्पा जिल्लामा आठ/आठ वटा गाविस मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् ।
सरसफाइका दृष्टिकोणले अन्य जिल्लाभन्दा जुम्ला धेरै अगाडि छ । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय र एसएनभी नेपालले गाविस सचिव, विद्यालय स्रोत व्यक्ति र सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा छलफलबाट आएका सुझाव सल्लाहलाई राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ को मर्म पूरा गर्नमा सहयोग मिल्ने जनाएको छ ।
थसेसको भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार यस वर्ष पनि गल्कोटकै पोल्टामा
टोकियो-थकाली सेवा समिति जापानको आयोजनामा यही डिसेम्बर १ तारिक टोकियोमा भएको ‘दोस्रो मैत्रीपूर्ण भलिवल प्रतियोगिता’मा गल्कोट समाज, जापानले प्रथम स्थान हासिल गरेको छ भने तमुधीं जापान दोस्रो भएको छ ।
प्रथम हुने गल्कोट समाजले प्रथम पुरस्कार स्वरूप एक लाख येन (१० मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी दोस्रो हुने तमुधीं जापानले पचास हजार येन (५ मान), शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । १३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा पहिलो चरणबाट नै निकै सनसनीपूर्ण खेलहरू भएको थियो । त्यसो त गल्कोट समाज अघिल्लो वर्षको विजेता टिम हो भने तमुधीं जापान यस वर्ष नयाँ शक्तिको रूपमा उदाएको छ । यस वर्ष तमुधींले प्राप्त गरेको दोस्रो उपाधि अघिल्लो वर्ष म्याग्देली सञ्जालले प्राप्त गरेको थियो । यस वर्षको वेस्टप्लेयर उपाधि तमुधींका खेलाडी समर मगरले हात पारे ।
थकाली सेवा समितिका अध्यक्ष शरद कुमार गौचनको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिताका प्रमुख अतिथि नेपाली दुतावासका राजदूत डा. मदनकुमार भट्टराई हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिमा टोकियो नाकानो भलिवल एसोसिएसन जापानका उपाध्यक्ष मुनेता सेचुको रहनुभएको थियो ।
प्रतियोगिताको पहिलो चरणमा सभापतिले कार्यक्रमको ’boutमा जानकारी राख्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिले खेलको उद्घाटन गर्नुभएको थियो ।
खेलको अन्त्यमा प्रथम हुने टिमका खेलाडीहरूलाइ शिल्ड, मेडल तथा प्रमाणपत्रको हस्तान्तरण एनआरएन आईसीसी सदस्य तथा निवर्तमान एनआरएन अध्यक्ष, ओम गुरुङले गर्नुभएको थियो भने देस्रो हुने टिमका खेलाडीहरूलाइ माया नेपाली संगीत संस्थाका अध्यक्ष युको ओकामोतोले प्रदान गर्नुभएको थियो । (धेरै…)
पोखरामा जमीन भासियो, पोखरावासी त्रासमा
पोखरा-पोखराको उत्तरी भेगमा पर्ने अर्मलास्थित मजुवा खहरेमा जमीन भासिएर भ्वाङ पर्न थालेपछि स्थानीयवासीहरूमा गाउँ नै भासिएर जाने हो कि भन्ने त्रास उत्पन्न भएको छ । त्यसो त पोखराको अन्य ठाउँमा वसोवास गर्नेहरूमा पनि त्रास उत्पन्न गराएको छ ।
जमीन भासिएर भ्वाङ पर्न थालेपछि यतिखेर ५० घर परिवार विस्थापित हुने अवस्थामा रहेको छ । अघिल्लो दिनहरूमा परेका भ्वाङ बढ्दै जानु मात्र नभइ नयाँ ठाउँमा अन्य भ्वाङ देखिंदै जानुले अझै त्रास फैलाएको हो । ‘कम होला भन्दा झन-झन बढ्दै गइरहेको छ, यसले गाउँलेहरूमा भयको वातावरण सृजना गरेको छ’-अर्मला गाविसका सचिव रामचन्द्र पौडेलले भने । केही परिवारले घरका सामान अन्तै सारेका छन् भने केही परिवारका दिउँसो मात्रै घर आउने र राती आफन्तकोमा वास वस्न जाने गरेको स्थानीयहरू बताउँछन् ।
घरको ’roundमात्रै नभइ भान्सामानै भ्वाङ परेपछि घर नछाडेर के गर्नु? पूर्णकुमारी विकले त्रासपूर्ण भावमा भनिन । भ्वाङ परेका ठाउँमा कतै पानी जमेर इनारजस्तो बनेको छ त कतै सुख्खा प्वाल देख्न सकिन्छ । (धेरै…)
लाहुरे वेलायतमा, जग्गा अर्कैको नाममा
पोखरा-‘सोझाको एक दाउ, ठगको सय दाउ’ भन्ने उखान यतिखेर नेपालमा हावी भएको छ । विशेष गरी लाहुरेहरूको शहर भनेर चिनिने पोखरामा यतिखेर विदेशमा भएका लाहुरेहरूका जग्गा ठगहरूले जाली कागजपत्र बनाइ वेचविखन गर्ने धन्दा फस्टाएको छ ।
वेलायत सरकारले भूतपूर्व गोर्खाहरूलाइ वेलायतमा स्थायी बसोबासको अवसर दिएपछि लाहुरेहरू स-परिवार वेलायतिर लागेका छन् । कतिपयले आफ्नो नाममा भएको घरजग्गा आफन्तको जिम्मामा लगाएका छन् भने कतिपयको घरजग्गा विना रेखदेख त्यसै थन्किराखेको अवस्था छ । यही अवस्थाको फाइदा उठाउँदै ठगहरूले नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा विक्री गरेको घटनाहरू बढ्न थालेका छन् । लालपूर्जा मात्र नभइ नागरिकता नै नक्कली बनाएर अर्कैको जग्गा बेचेको अभियोगमा काभ्रे बन्थलीका कृष्ण र उनलाइ सहयोग गरेकी अनिता शर्मा यतिखेर जेलको हावा खाँदै छन् । त्यसो त उनका अन्य सहयोगी सहित मुख्य योजनाकार भने अझै वेपत्ता रहेको अवस्था छ । (धेरै…)
जापानकै जस्तो घर अब नेपालमा ठडिने
पोखरा-विकासले आकाश चुमे पनि, शहरमा ठूला-ठूला गगनचुम्वी महलहरू ठडिए पनि विदेशीका लागि जापान भन्ने वित्तिकै झट्टै मानस्पटलमा आउने कुरा हो ‘सुसी’ र एकै खालका चिटिक्क परेका खेलाउना जस्ता स-साना घर । एउटै डिजाइनका, एउटै रंगका अनि सानो घरभित्र सबै कुराको सुविधा हेर्दा पनि औधी राम्रा हुन्छन् । त्यसो त यी जापानी प्रविधीका घरहरू अब नेपाली भूमिमा पनि ठडिने भएका छन् । नेपाल र नेपालीका लागि उयुक्त हुने विश्वासका साथ जापानी प्रविधिका घरहरू नेपालमै निर्माण गरिन लागेको हो । सस्तो, बलियो र खतरामुक्त यस्ता घरबाट नेपालका मध्यम तथा उच्च वर्गीय नेपालीले फाइदा उठाउने निर्माणकर्ताको दावी छ । यतिखेर पोखराका युवा सुन्दर पौडेलले घर निर्माणको जापानी प्रविधि नेपाल भित्र्याएका हुन् । नेपाल इस्सुइसा प्रालि स्थापना गरेर उनले काठ र स्टिलबाट घर तथा भवनहरू बनाउने प्रविधिको सुरुवात गरेका हुन् । कम्पनीले लेखनाथ बुढीबजारमा काठ र स्टिलबाट घर तथा भवन तयार गरिसकेको छ । ६० वर्षभन्दा लामो समयदेखि घरजग्गा तथा निर्माण व्यवसायमा सक्रिय जापानी कम्पनी इस्सुइसा कर्पोरेसनको सहकार्यमा पौडेलले उक्त प्रविधि नेपालमा भित्र्याएका हुन् । जापानमै इन्जिनियरिङ पढेर त्यहीं व्यावसायिक अनुभवसमेत हाँसिल गरेका उनले न्यूनतम मूल्यमा बन्ने काठ तथा स्टिलबाट निर्मित घर भूकम्प प्रतिरोधात्मक पनि हुने जानकारी दिए । ‘नेपालमा चलन चल्तीमा रहेको निर्माण प्रविधिको सट्टा वातावरणमैत्री र मानवीय स्वास्थ्य अनुकूल घर निर्माण गर्ने नेपाल इस्सुइसा प्रालिको उद्देश्य हो,’ पत्रकार सम्मेलनमा उनले भने । (धेरै…)
चुनावमा घरघडेरी सके, हारेपछि तिहारपछिको जुवाडे झैं एकोहोरिएका छन्…
