Archive for नोभेम्बर, 2007

तपाईको कोठाको ग्याँस सकिन लागेछ —

आज ढोकाको घण्टी बजायो अर्थात बज्यो । बजाएर नै बज्यो भनौं । म त्यसै विस्तारामा पल्टिराखेको थिएँ । सायद केही सोचेको थिएँ होला । मेरो सोचाइलाई नै भंग गरिदियो । हुनत बजारको के के कुराहरुको विज्ञापनको लागि पनि कहिलेकाहीं दिनमा मान्छेहरु आएर घण्टी बजाउँछन् यो नौलो कुरो होइन । तर त्यसप्रति कुनै प्रतिक्रिया नै नदिएपछि आफै जान्थ्यो तर आज भने त्यसले फेरि पनि बजायो । दुइ तीन पटक बजिसकेपछि मलाई लाग्यो कोही कामै परेर आएको होला । कामै नपरी त्यसरी बजाउने गर्दैनथ्यो । अनि उठेर गएँ ढोकामा हेर्न । यसो ढोका खोलेर हेर्छु बाहिर ढोकामा एक जना उभिएको छ । उसको लुगा पनि मैलिएको थियो । मैले विचार गरें यो लुगा कुनै कम्पनीको Dress हो । मैले थोरै ढोका खेल्ने वित्तिकै भने नान देस्यो का – यो जापानिजमा सोधिएको प्रश्न हो किनकी उ जापानिज थियो । अनि उसले आफ्नो परिचय दिंदै भन्यो । म ग्याँस कम्पनीबाट आएको तपाईको कोठाको ग्याँस सकिन लागेछ फेरिदिन भनेर आएको केही वेर तपाईलाई डिस्टव हुन्छ होला त्यसको लागि सरी । म यो कुरा सुनेर अचम्म लाग्यो । धन्य विकसित मुलुक । नेपालमा छँदा भात पकाउँदा पकाउँदै ग्याँस सिद्धिएर दौडँदै दुकानमा गएर ग्याँस किनेर काँधमा हालेर घर ल्याएको सम्झना भयो । (धेरै…)

नोभेम्बर 5, 2007 at 2:42 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

नोभेम्बर 2007
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
2627282930