यसपालीको निर्वाचनमा करोडौं रुपैयाँ खर्च गरेर पनि दर्जनौं उम्मेदवारले हार व्यहोर्नुपर्यो । कसैले चुनाव जित्न पुर्खाको सम्पत्ति नै बेचे भने कसैले जग्गा धितो राखेर बैंकबाट ऋण लिए । निर्वाचन जितेपछि कमाउँला भन्ने आशले करोडौं खर्च गरेका उम्मेद्वार हारेपछि भने पुर्पुरोमा हात राखेर झोक्राइरहेका छन् । बेफ्वाँकमा घर र जग्गा गुमाएर निर्वाचनमा भाग लिएकाहरु अहिले हारेको जुवाडे झैं भएका छन् । कसैको घर उड्यो, कसैको जग्गा लिलाम हुँदैछ । धादिङ क्षेत्र नम्बर ३ एमाले उम्मेदवार राजेन्द्र पाण्डेदेखि भक्तपुरका काँग्रेस उम्मेदवार रामेश्वर ढुंगेलसम्मले चुनावमा घर जग्गा बेचेका रोचक खबरहरु धमाधम प्राप्त भइरहेका छन् । पाण्डेद्वारा गत मंसिर ८ गते धादिङको मलेखु खोलाको बगर अर्थात् मलेखु दोभानमा ठूलै पिकनिकको आयोजना गरियो । त्यो पिकनिकमा कुल २ सय किलो मासु पुग्ने खसीहरु ढालिएका थिए । रक्सीको छेलोखेलो थियो । पिकनिकमा सहभागी हुन कृष्णभिरदेखी नौविसेसम्मका मानिस ओइरिएका थिए । त्यो पिकनीक अरु कसैले हैन, धादिङ क्षेत्र नम्बर ३ बाट संविधानसभामा निर्वाचित एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले आयोजना गरेका थिए । राजेन्द्र पाण्डेले मंसिर ८ गते आयोजना गरेको पिकनिक यो चुनावी अभियानको अन्तिम भोज भत्तेर थियो । पाण्डेले निर्वाचन आउनु एक महिना अघिदेखि नै धादिङका विभिन्न गाउँहरुमा यस्तै खालको भोज भतेर लगाए । धादिङ क्षेत्र नम्बर ३ मा लेकतिर रहेका दुर्गम गाउँमा पुगेर राजेन्द्रले राँगा भैसी ढाल्न लगाए । चेपाङ वस्तीहरुमा पुगेर जनही पाँच-पाँच हजार रुपैयाँ बाँडेको उनकै निकट कार्यकर्ता बताउँछन् । ‘व्यक्ति व्यक्तिलाई पैसा बाँडनु पर्यो । (धेरै…)
साठी वर्षपछि आफु बच्चामा साटिएको थाहा पाएपछि…
टोकियो-केटाकेटीमा कहिलेकाहीं ख्यालख्यालमै तँ त हाम्रो सन्तान होइनस् भनेर वावा आमाले भन्दा हामी कति दुःखी हुन्थ्यौं । ‘होइन, होइन ख्याल ख्यालमा भनेको तँ त हाम्रै सन्तान होस’ भनेर नभनेसम्म हामी रोइरहन्थ्यौं । दाजुभाईको त कुरै छाडौं आफ्नै बाबु आमाले त्यसो भने पछि मन नदुख्ने पनि त कुरै आएन । तर यहाँ कुरो एकछिनको पनि होइन अनि ख्यालख्यालको पनि ।
जापानमा यतिखेर चर्चाको विषय बनेको छ ६० वर्षअगाडि जन्मेको बच्चा साटिएर अहिले त्यो सत्यकुराको रहस्य खुलेको । त्यस्तो पत्याउनै नसकिने सिनेमाको कहानीजस्तो घटनाको रहस्य जापानी अदालतले भर्खरै सार्वजनिक गरेको छ । टोकियो जिल्ला अदालतले त्यस्तो लापरवाही गर्ने अस्पताललाई जरिवाना पनि गरेको छ ।
घटना अनुसार करिव आजभन्दा ६० वर्षअगाडि टोकियोको सुमिदा कुमा रहेको सानइकुखाई अस्पतालमा जन्मेको दुइ शिशु जन्मपश्चात साटिन पुगेको थियो । उक्त कुराको वास्तविकता वाहिर आएपछि ६० वर्षीय उक्त व्यक्तिले आफूलाई मनमा लागेका कुराहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनले भने-‘सकिन्थ्यो भने म ६० वर्षपछाडि फर्कन चाहन्थें र आफ्नै वावाआमाको साथमा हुर्कन चाहन्थें ।’ त्यसो त उनले आफूलाई हुर्काउने अभिभावकलाई पनि उत्तिकै धन्यवाद भने । (धेरै…)
होइन चुनाव त सकिइसकेछ क्या हो ?
निर्वाचन आउनु अझै २ दिन पुरा बाँकी छ । तर नेपाल निर्वाचन आयोजको होम पेजमा त संविधान सभा सदस्य निर्वाचन २०७० त ०० दिन बाँकी भनेर पो देखाउँछ त वावै । कि मैले त्यस्तो देखेको हो ? तपाई पनि एक पटक चेक गर्नुहोस त । यो के अचम्म हो ? हिजो राती म सुतिराखेको बेलामा निर्वाचन सकिईसकेछ कि क्या हो ? म त झसंगै भएँ बा ।
अनि फेरि मतदाता नामावलीमा मेरो नाम छ कि छैन भनेर यसो हेर्न खोजेको त यस्तो पो आउँछ त …. । त्यहाँ लेखिएको छ, जिल्ला, गाविस र वडा छान्नुहोस् नदेखिएमा Ctrl+F5 क्लिक गर्नुहोस् अरे । क्या हसाउँछ वा । Click गर्ने कि Press हो ? निर्वाचन आयोजको ताल त यस्तो छ चुनावको ताल कस्तो होला ?
कस्ता छन् त नेपालका खानेकुराहरूको अवस्था ?
नेपालीहरुको दोस्रो महान पर्व तिहार आगनकै डिलमा आईसक्यो । यतिवेला के गाउँ के शहरबजार जताजतै मानिसहरु तिहारको रमझममा रमाएका छन । आफ्नो गच्छेले भ्याए सम्मको मेसोमेलो मिलाएर, मीठा-मीठा खाने कुरा जुटाएर वर्षमा एक पटक आउने चाडवाड मनाउने तयारी गरिरहेका छन । विशेष गरी तिहारको पर्व मिठाइका परिकारहरु खाने चाडले पनि चिनिन्छ । तपाईहरु मध्ये पनि कतिपय यस पटकको तिहारमा मिठाइ खाएर तिहार मनाउने योजनामा हुनुहुन्छ भने एकैछिन यो हेर्नुस अनि सोच्नुस । के तपाईले खाने मिठाइहरु साँच्चिकै स्वास्थ्यको हिसावले खाना लायक छन त ?
भर्खरै नेपाल खाद्य प्रविधि तथा गुण विभागले खाद्य पदार्थको गुणस्तर कायम गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको थियो । दशैं, तिहार, छठ लगायतका नेपाली मुख्य चाडहरुको अवसरमा खाद्य वस्तुहरुको विक्री पनि बढी नै हुने हुनाले यस वेला व्यवसायीहरुबाट लापरवाही गर्ने सम्भावना रहेकोले यो अवसरमा वर्षोनी अनुगमन टोलि खटाइन्छ । केही वर्षअगाडि पनि नेपाली मनहरुले मन पराएको लोकप्रिय मिठाइमध्येको गुँदपाकमा गरिएको लापरवाहीलाई अनुगमन टोलिले उदाङ्गो पारेपछि सबै मान्छेले जिब्रो टोकेका थिए । यसपटक पनि विभागले छापा मार्दा भेटिएका लापरवाहीहरुको केही नमूना हेर्नुस । यो हेर्दा के तपाईले दैनिक उपभोग गर्ने खाद्य पदार्थहरु साँच्चै सुरक्षित छन् त ? (धेरै…)
मेलामा जान खोज्ने केटाकेटीलाइ घाँस काटन पठाएर हुन्छ त ?
अभिभावकले लगाएको काम खुरुखुरु नगर्ने केटाकेटी के काम ? उ लिएर आइज भने कुन्नी के जाति लिएर आउने केटाकेटी भए पछि भविष्यमा गरिखाला भनेर कसरी भन्ने ? घाँस काटन भनेर डोको दिएर पठायो डोको चुहिने छ भनेर रित्तै डोको लिएर फर्केपछि अभिभावकलाई कस्तो भयो होला अनुमान लगाउनुहोस त ।
अहिले नेपालीहरुको दोस्रो महान पर्व दीपावली सँगसँगै देशमा अर्को चाड आएको छ दोस्रो संविधान सभाको चुनाव । चाडै भनेर त भन्नु पर्यो नि यसलाई पनि एक किसिमले । सबै नेपालीहरु कुनै न कुनै पार्टीमा लागेकै छन । चुनावी कार्यकर्तालाई मासुचिउराको व्यवस्था त नेताले गर्नै पर्यो । दिनदिनै मासु चिउरा खान पाउने भएपछि चाडवाड सरह नै भयो भनौं । देशमा चुनावी गर्मी बढीरहेको बेला एकाथरी भने हामी चुनाव हुनै दिंदैनौ भनेर लागि परेका थिए । हाम्रा वैद्य वाले आफनो पार्टीका सबै कार्यकर्ताहरुलाई जसरी हुन्छ चुनाव भाँडनु भन्ने निर्देशन दिएका थिए । चुनावको सक्रिय वहिष्कार गर्ने निर्णयसहित झडप र चुनाव प्रसारमा अवरोध शुरु गरेका वैद्य वाका चेलाहरु यतिखेर वैद्य वाले दिनुभएको निर्देशन नै फिर्ता पठाएर अन्य पार्टीको चुनाव प्रचारमा लागेको खबरहरु आएको छ । वैद्य वा पनि त्यस्तै हुन क्या । केटाकेटीहरुलाई चाडवाडको बेलामा घाँस काटन पठाएर पनि हुन्छ त ? माथि नै भनिसकियो चुनाव अहिले चाडवाड जसरी सबैको घरदैलोमा आएको छ । त्यही चाडवाडको अवसरमा रमाइलो गरी भोट माग्न जान चाहेका कार्यकर्ताहरुलाई अर्को काममा लगाए पछि पनि कहीं हुन्छ त ? मेला हेर्न जान मन लागेको केटाकेटीलाई घाँस काटन पठाउँदा के हुन्छ ? त्यो सबैलाई थाहा भएको कुरा हो, डोका सोका एकातिर हुर्याएर मेलामा नै जान्छन नि केटाकेटी त हुन ।
त्यसैजसो कार्यकर्ताले केन्द्रबाट दिएको सर्कुलर त्रुटीपूर्ण छ भनेर सर्कुरल नै वैद्य वालाई फर्काइदिएका छन । यो सर्कुलर ठीक छैन । हुनत वाले भनेको कुरा ठीक थियो कि थिएन त्यो जेसुकै होस तर केटाकेटीलाई मेलामा जान मन लागेको थियो । केटाकेटीको इच्छा नबुझी घाँस काटन पठाएपछि केटाकेटीले डोकै चुहिने छ भनेर आफूहरु मेलामा नै रमाइरहेको सुन्दा बैद्य वालाई कस्तो भयो होला भनेर यो पंक्तिकारलाई पनि केही वेर सोच्न मन लाग्यो । आखिर ‘किन चाम्रिएको मरिच, आफ्नै रागले’ भन्नु भन्दा अरु के नै भन्न सकिन्छ र ?
कला आ-आफ्नो
संसारकै सबैभन्दा चेतनशील प्राणी मान्छे हो । अन्य जीवित प्राणीहरूको तुलनामा मान्छेले जन्मिंदा खासै केही त्यस्तो विशेषता बोकेर आएको हुँदैन उही एक मुठी साइजको मस्तिष्क बाहेक । त्यही मस्तिष्कलाइ प्रयोग गरेर मानिसले यो संसारलाइ नै एकललौटी प्रयोग गरिरहेको छ । त्यसो त केही मानिसहरु विभिन्न खालको नयाँ सोच र नयाँ प्रयासहरुबाट अनौठो अनौठो किसिमको काम तथा व्यवहारहरु पनि देखाउन सक्षम हुन्छन् । यस्तै एक जापानी नागरिकले आफ्नो हातका औंलाहरुको सहयोगले अति नै मन्त्रमुग्ध पार्ने खालको ध्वनी निकालेर हजारौं मानिसहरुलाई चकित पारेका छन् । हेरौं मिचुहिरो मोरी नाम गरेका एक जापानी नागरिकको हातको सहयोगमा अनौठो साँगीतिक कला ।
अल्ट्रालाइट विमान दुर्घटनामा दुइको मृत्यु
पोखरा-पर्यटकलाई दृश्यावलोकनका लागि उडेको अल्ट्रालाइट विमान विहीवार बिहान ९ बजे पुग्दीभुम्दी गाविसको शान्तिस्तूप डाँडामा दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विमानचालक क्याप्टेन स्टेभेन श्रेष्ठ र र चिनियाँ पर्यटक जुन लियु छन् । सख्त घाइते भएपछि उनीहरुलाई उपचारार्थ चरक अस्पतालमा ल्याइएको थियो । घाइते दुइको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरामा आज बिहानैदेखि पानी परेको र डाँडाकाँडा कुहिरोले ढाकेकोले विमान सन्तुलनमा लिन नसक्दा खसेको अनुमान प्रहरीले गरेको छ ।
बिम्बहरूसँग सरुभक्त…
जुलुसमा कुनै झण्डा छैन
’cause बहुलाही आमाहरुको कुनै झण्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनकी बहुलाही आमाहरुको कुनै नारा हुँदैन
सम्सुद्दीनका आक्रमणहरुदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरु
पिंजडामा तित्रा बोकेर
छाती भरिभरि
छातीमा नअटाउने गरी
‘मञ्जूश्रीपट्ट’ का विशिष्ट पदकहरु टाँसेर
भण्डारखालतर्फ कूचमार्च गर्दा
जंगबहादुरहरुको छालाको शिकार खेल्न
देशमा बहुलाही आमाहरुको जुलुस निस्केको छ…
‘ बहुलाही आमाहरुको जुलुस’ शीर्षकको यो कविता समकालीन नेपाली साहित्यमा सर्वाधिक सशक्त, सिर्जनशील र क्रियाशील हस्ताक्षरका रुपमा परिचित सरुभक्तको हो। पोखरामा स्थापित साहित्यकार सरुभक्त सरोकार केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘बिम्बहरुका साथ सरुभक्त’ नामक एकल कविता वाचनमा कवि सरस्वती प्रतिक्षाले उक्त कविता वाचन गरेकी थिइन्। करिब दुई दर्जन कविता वाचन गरेर सरुभक्तले राजधानीका साहित्यिक मनहरुलाई घरी भावुक बनाए त घरी इतिहास सम्झाए। अनि कुनै कविताले कीर्तिपुर र काठमाडौंको सेरोफेरोको सफर गराए त कुनै कविताले पोखरा र मुक्तिनाथसम्म पुयाए। (धेरै…)
मेरो फेसबुक …
पोखराबाट निस्कने समाधान राष्ट्रिय दैनिक म विदेशमा बसेपनि दैनिक जसो हेर्ने गर्दछु । जुन पत्रिका स्थापनाको लागि आफ्नो पनि त्यतिकै मायाँ र लगाब रहेको पत्रिकालाइ मायाँ नगर्ने त कुरै भएन । पहिले पहिले समाधानको वेभ पेज बनिसकेको थिएन । तर अहिले वेभपेज खोलेर पत्रिकाको पिडिएफ फाइल अपलोड गरेपछि त हामी जहाँ सुकै भए पनि पत्रिका नै पढे जसरी पत्रिका हेर्न पाउँनु खुशीको कुरा हो ।
समाधानमा काम गर्ने बेलामा कहिलेकाहीं यसो लेख रचना लेख्ने गर्दथें । त्यसपछि यता आएपछि कहिले काहीं नेपाल जाँदा साथीहरू भेटन जाने भन्दा अरू बढी केही हुँदैनथ्यो । तर आज समाधान हेर्दा मेरो फेसबुक वाल समाधानको फेसबुक स्तम्भमा छनोट भएको रहेछ । हाँसो पनि लाग्यो, खुशी पनि लाग्यो । जे होस् समाधानले यतिखेर पुरानै पेज संख्यामा फर्किएर नयाँ नयाँ स्तम्भहरू राखेकोमा खुशी तथा बधाइ छ । थुप्रै पाठकहरूको मन जित्दै जाअोस् । यही कामना छ ।
विदेश मोह
म पनि विदेशबाट नै यो ब्लग लेख्दैछु । नेपालीहरुलाई विदेशको भुत चढेको छ । के युवक, के युवती सबै विदेश । के पढेका के नपढेका सबै विदेश । गाउँघरतिर गयो भने अहिले शुन्य छ, सबै बुढाखाडा मात्रै । विदेश गएर आएकाहरुको कुरै अर्को, उनीहरुको रहनसहन र वोलीचाली नै अर्कै । विदेशमा जस्तोसुकै काम गरोस नेपाल फर्केपछि फूर्ती नै अर्को हुन्छ । त्यही कुराले लोभ्याए पछि जान पर्ने त जाने नै भए विदेश, जान नपर्ने पनि विदेश हानिएका छन् । माथिको फोटो हेर्नुहोला यो कुनै आन्दोलनको भीड होइन । यो विदेश जानको लागि पासपोर्ट बनाउनेको भीड हो । सरकारी तथ्यांक अनुसार रोजगारका लागि प्रतिमिनेट एक युवा विदेशिने गरेको तथ्य पत्ता लागेको छ । त्यो तथ्यांकमा पुनः श्रमस्वीकृति लिनेहरुलाई गणना गरिएको छैन । उनीहरु समेतलाई गणना गर्ने हो भने त दैनिक २ हजारभन्दा बढी नेपालीहरु विदेशिने गरेको पाइएको छ । सबै विदेशिने हो भने देश कस्ले बनाउने हो ? देश फर्क अभियानमा कुनै संघसंस्था वा सरकारको ध्यान कहिले जाला ?
नेपाली मेला सवैलाई मज्जैमज्जा
सँधैको वर्ष जापानमा नेपाल फेस्टिवल हुने समयमा म भने नेपालतिर हुन्थें दशैं मनाउन । यसपटक भने वल्ल मेला हेर्ने मौका जुर्यो । “आ उएनो एकी…” भन्ने गीत धेरैपटक सुनेको तर घुम्न भने नगएको वल्ल अवसर पर्यो । पशुपतिको जात्रा सिद्राको व्यापार भने झैं । मेला पनि हेरूँ, उएनो पनि घुमुँ, अनि जापानमा कामको व्यस्तताले धेरै समयसम्म भेट नभएको साथीभाई पनि भेटुँ भनेर लागें लखरलखर मेला तिर । हुन पनि यो मेला एक अपरिहार्य वनेको महसुस भयो । मेलाले हामीलाई भेटने मौकाको सृजना गरायो । यही चाडमा भेट्ने वाचा गरेका अरूहरू पनि भेटिए मेलामा । धन्नधन्न तुहिएको मेलामा भेटने वाचा भने पोहोरकै मेलामा गरेका रहेछन । यो पटक महिला दिदीवहिनीहरूले धन्न नेपाली फेस्टिवललाई निरन्तरता दिए र ती वाचा गरेकाहरूले भेटनै मौका पाए, तिनीहरूले वर्ष भरी भएगरेका कुराहरू एक आपसमा भनेर सिध्याए, २/४ केस वियरको ट्याङ्को पनि रित्याए । मनका कुराहरू नत्र वाचा तुहिएरै जाने रहेछ । मेलामा यस्ता मानिसहरू पनि भेटिए जो जापानजस्तो सर्वसम्पन्न मुलुकमा वसेर सूचनावाट वन्चित । कतिपय नेपाली दाजुभाईहरू ईन्टरनेट सेवा प्रयोग त गर्छन तर केवल फेसवुक मात्र हेर्छन । रन्डी र रक्सी भन्दा अलि कडा भो कि ? सुरा र सुन्दरीमा एकै रातमा सयौं मान सिध्याउँछन् तर एक वर्षको ५ हजार तिरेर पत्रिका पढ्नु, सदस्य वन्नु भन्दा मान्दैनन् । त्यत्रो दिन अगाडिवाट चर्चाको विषय बनेको नेपाल फेस्टिवल उएनो पार्कमा हुँदैछ भन्ने कुरा समेत थाहा नपाएकाहरू । उनीहरू नेपाल फेस्टीवल हेर्न भनेर अगाडिका वर्षहरूमा हुँदै आएको योयोगी पार्क पुगेर फर्के ।
मेलामा नेपालीहरूले भरपुर मनोरञ्जन लिए । स्टल राखेका व्यावसायीहरुले पनि केही फाईदा गरे । कसैले मेलामै पञ्चेवाजाका साथ विहे गरे । कसैले नाचे, कसैले गाए, केही च्याङग्रेहरूले हेन्डसम पनि वन्ने मौका पाए । यही मौकाले कसैको नाक लौका जत्रो पनि भए । जापानको पूर्व प्रधानमन्त्री हातोयामाले पनि वाहवाह पाए । तर जे भए पनि उनले नेपालको वारेमा सही कुरा वोले । हामी नेपालीले जति नै चिच्याए पनि यी भोटेहरूले पत्याउने वाला थिएन उनले भनेपछि उपस्थित जापानीहरूले पनि एक धार्नीको मुन्टो हल्लाए । हुन पनि जापानको यति ठुलो व्यक्तित्वको मुखवाट नेपालको वारेमा सार्वजनिक ठाउँमा यसरी पोजेटिभ कुरा निस्केको यो पहिलो नै होला । कार्यक्रममा अघिल्लो अतिथिका लाईनमा वसेकाहरूले समेत सँगै फोटो खिच्न अनुरोध गरेर हातोयामालाई हैरान वनाए ।
मेलाले सवैलाई फाईदै पुर्याए । मेलाभित्र मात्र होईन वाहिर समेत मेलाले प्रभाव पारे । मेलास्थलवाट नजिकै रहेको फ्यामेली मार्टमा वियर सकिएर हाहाकार मच्चायो । भित्र किन्न महंगो पर्ने कन्बिनीमा गयो िभत्रभन्दा सस्तो वियर झोला भरीभरी वोकेर ल्यायो चौरमा वसेर रन्कायो क्या मज्जा ।
जे-जे भए पनि मेला भयो सवैको लागि मज्जैमज्जा । ल सबैलाई वधाई ।
म्याग्देली सञ्जालको पञ्चेवाजा दशैं धमाका हुँदै
टोकियो-म्याग्देली सञ्जाल जापानले यही सेप्टेम्वर २८ तारिक शनिवार “पञ्चेवाजा दशैं शुभकामना” कार्यक्रम गर्ने भएको छ ।
घोतान्दाको मायाँ रेष्टुरेन्टमा वेलुकी ७ वजेवाट शुरू हुने उक्त कार्यक्रम भोलिपल्ट विहानसम्म नै गरिने कुरा सञ्जालका सचिव खेम मल्लले वताए । पन्चेवाजाको तालमा नाचगान गर्न तथा पञ्चेवाजाकै तालमा दोहोरी खेल्न ईच्छुकहरूलाई सञ्जालले हार्दिक निमन्त्रणा गरेको छ । सो कार्यक्रममा सहभागी हुन एक हजार येन प्रवेश शुल्क तिर्नुपर्ने सञ्जालले जनाएको छ ।
स्मरण रहोस हालैका दिनहरूमा सञ्जालको पञ्चेवाजा जापानमा भएका विभिन्न कार्यक्रमहरूमा सवैको रोजाई वन्दै गईरहेको छ । त्यसो त हिजो मात्रै सम्पन्न नेपाल फेस्टिवलमा पनि सोही समूहले पन्चेवाजा घन्काएर एक जापानी जोडीको विवाह गराएको थियो ।***
नेपाल फेस्टिवल पहिलो दिन सफल
महिलाहरूको सक्रियतामा आयोजित नेपाल फेस्टिवल-२०१३ को पहिलो दिन अहिले सम्मकै तुलनामा सफल भएको छ । उएनो पार्कमा भएको नेपाल फेस्टिवलमा जापानका पूर्व प्रधानमन्त्री हातोयामा युकिओको पनि सहभागिता रहेको थियो । उदघाटन समारोहमा बोल्दै जापानका पूर्व प्रधानमन्त्री डा. हातोयामा युकिओले नेपाल एक पटक पुग्नैपर्ने देश भएकोले जापानी जनताहरुलाई एक पटक नेपाल जान आग्रह गर्नुभएको छ । डा. हातोयामाले हालै मात्र नेपालको ५ दिने अनौपचारिक भ्रमण गरी फर्केको स्मरण गर्दै बिहान उठ्दाबित्तिकै अग्ला अग्ला लामबद्ध भएर ठिंग उभिएका हिमशृँखलाहरु देख्न पाईने, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको पवित्र ठाउँ लुम्बिनी र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश नेपाल आफुलाई साँच्चिकै मनमोहक लागेको बताउनुभयो । ’त्यसैले जापानी मित्रहरु एकफेरा नेपाल घुम्न जान म आग्रह गर्न चाहान्छु’ – डा. हातोयामाले भन्नुभयो – ’नेपाल भ्रमणबाट यहाँहरुले स्वर्णिम आनन्द लिन सक्नु हुने छ । जापानमा नेपाल फेष्टिबलको आयोजना गरेर आफ्नो देशलाई चिनाउने काम गर्नु हुने सबैमा बधाई तथा सफलताको शुभकामना दिन चाहान्छु ।’ सो अवसरमा डा. हातोयामाले छोटो नेपाल भ्रमणबाट आफ़ु अयन्तै प्रभावित भएको पनि बताउनुभयो ।
हातोयामासँग फोटो खिच्न चाहनेहरूको पनि भीड नै लागेको थियो । हातोयामासँग फोटो खिचेर फेसवुकमा अपलोड गर्नेहरूले राम्रै अवसर पाए भन्दा फरक नपर्ला । त्यसैगरी नेपाली परिकारहरूको स्टल राखेका रेष्टुरेन्टहरूले पनि राम्रै व्यापार गरेको देखिन्थ्यो । जतिबेला पनि रेष्टुरेन्टको अगाडि खानेकुरा किन्नेहरूको लाइनै देख्न पाइन्थ्यो ।
कार्यक्रममा नेपाली नृत्यहरू प्रस्तुत गरिएको थियो । सबैभन्दा नयाँ कुरा त फेस्टिवलमा नेपाली पञ्चेवाजाका साथमा विवाह गर्ने जोडी पनि देखिए । विदाको दिन परेकोले सोचेभन्दा बढी दर्शकहरू आएको कुरा मेलामा सहभागीहरूले अडकल काटे । फोहोर व्यवस्थापनदेखि अन्य कुराहरूमा समेत आयोजकहरूले सचेत भएकै मान्नुपर्छ । आयोजकको सही व्यवस्थापनले गर्दा पहिलो दिन कुनै अप्रिय घटनाहरू नभइकन मेला सफल भएको छ । अब आज दोस्रो दिन पनि सफल होस भन्ने कामना …।
नेपाल फेस्टिवल-२०१३ भोलि र पर्सी
हरेक वर्ष आयोजना गरिंदै आएको नेपाल फेस्टिवल यो वर्ष भोलि सेप्टेम्वर २२ र पर्सी २३ तारिक गरी दुई दिवसिय नेपाल फेस्टिवल २०१३ टोकियोको उएनो पार्कमा हुँदैछ । तर विगतका वर्षहरूमा आयोजना गर्ने आयोजक नभई यो वर्ष छुट्टै समूहले आयोजना गरेको छ । विगतका वर्षहरूमा नेपाल फेस्टिवल गर्ने आयोजकले यो वर्ष आयोजना गर्ने छाँटकाँट नदेखाए पछि नेपाली महिलहरूको समूह अगाडि सरेको हो । धन्न धन्न तुहिन लागेको नेपाल फेस्टिवलको साख जोगाउन महिलाहरूको समूह अगाडि सरेको छ । अन्य कार्यक्रम गर्न तँछाडमछाड गर्ने जापानमा रहेका विभिन्न संघसंस्थाहरू नेपाल फेस्टिवल गर्न किन अगाडि सर्दैनन् त्यो कुरा भने गर्भमा नै छ । तर यो पटक महिला समूह अगाडि नसरेको भए नेपाल फेस्टिवल तुहिएर जाने पक्का थियो । समग्र नेपालीलाई सम्वोधन गर्ने नेपाल फेस्टिल वेवारिसे हुनुमा जापानमा रहेका हरेक नेपाली संघ संस्था उत्तिकै जिम्मेवार छन् । नेपालीको हरेक कार्यक्रममा नैतिक समर्थन गर्ने दूतावासले पनि नेपाल फेस्टिवल गर्न भने उदासिनता देखाउने कुरा अडकल काड्छन जानकारहरू । वास्तवमा भन्ने हो भने नेपाली दूतावासको अगुवाईमा नेपाल फेस्टिवल हुनु पर्छ । त्यसो त तीज लगायतका कार्यक्रम आयोजना गरेर महिलाहरू उफार्न तँछाड मछाड गर्ने संघसंस्थाहरू पनि यस विषयमा गम्भीर हुनैपर्छ । त्यतिमात्रै नभई तीज कार्यक्रममा कुरकुच्चामा ठेला पर्ने गरी नाच्ने महिलाहरूले महिलाहरूवाटै आयोजित यो कार्यक्रममा कत्तिको साथ दिन्छन त्यो भने हेर्न वाँकी नै छ । जे होस ठूलो चुनौतीको वावजुत पनि यत्रो ठूलो र एेतिहासिक कार्यक्रम आयोजना गर्ने महिलाहरूलाई सलाम छ । कार्यक्रम सफलताको शुभकामना ।
ल हेर्नुस भिडियो जापानमा भएको तीजको मेलाको
जापानमा भर्खरै तीज सकिएको छ । हेर्नुस भिडियो ठूला त नाचे नाचे सानी नानी पनि कति मजाले नाचेकी । यसैबाट देखिन्छ महिलाहरूको तीजप्रतिको मोह ।
आसन ग्रहण कि सपथ ग्रहण ?
ल एनारानहरूको आसन ग्रहण आज रे…. । शपथ ग्रहण र आसन ग्रहण पनि थाहा नहुनेहरूले के ग्रहण गर्ने हुन कुन्नि ? भोजन ग्रहण गर्ने होला नि …. । ’cause होटल प्रिन्समा कार्यक्रम राखिएको समाचारहरू आइरहेको छ । सपथ ग्रहण (उनीहरूको भाषामा आसन ग्रहण) त सबैको सामु खानु पर्ने होइन र ? त्यति महंगो होटलमा सपथ ग्रहण हो कि भोजन ग्रहण हो ? जापानमा भएका साधारण दाजुभाइ दिदीवहिनीहरूको मत पाएर जितेको त एक्कासी स्तर त माथि उकासियो नि त …. वावै… । के साधारण विद्यार्थी, कुक पेशामा लाग्नु भएका दाजुभाइहरू जसको मत पाएर विजयी भइ आज सपथ ग्रहण गर्दैछन्, ६००० येन तिरेर प्रिन्स होटलमा गएर आफुले जिताएको नेताको सपथ ग्रहणमा समावेश हुन सक्लान त ? भोट काउन्टिङमा जस्तै लाइभ प्रशारण गरे हुन्थ्यो कि …. आफूले जिताएको एनारान नेताहरूले शपथ ग्रहण गरेको हेर्न पाउँथे कि ? भोजन ग्रहण गर्ने बेलामा लाइभ बन्द गरे भो नि त ….. ।
भारतले बनायो नक्कली लुम्बिनी
भारतले सीमा मिचेको समाचारहरू समय समयमा छापाहरूमा आइ नै रहन्छ । नदि नाला खायो भनेर सबै नेताहरूले भाषण पनि गर्छन् । नेपालको सीमामा बाँध बाँधेर हरेक वर्ष बर्षायाममा बाँध थुनेर नेपाली गाउँहरू डुवानमा पर्छन् । हिउँदमा सबै पानी आफूले लैजाने अनि वर्षायाममा नदिमा पानीको वहाव बढी भएको बेलामा पानी थुनेर नेपाललाइ सास्ती दिने भारतले अहिले यतिखेर वुद्धको जन्मस्थल लुम्बिनीको विषयलाइ लिएर झुटो प्रचारमा लागिरहेको छ । भारतले कसरी हुन्छ भगवान वुद्धको जन्म भारतमा भएको हो भनेर प्रमाणित गर्न चाहिरहेको छ । हालै भारतले नेपालको सीमा नजिकै वुद्धको जन्मस्थल नक्कली लुम्बिनी बनाएको छ । हेर्नुस् नक्कली लुम्बिनी…
रेफ्रीमाथि हातपात
नेपालीहरू मात्र ठोकठाक गर्नको लागि अगाडि हुन्छ भनेको त विदेशीहरू पनि माहिर हुने रहेछन् । केही समय अगाडि यसै ब्लगमा फुटवल हान्ने खेलाडिले मान्छे हाने पछि भन्ने एउटा छोटो ब्लग लेखेको थिएँ । सायद नेपालमा भएर होला विदेशीले पनि २/४ दिनमा नै सिकेछन् । मालदिप्सका खेलाडिहरूले पनि खेलमा हारेपछि रेफ्रीलाइ नै हातपात गर्न खोजेछन् । हेर्नुहोस् भिडियो ।
चोर्न पो डर माग्न के को डर?
चोर्न पो पक्रिएर गोर्खे लौरी लाउने हो कि भन्ने डर माग्न के को डर ? फेरि लाज भन्ने कुरा भए पो डर भन्ने कुरा पनि हुन्छ हैन ? त्यसै माथि पनि जापानी काकाहरूसँग । जापानीहरू त हाम्रा काका समान भाका छन् । हामी पनि उनैका देशमा छौं । हाम्रो नेपाललाई केही चाहिए पनि काकाहरूलाई नै तुरुन्तै खवर । यो गर काका, उ गर काका, मन मनै त भन्दा हौ कस्तो लाज पचेका भाका तर के गर्नु ? तिमी नै हाम्रा दाता । वाटो वनाईदेउ, पुल वनाईदेउ, स्कुल वनाईदेउ, अस्पताल वनाईदेउ गर्दा गर्दा भोट हाल्ने टिनको वाक्सा समेत तिमी नै पठाईदेऊ काका । जावो चुनावमा भोट राख्ने बाकस पनि के माग्यो होला भनेर नभन्नु है काका ! जावो त्यति त आफै वनाउन पनि सक्छौ भन्दा हौ तर हामीलाई वनाउन भन्दा भत्काउन वानी परेको छ । फेरि वनाउन भन्दा माग्नै सजिलो । वनाउनलाई वजेट चाहियो, दिमाग चाहियो तर माग्नलाई केही चाहिएन लाज पचायो सकियो । हुनत चुनाव हुने हो कि होईन यसै भन्न सकिन्न तर माग्ने कुरा भनिराखौं भनेर । यदी चुनाव भैहाल्यो, सोझा जनताले भोट हाल्न पाउने नै भए भने त चाहियो नि भोट माग्ने वाकस त । हामीलाई काकाले दिएको वाकसमा जनताले भोट हाल्छन त्यस पछि हामी तिनै सीधासाधा जनतालाई खाल्डोमा हाल्छौ । अनि जनताले भोट वाकसमा भोट भरे झैं हामी हाम्रो ढुकुटीमा नोट भर्छौं । कसैसँग गाडी मागेका छौं त कसैसँग साडी, कसैसँग कलम मसी मागेका छौं त कसैसँग खसी । खसीको कुराले अचम्म हुनुहोला तर खसी नकाटेसम्म भोट हल्नै आउँदैनन् भन्या जनता । सीधा भन्ने मात्रै हो कम्ता वाठा छन् हाम्रा जनता !
नेपालद्वारा भारत पराजित
साफ च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको खेलमा भारतलाइ १ गोलका विरूद्द २ गोल गरी विजय हात पारेको छ । यो जित सँगसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालका अनिल गुरुङ ६९ औं र जुमानु राईले ८० औं मिनेटमा गोल गरेका हुन् । सन्दीप राईको फ्रिकिकमा विक्रम लामाले पोष्टमा प्रहार गरेको बल रिबाउण्ड भएर फर्केपछि अनिल गुरुङले वान टचमा गोल गरेका हुन् । भारतका रोविन सिंहले खेलको इन्जुरी समयमा गोल गरे ।
नेपाल र पाकिस्तान १/१ गोल गरी बराबरी
भर्खरै भएको नेपाल र पाकिस्तानबीचको फुटवल खेलमा दुवै देशले एक एक गोल गरी वरावरीमा खेल सकिएको थियो । खेल शुरू भएको ११ मिनेटमा नै पाकिस्तानको तर्फबाट हासनले गोल गरेका थिए । त्यसपछि खेलको अन्तिम चरणमा आइपुग्दा नेपाली खेलाडी विमल घर्तीमगरले नेपालको तर्फबाट १ गोल गरी खेल बराबरीमा सकिएको हो । खेल शुरू भएको ११ मिनेटमा नै पाकिस्तानले गोल लगाएपछि गोल गर्न हतारिएको नेपाललाइ गोल गर्न हम्मेहम्मे परेको थियो । खेल सकिन भन्दा करीव ३ मिनेट अगाडि गोल गरेपछि दर्शकहरूमात्र नभइ ड्यूटीमा खटिएको प्रहरीसमेत खुशीले उफ्रिएका थिए । घरेलु मैदान भएपनि नेपालले निकै अनुशासित भएर खेलेको देखिन्थ्यो ।
जात्रैजात्राको देश नेपालमा सँधै गाइजात्रा…
-सन्तोष सुवेदी
२०७० सालको क्यालेन्डरले नेपालमा यो वर्षको गाईजात्रा आएको संकेत गरेको छ । तर विशेष तिथि मिति तोकेर राखिएको भए पनि नेपालमा ३६५ दिनै गाईजात्रा हेर्न पाइन्छ । यो सुविधा नेपाली जनताको लागि राजनीतिक नेताहरुले दिएको भोटको उपहार हो । नेपालमा सधैँ जात्रा, कहिले नेताको जात्रा, कहिले कलाकारको जात्रा, कहिले बन्दको जात्रा त कहिले महङ्गीको जात्रा । जात्रै जात्राको देश हो नेपाल । राजनीतिक दलको किचलो , कुर्सिको लोभ , जनता झुक्काउने काम, कुम्लाउन खोज्ने दामले गर्दा नेपाली जनताले सँधै गाइजात्रा देखिसकेका छन् र दिक्क पनि भइसकेका छन् ।
नेपालमा ३६५ दिनै गाईजात्रा भएपनि वास्तवमा इतिहास पल्टाउँदा राजा जगतप्रकाश मल्लको पालादेखि प्रारम्भ भएको हो । भक्तपुरका राजा जगतप्रकाश मल्लकी रानी आफ्नो छोराको निधनले शोकाकुल भएपछि राजाले उनलाई हँसाउन आफ्ना प्रजाहरुलाई एक दिनका लागि जे जस्तो रुप धारण गर्न छुट दिएपछि नेपालमा गाईजात्रा मनाउने परम्पराको थालनी भएको मानिन्छ । यो चलन हिजोआजसम्म निरन्तर चलिरहेको छ । तर नेताहरुले देखाएको गाईजात्रा नितान्त भुँडी भर्ने हो, जसले जनतालाई हँसाउनको साटो रुवाउँछ । उनीहरुले विना रिहर्सल जीवन्त अभिनयका साथमा गाईजात्रा देखाइरहेका छन् । संसद भवन नेताहरुको गाइजात्रा देखाउने गतिलो स्थल बनेको छ । कुर्सी र टेवुल नाटकका निर्जिव प्रयोग गरिने पात्रहरु हुन् । कहिले पिटिन्छन् त कहिले फोरिन्छन् । (धेरै…)
नयाँ जोश र जाँगरका साथ काम गरून, बधाइ छ …
एनआरएनको चुनाव आयो, मत गणना भयो के के न होला झैं गरेको थियो । खै के भयो त ? केही अव सपथ खान्छन अनि आफ्नो आफ्नो व्यवसायमा काममा लाग्छन् । अनि अर्को २ वर्ष पछि फेरि चुनाव आउँछ अनि सबै तातिन्छन् । त्यस पछि फेरि सेलाउँछन् । यही नै त होला भन्नेहरू पनि नभएका भने होइनन । किन कि सँधै यस्तै भैरहेको छ । कि कसो ? विजयी उम्मेदवारहरूलाइ अब के यिनले के गर्छन भनेर भोट दिएर केही गर्लान कि भन्ने आशा जापानमा रहेका नेपालीहरूले लिएका छन् । त्यो आशालाइ निराशामा परिणत हुन नदिनुहोला । यही नै छ अहिलेका नयाँ पदाधिकारीहरूलाइ । २/४ दिन हल्लाखोर गर्यो अनि पत्रिकाहरूमा बधाइ छाप्यो त्यसपछि केही न केही नबनाउनुहोला । यदि त्यो हो भने जापानमा बसेर पनि नेपाली नेताकै सिके गरेको भनेर सबैले खिसीटिउरी गर्नेछन् । कम से कम जापानमा बसेका एनारानहरू भनेर भनुन न अरूले पनि । त्यसको लागि अब सपथ खाएकै दिनदेखि नयाँ जोश र जाँगरका साथ काम गरून भन्ने सबै गैरआवासीय नेपालीहरू चाहन्छन् । धन्यवाद ।
एनआरएनको अध्यक्षमा पारसमणि पोखरेल
टोकियो एनआरएन जापानको आज भएको मत गणना अनुसार अध्यक्ष पदका लागि पारसमणि पोरखेल ३३४ मत पाएर विजयी भएका छन् । यसैगरी जापानबाट आइसीसीका सदस्यका लागि अोम गुरूङ ३३९ मत र भूषण घिमिरे २७५ ल्याएर विजयी भएका छन् ।त्यसैगरी उपाध्यक्षमा सुदन थापा, तुलसीराम खरेल र नरवहादुर थापा विजयी भएका छन् । उपाध्यक्षका उम्मेदवारहरूले क्रमशः २५४, १९८ र १६४ मत ल्याएर उपाध्यक्ष पदको लागि विजयी घोषित भएका हुन् ।
महासचिव पदमा मुक्तिराम खनाल २६८ मत ल्याएर विजयी भएका छन् । सचिवमा उदयराज कंडेलले २८६ मत ल्याएर चुनिनुभएको छ । यसैगरी तेज अर्याले २३४ मत ल्याएर कोषाध्यक्षमा चुनिनुभएको छ ।
सदस्यहरूमा दिपक बाबु नेपालले २५३ मत, दिपक थापाले २२० मत, अर्जुन अधिकारीले १७६ मत,दिपक के.सीले १६२ मत र शिबलाल गिरीले १५५ मत ल्याएर सदस्यमा चुनिनुभएको छ ।
एनआरएन जापानले नमूनाको रूपमा पोष्टल भोटिङ गरी धाँधलीरहित र निष्पक्ष चुनाव गरेको घोषणा गरेको छ । विजयीहरूलाइ केही दिनभित्र नै कार्यक्रम गरी पदभार सुम्पने कुरा पनि चुनावी घोषणा कार्यक्रममा निर्वाचन कमिटीले जनाएको छ ।
ल बधाइ छ नेपाललाइ…
अहिले भर्खरै भएको नेपाल र वंगलादेशको खेलमा नेपालले वंगलादेशलाइ २ गोल गरी पराजित गरेको छ । घरेलु मैदानमा थुप्रै नेपाली दर्शकहरूको हुटिङका साथ नेपालले सानदार विजय पाएको छ । नेपाललाइ यो विजयको घडीमा वधाइ भन्नै पर्छ । अन्य देशमा गएर पनि यसरी नै विजय हुने गरी प्रगति गरेको नेपाली दर्शकहरू हेर्न चाहन्छ । जितेको हुनाले राम्रै भयो यो अर्थमा कि वंगलादेशी खेलाडीहरूलाइ पनि राम्रै भयो । वंगलादेशले जितेको भए नेपाली दर्शकहरूले वोतल र मोवाइलले हिर्काउने थिए विचराहरूलाइ (अगाडिको इतिहासको आधारमा) ।
बेलायती प्रधानमन्त्री क्यामरूनले नेपाल भ्रमण गर्ने ….रे
नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापना भएको दुइ शताब्दी हुँदा पनि आजसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । तर सन् २०१४ मा बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले नेपालको भ्रमण गर्ने प्रवल संभावना भएको जानकारी बेलायतको फक्सटन टाउनका पूर्वकाउन्सिलर पूर्वगोर्खा सैनिक धन गुरुङ किरणले दिएका छन् । नेपाल भ्रमणमा आएका गुरुङले पोखरा भ्रमणको क्रममा बिहिवार चिउली पाचे तमु समाजले उनको सम्मानमा आयोजना गरेको कार्यक्रम र प्रेस यूनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा यो जानकारी दिएका हुन् ।
नेपाली मूलका ब्यक्तिले पहिलो पटक बेलायतमा काउन्सिलर पदमा निर्वाचित भएर गुरुङले चार बर्षको कार्यकाल ब्यतीत गरिसकेका छन् भने हाल उनी लिवरल डेमोक्र्याटिक पार्टीको केन्द्रीय समितिको सदस्यसमेत छन् । लिबरल डेमोक्र्याटिक पार्टी बर्तमान समयमा बेलायतमा सत्ता साझेदारीमा छ । (धेरै…)
जापानमा श्रीकृष्ण पूजा
लमजुङ सेवा समाज, जापानले आयोजना गरेको श्रीकृष्ण पूजा कार्यक्रममा जापानमा रहेका चेलीहरू भगवान श्रीकृष्णको पूजाआजा गर्दै । सायद यसरी पन्डित नै पढाएर पूजाआजा गरिएको जापानमा यो सायद पहिलो होला ।
अर्को महिना जापानमा विभिन्न शहरहरूमा तीज कार्यक्रम आयोजना हुँदैछ । नाचगान, दरखाने, तीजको रमाइलो गर्ने कार्यक्रमहरू हुँदैछन् त्यो पनि समयले भ्याएसम्म ब्लगमा राख्दै जानेछु । अहिलेलाइ भने यो बैनाको रूपमा हेर्नुहोला ।
लमजुङ समाज टोकियोको तीज कार्यक्रम सम्पन्न
टोकियो-लमजुङ्ग सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा भगवान श्रीकृष्णको पूजा सहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली दूतावासका महामहिम राजदूतकी धर्मपत्नी श्रीमती अम्विका भट्टराईले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटनपछि कार्यक्रममा सहभागीहरुले नेपाली राष्ट्रिय गान गाएर कार्यक्रमलाई औपचारिकता दिईएको थियो । दुर्इ चरणमा विभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा भगवान श्रीकृष्णको पूजाआजा गरिएको थियो । पण्डित लिलामणि न्यौपानेद्वारा मन्त्र वाचन गरी सहभागीहरुले विधिवत श्रीकृष्णको पूजाआजा गरे ।
कृष्ण जन्मअष्टमीको अवसरमा यसरी विधिवत रुपमा पूजा गरिएको जापानमा सायद पहिलो भएको पूजामा सहभागीहरुले बताए । भौगोलिक रुपमा आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि आफ्नो श्रीमानको लामो आयुको कामना सहित कृष्णअष्टमीमा व्रत वसेका नेपाली चेलीहरु विधिवत रुपमा श्रीकृष्णको पूजा गर्न पाउँदा खुशी देखिन्थे ।
गोर्खा सेवा समाजका उपाध्यक्ष कमला काप्रीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा अन्य मन्तव्य राख्नेहरुमा नारी कुन्ज जापानकी अध्यक्ष छक्कु उदासी, माया नेपाली संगीत संस्थाकी अध्यक्ष युको ओकामोतो मल्ल लगायत रहनुभएको थियो ।
कार्यक्रमको सभापति तथा संस्थाका अध्यक्ष ऋतुकुमार दुराले प्रमुख अतिथि भट्टराईलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । (धेरै…)
लमजुङ सेवा समाजको तीजे कार्यक्रमको सम्पूर्ण तयारी पूरा
टोकियो-लमजुङ सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा श्रीकृष्णको पूजा सहित २८ तारिक वुधवार आयोजना गरेको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ।
सिन कोयन्जीको गोदावरी रेष्टुरेन्टमा साँझको ६ बजेबाट आयोजना गरिन लागेको उक्त तीज कार्यक्रमको उद्घाटन नेपाली दूतावास टोकियोका महामहिम राजदूतकी धर्मपत्नीबाट गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा तीजे गीत प्रतियोगिता पनि हुने जनाएको छ ।
तीजे गीत प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई साडी पुरस्कार दिइने कार्यक्रम पनि रहेको छ । उक्त पुरस्कारको प्रयोजन इजी लिंक रेमिटेन्सले गर्ने भएको छ । साथसाथै सो कार्यक्रममा गोर्खा सेवा समाजको पनि नैतिक सहयोग हुने बताएको छ ।
(धेरै…)
यदि फेसबुकको कारणले यस्तो भए के गर्नुहुन्छ ?
होशियार यसो गर्दा पनि फेसबुक उसो गर्दा पनि फेसबुक नगर्नुहोला । तपाइको पछाडि कोहीले तपाइलाइ खोजिरहेको हुनसक्छ । एकैछिन यो फेसबुक जादू हेर्नुस् अनि गहिरिएर सोच्नुहोस् ।
जादु हेर्न यहाँ क्लिक गर्नुहोस् । अनि कनेक्ट विथ फेसबुक भन्नेमा क्लिक जानुहोला ।
कत्तिको मेल खाला त अन लाइनको मत सर्वेक्षणले ?
एनआरएन जापानको मतदान गर्ने समय सकिएको छ । हुलाक मार्फत पठाइएका मतपत्रमा मत राखेर निर्वाचन कमिटीलाई मत पठाउने कार्य भैरहेको जानकारी आएको छ । मतदाताहरुले पठाएको मत सबै निर्वाचन कमिटी समक्ष आईसकेपछि मत गणना कार्य होला । विजयको माला पहिरिन आतुर विजेता उम्मेदवारहरुमा अझै पनि जितिने हो कि हारिने पो हो भन्ने त्रास मत गनेर परिणाम नआएसम्म रहिरहनेछ । अनुमानकै भरमा फलानो उम्मेदवार र ढिस्कानो उम्मेदवारले जित्छ भनेर बाजी मार्नेहरु पनि नभएका भने होइनन । तर हारजितको छिनोफानो भने मत गणना भएर निर्वाचन कमिटीले नजिता सार्वजनिक नगरेसम्म यसै भन्न सकिन्न । सबैले हचुवाकै भरमा भन्ने त हुन यसले जित्छ र उसले जित्छ भनेर । (धेरै…)
भालुको रीस खनिया माथि… कति दुःख दिन्छौ दिन पनि?
“भालुको रीस खनिया माथि” भन्थे साँच्चै रहेछ । वाँचिवस्नु पर्छ नानाभाँती देख्न पाईन्छ हाम्रो नेपालमा । अहिलेसम्म केही निहु नपाएका अध्यागमनका कर्मचारीहरू घुस खान नपाएको रीसमा अहिले यतिखेर रगत खान नपाएको बाघ झैं भएका छन् । भाषाको कारण निकालेर विदेश जानेहरूलाई विनाकारण रोक्न थालेको छ । भीषामा लेखिएको भाषा नबुझिने भाषामा लेखिएको भन्दै विशेष गरी खाडी मुलुकहरूमा जान लागेकाहरूलाई एयरपोर्टमै अलपत्र पारिदिएका छन । जे सन्की चल्छ त्यही नियम लागू गर्न थालेका छन आजभोलि । भ्रष्टचारको अभियोग लागेर भकाभक कर्मचारीहरू पक्रन थालेपछि अक्तियारको ध्यान अन्तै मोड्न यस्तो गरिएको पनि हुन सक्छ । कति त विदामा वस्न थालेका छन् । कतिले पत्रिकामा विज्ञापन नै छपाएर अक्तियारलाई घुर्की देखाएका छन् ।
३५ जना कतार जान लागेका कामदारहरूलाई एयरपोर्टमै अलपत्र पारे । भिषामा लेखिएको भाषा वुझिएन रे । खाडी मुलुक भएकोले अरवी भाषा र अंग्रेजीमा पनि लेखिएको थियो तर उनीहरूले वुझेनन् रे । दुईचार रुपैयाँ दक्षिणा पाएको भए वुझ्थे होला के गर्नु ? सरकारी स्तरवाट नै अव नेपालीमा पनि लेख्नु पर्यो भनेर पहल गर्नुपर्ने भयो । (धेरै…)
जापानमा नेपाली माथि अज्ञात व्यक्तिले सांघातिक आक्रमण
नेपालीहरू जहाँ गए पनि लड्न र भीडन नम्वर एकमा आउँछन् । इतिहास देखि नै हामी लड्न सुरो भनेर विश्वमा चिनिंदै आएका पनि छौ । त्यसैले त भनेका छन् एकजना विदेशीले “मर्न डर लाग्दैन भनेर कसैले भन्छ भने त्यो कि त पागल हो कि त गोर्खाली” । हामी हिंग नभए पनि हिंग हालेको टालो हौं । लडाइ झगडा र हामी गोर्खाली एक अर्काको परिपुरक हौं ।
यतिखेर जापानमा पनि नेपालीहरूको उल्लेख्य वृद्दी भइरहेको छ । टोकियोको सिन्जुकु वार्ड यतिखेर नेपालीहरूको उल्लेख्य वसोवास भएको ठाउँ मध्ये एक हो । केही समय अगाडिको आँकडाले देखाए अनुसार टोकियोको सिन्जुकु वार्डमा मात्रै हजार, पन्ध्र सय नेपालीहरू वस्छन् । कोरिया टाउन भनेर सिनओकुवो-ओकुवो क्षेत्रलाइ भनेर भनिए पनि अहिले नेपालीहरू पनि कम छैनन् । यस्तै हिसावले बढ्ने हो भने भोलि नेपाली टाउन हुनसक्छ यतै कतै । हुन पनि सिनओकुवो क्षेत्रमा हिंड्दा खेरी नचिनेको नेपालीहरू नभेटिएको नठोकिएको दिनै हुँदैन । जता हेर्यो उतै नेपाली । कहिले कांही त मलाइ म जापानमा होइन नेपालमा नै छु कि जस्तो भान हुन्छ । (धेरै…)
नेपालीहरू त जातै महाराज, हाम्रो शिक्षालाई कुरी-कुरी
विदाको दिन वाहिर निस्कन पनि झ्याउ लाग्छ । वाहिर निस्के पनि मान्छेहरूको भीडमा हराउँछु । घरमै वसेर पनि केही गर्ने जाँगर लाग्दैन । त्यसै अल्याङ फल्याङ गर्यो विदा सिद्धिहाल्छ । हुन पनि जापानमा समय कति छिटो जान्छ भन्या । हुनत संसारकै समय एउटै हो तर पनि व्यस्तताको कारणले विदेशमा समय छिटो जान्छ भन्ने सबैको अडकल छ ।
के गरूँ के नगरूँ भनेर सोचिराखेको वेला एक जनाको फोन आयो । नचिनेको नम्वर थियो । मैले उठाएँ । उसले सोध्यो को वोल्नु भएको ? तपाई आफै फोन गर्नुहुन्छ अनि मलाई को बोलेको भन्नुहुन्छ, तपाई नै भन्नुस न को वोल्नुभएको ? -मैले उसैलाई सोधें । उसले भन्यो- म रमेश वोलेको । मैले भनें रमेश के ? पुरा नाम र काम भन्नुस् । उसले गाह्रो मान्दै आफ्नो पुरा नाम र काम भन्यो ।
होईन नेपालीहरू विदेश आएर अरू त त्यस्तै हो फोन गर्न पनि जान्दैनन् भन्या । देश अनुसारको भेष भने झैं साधारणतया फोन गर्न त जान्नुपर्छ । नचिनेको व्यक्तिलाई फोन गर्दा आफ्नो पुरा नाम, अवस्था अनुसार आफ्नो ठेगाना र भेटन खोजेको व्यक्ति र काम भन्ने चलन छ । अझ जापानी कम्पनी अर्थात व्यक्तिलाई फोन गर्नुपरेको खन्डमा सवैभन्दा पहिले आफ्नो पुरा नाम, ठेगाना, फोन नम्वर र कामको कुरा गरिन्छ तर नेपालीहरु सीधै तपाई को वोलेको रे । अझ अर्को कुरा जापानमा कसैसँग दोस्रो व्यक्तिको फोन नम्वर माग्नु र दिनु भनेको सीधै प्राईवेसीको दृष्टिकोणले अपराध हो । तर हामीहरू सजिलै जसलाई जस्को नम्वर पनि दिन्छौं । कतिपयले त फेसवुकमा फोन नम्वर, पासपोर्ट नम्वर, व्लड ग्रुप सम्म राखेका हुन्छौ । वास्तवमा भन्ने हो भने सुरक्षाको दृष्टिले यो अति नै खतरा हो । (धेरै…)
आउनुहोस् सासिमी हेरूँ…
भन्ने हो भने यो साधारण स्लाईस वनाएर काटिएको सामोन भन्ने माछा मात्र हो तर यसैलाइ सजाएर बनाउने हो भने कस्तो आकर्षक हुन्छ हेरौ त । मैले इजाकायमा काम गर्दा बनाएको यो सामोनको फूल…. । कहिलेकाही फुर्सदको वेलामा यसरी आकर्षक तरिकाले वनाएर लैजाँदा पाहुनाहरू खुव रमाउँथे । साँचै भन्ने हो भने जापानीहरू खाने कुरामा अति नै सौखिन हुन्छन् । त्यसैले त एक आपसमा भेट हुँदा उनीहरू कि त मौसमको कि त खाने कुराको कुरा गर्छन । हामी नेपालीहरू भेटनासाथ राजनीतिको कुरा गर्छौं । भनिन्छ खानेकुरा उनीहरू आँखाले पहिले खान्छन् रे । त्यसपछि मुखमा राखेर स्वाद लिन्छन । खानेकुरालाई उनीहरू अति नै आदार गर्दछन । हुन पनि खानाकै लागि त हो मान्छेले दुःख गर्न पर्ने होईन र ?
इच्छा आफ्नो आफ्नो…
कति दिक्क लाग्दो कुरा मात्र गर्ने सँधभरी ? यसो कुनै बेला त रमाइलो पनि गरूँ न भनेर यसो इन्टरनेटमा खोज्दै गएको यस्तो फोटो पनि देखियो ।
ल हेरौ त कस्तो मजाले कपाल काटेको ? कसैको इच्छा पनि अनेक खालका हुन्छन् । कपाल काटेर ट्याक्कै माउसुली हो कि छेपाराको सेपमा कपाल काटेको हरिपै छैन त ? यसो घोरिएर हेर्यो भने त कता कता डर डर पनि लाग्छ । तर जे होस मान्नै पर्छ यो मान्छेको कपाल फेसनलाइ । तपाइ पनि यस्तै गर्ने कि ?
ओठ तालु सुक्यो ए-नारान उम्मेदवारहरूको…
एनआरएनको उम्मेदवारहरुको यतिखेर ओठ तालु सुकेको अवस्था छ । पोष्टल भोटको लागि निर्वाचन कमिटीले मतपत्र मतदाताहरुको घरमा पठाईसकेको अवस्थामा यतिखेर मत पत्र पुग्ने क्रम पनि जारी रहेको बुझिएको छ । टोकियो भन्दा टाढा टाढाको क्षेत्रहरुमा अझै मतपत्र नपुगेको गुनासोहरु पनि सुनिएको छ । ओसाका, नागोया लगायतका क्षेत्रहरुमा सामुहिक भोट हालेको तथ्यहरु पनि खुलेको छ । मतदाताले आफनो घरमै बसेर आफूलाई मन परेको व्यक्तिलाई भोट दिने व्यवस्थाको लागि पोष्टल भोटको व्यवस्था गरिएको थियो ।
पोष्टल भोट खुसुक्क आफुलाई मन परेको व्यक्तिलाई दिन पाइने मत भए तापनि मतदाताहरु आफू आफूमा सल्लाह गरेर भोट हाल्ने सुरसार गरेको बुझिएको छ । त्यसो त एकछापे भोट पर्न सक्ने कारणले कतिपय उम्मेदवारहरुलाई चिन्ताको विषय बनेको छ ।
हेरौ केही दिनमा नै नजिता त थाहा होला अनि साँच्चै मत हाल्न पाउनेहरुले मत पनि हाल्नुभयो होला । हाल्नुहोला । तर अहिले लाइ साँचिकै मतदान गर्न नपाउनेहरूलाइ भनेर मतदानको व्यवस्था गरिएको छ । एकछिनलाई तपाई पनि भोट हाल्ने भए आउनुहोस भित्र । (धेरै…)
चुनावको भोटिङ शुरू भै सक्यो के को उम्मेदवारीको घोषणा हो ?
दिउँसो फुर्सद हुँदा यसो समाचार हेर्नु पर्यो भनेर जापानका समाचारहरु हेरेको …त… आम्मा…मा…मा…मा जापानको समाचारमा त पुरै एनआरएनमय पो भएछ भन्या । वास्तवमा चुनाव भनेपछि त मान्छेलाई त्यसैत्यसै रन्को लाग्ने पो रहेछ त । निर्वाचन कमिटीले हुलाक भोटको लागि सम्पूर्ण मतपत्रहरु हुलाक मार्फत चलानी भैसकेको समाचार दिईसकेको छ । टोकियो ’roundका क्षेत्रहरुमा त मतपत्रहरु मतदाताहरुकोमा पुगिसकेको खबर पनि आएको छ । अव उनीहरुले त मत राखेर फिर्ता पनि पठाउन लागिसके होला तर कतिपय जापानको मिडियाहरुमा भने अझै उम्मेदवारहरुको उम्मेदवारी घोषणा भन्ने हेड न्यूजहरु देख्दा हाँसो लाग्यो । (धेरै…)
जवाफ दिने वेला …हान्नुस झापड
एनआरएन जापानको चुनावी माहौलले वातावरण तातेको छ । ओसाकामा भएको अधिवेसनले नयाँ कार्यसमितिको चयनमा सहमति जुटाउन नसकेपछि एनआरएन जापान यतिखेर चुनावै गरेर नयाँ कार्य समितिको चयन गर्ने प्रक्रियामा लागेको हो । त्यसो त मतदाताहरूले घरमै वसीवसी आफूलाई मन पर्ने उम्मेदवारलाई भोट दिन सक्नेछन् । निर्वाचन कमिटीले मतपत्र चलानी भैसकेको कुरा जानकारी दिएको छ । घरमै हुलाक मार्फत आएको मत पत्रमा सोचेर विचार गरेर सही र सामुहिक उच्च विचार भएको उम्मेदवारको छनौटमा आफ्नो अमूल्य मत प्रयोग गर्न पाउनेछन ।
यदि मतदान केन्द्र नै खडा गरी भोट दिने व्यवस्था गरेको भए धाँधली हुने, डरधम्की देखाउने, करकापमा पारिने सम्भावना रहन्थ्यो । जित्नेलाई पक्कै जसदिने थिएन होला । एक पक्षले जितेको भए पाखुरा देखाएर जिते भन्ने ठाउँ रहन्थ्यो, अर्को पक्षले जितेको खन्डमा जालसाजी गरेर जिते भनेर एक आपसमा दोषारोपण गर्ने अवस्था आउने स्थिति थियो तर यसको निराकरणको लागि पोष्टल भोटको व्यवस्था गरेर निर्वाचन कमिटीले अति नै उत्तम वाटो रोज्न सफल भएको छ । मतदाताले घरमै वसेर भोट दिन मिल्ने भए पछि न त पाखुरेहरूले पाखुरा देखाउने मौका पाए न त वुद्धिजीवी भनाउँदाहरूले जालसाजीको दिमाग लडाउन पाए । वरू मतदाताहरूले मै हुँ भनि कुर्लिनेहरूलाई सडाउने वेला आएको छ । विदेशी भूमिमा आएर पनि नेपाली पारामा गुठ उपगुठ वनाएर समाजसेवाको नाममा सीधा नेपालीहरू माथि राजनीति गर्नेहरूलाई गतिलो झापड हान्ने यो भन्दा सुनौलो मौका अरू हुन सक्दैन र अर्को अवसर आउला नै भनेर भन्न पनि सकिन्न । मतदाताहरूले नेता भनाउँदाहरूको मुखमा लोप्पा खुवाउने यो अवसर कसै गरे पनि गुमाउन हुँदैन । (धेरै…)
एनआरएन जापानको पोष्टल भोट दिने तरिका (भिडियो)
एनआरएन जापानको आगामी उम्मेदवारहरूको चयन गर्न पोष्टल भोटको लागि मतदाताहरूकोमा मतपत्र चलानी भैसकेको जानकारी निर्वाचन कमिटीले दिईसकेको छ । मत गोप्य र सुरक्षित बनाउनको लागि सोही अनुसारको तयारीको साथ मतपत्रहरू मतदाताहरूको ठेगानामा पठाएको कुरा बुझिएको छ । तपाई पनि भोट दिंदै हुनुहुन्छ भने आउनुहोस् कसरी सुरक्षित भोट दिन सकिन्छ र तपाईको भोट सुरक्षित बनाउन के-के आवश्यक पर्दछ हेरौं भिडियो ।
कोरियाको सस्तो गेष्ट हाउस
यो गेष्ट हाउस कोरियाको मेन सेन्टरमा रहेको तर अति सस्तो । आज धेरै पछि याद आयो जुन २ वर्ष अगाडि कोरिया जाँदा खिचेको हुँ । यसो याद आएर व्लगमा राखेको हुँ । तपाई पनि कोरिया जाँदै हुनुहुन्छ भने यसलाई नभुल्नुहोला ।
क्यान्डी क्रसले हैरान बनायो भन्या…
विहान विहानै मोवाइलमा म्यासेज आउँछ के के न आयो होला भनेर यसो हेरेको त क्याण्डी क्रस खेलको रिक्वेष्ट भन्या । हैन हैरानै पार्यो भन्या यो क्यान्डी क्रस कि के क्रसले पनि । खेल्दिन भनेर मन मारेर बसे पनि कसैले फुत्त लाइफ पठाइदिन्छन भन्या । अनि खेल्छु फेरि कहिलेकाहीं त । त एक दिन विहान अफिस पुग्ने वित्तिकै एउटा म्यासेज आयो अफिसियल काम होला भनेको त म्यासेजमा लेखिएको थियो ‘ओई मलाई खोला कटाई देत अरे’ म त कति हाँस्ने भन्या । कुरो के भने क्याण्डी क्रस भन्ने अहिलेको लोकप्रिय मध्येको एक खेलमा निश्चित लेवलसम्म खेलेपछि निश्चित लेवल पार गर्नको लागि साथीबाट अनुमति अर्थात टिकट लिनुपर्ने हुन्छ । ३ जना साथीले पठाईदिए पछि वल्ल अर्को लेवलमा पुगिन्छ र अरु माथिको लेवल खेल्न मिल्छ यदि साथीहरुले टिकट पठाईदिएन भने त्यही अडकिएर बसिरहनु पर्दछ । लाईफ सकियो भने त केही समयपछि आफै आउँछ तर यो टिकट भने कसै न कसैले पठाई दिन नै पर्ने हुन्छ । विचरा मेरो साथीलाई कसैले पनि पठाई दिएनछ क्यारे मलाई म्यासेज गर्यो भन्या । म पनि भर्खर अफिस पुगेको र अलि अलि व्यस्त भएकोले केही प्रतिक्रिया नजनाएको त फोन नै गरेर लौन मलाई खोला कटाई देत भन्छ वा । म त कति हाँस्ने अनि केही सीप नलाएर पठाई दिएँ टिकट । लौ जा पैसा लाग्ने टिकट पठाउन नसके पनि फ्रीमा पठाउन मिल्ने टिकट त म जति भए पनि पठाई दिन्छु नि । गेम त खेल्नुस तर कतिपय साथीहरु त काममा नै नगई कन अनि थुप्रै पैसा खर्च गरेर यो गेम खेलेको पाइएको छ । त्यसो भने कदापी नगर्नुहोला । जय क्याण्डी क्रस ।