तपाईको कोठाको ग्याँस सकिन लागेछ —

नोभेम्बर 5, 2007 at 2:42 बिहान टिप्पणी छोड्नुहोस्

आज ढोकाको घण्टी बजायो अर्थात बज्यो । बजाएर नै बज्यो भनौं । म त्यसै विस्तारामा पल्टिराखेको थिएँ । सायद केही सोचेको थिएँ होला । मेरो सोचाइलाई नै भंग गरिदियो । हुनत बजारको के के कुराहरुको विज्ञापनको लागि पनि कहिलेकाहीं दिनमा मान्छेहरु आएर घण्टी बजाउँछन् यो नौलो कुरो होइन । तर त्यसप्रति कुनै प्रतिक्रिया नै नदिएपछि आफै जान्थ्यो तर आज भने त्यसले फेरि पनि बजायो । दुइ तीन पटक बजिसकेपछि मलाई लाग्यो कोही कामै परेर आएको होला । कामै नपरी त्यसरी बजाउने गर्दैनथ्यो । अनि उठेर गएँ ढोकामा हेर्न । यसो ढोका खोलेर हेर्छु बाहिर ढोकामा एक जना उभिएको छ । उसको लुगा पनि मैलिएको थियो । मैले विचार गरें यो लुगा कुनै कम्पनीको Dress हो । मैले थोरै ढोका खेल्ने वित्तिकै भने नान देस्यो का – यो जापानिजमा सोधिएको प्रश्न हो किनकी उ जापानिज थियो । अनि उसले आफ्नो परिचय दिंदै भन्यो । म ग्याँस कम्पनीबाट आएको तपाईको कोठाको ग्याँस सकिन लागेछ फेरिदिन भनेर आएको केही वेर तपाईलाई डिस्टव हुन्छ होला त्यसको लागि सरी । म यो कुरा सुनेर अचम्म लाग्यो । धन्य विकसित मुलुक । नेपालमा छँदा भात पकाउँदा पकाउँदै ग्याँस सिद्धिएर दौडँदै दुकानमा गएर ग्याँस किनेर काँधमा हालेर घर ल्याएको सम्झना भयो । कहाँको त्यो नेपाल, आज तँपाईको कोठाको ग्याँस सकिन लागेको छ भन्दै कम्पनीको मान्छे आएको कहाँको यो जापान । हुन्छ हुन्छ कति वेर लाग्छ र – मैले सोधें उसले ५ मिनेट जति लाग्छ भन्यो अनि मैले ए हुन्छ हुन्छ भन्दै म फेरि भित्र पसें । उसले बाहिर ढोकाको आडमा हुन्छ ग्याँसको मिटर अनि के के त्यही के के गर्यो । त्यसपछि उसले सकियो भनेर मलाई सूचना पनि दियो । म अचम्म भएँ । कस्तो सिस्टम छ यो । सबै आफ्नो काममा त्यति नै वफादारी भएर गर्छन् । कम्पनीलाई सबै ग्राहकहरुले पैसा तिरेका छन् । त्यही पैसा तिरेवापत उनीहरुले आफ्नो सेवालाई त्यति भरपर्दो बनाएका छन् । मेरो कोठाको ग्याँस सकिएको म आफू स्वयमलाई थाहा छैन तर कम्पनीको मान्छे आउँछ तपाईको त ग्याँस सकिन लागेछ —भन्दै— । के नेपालमा पनि यस्तो दिन आउला – चाहे तपाई जुनै सरकारी कार्यालयमा जानुस त्यहाँ काम गर्ने कर्मचारीहरु अति मेहनतका साथ काम गरेका हुन्छन् । आफ्नो कामलाई भन्दा बढी मेहनत गर्छन् उनीहरु सरकारी काममा । तर नेपालमा त कहाँ हुने त्यस्तो – सरकारी काम कैले जाला घाम भने झैं हुन्छ । अनि कसरी हुन्छ विकास – जापानीहरु कार्यालयको काम होस वा जुनसुकै काम खाजा खाने समय छुटाएको हुन्छ । त्यो भन्दा अरु बेला उनीहरु खाजा खाने, एता उता टहलिने गर्ने भनेको नै हुँदैन जहाँ नेपालमा सरकारी कार्यालयका कर्मचारीहरु कार्यालय समयमा चियाको गिलास समाउदै लामा लामा गफ चुटिरहेका हुन्छन् । एक दुइ कप मात्र होर ५-६ कपसम्म । अहिले म जापानिजहरुको काम गर्ने शैलि, काम गर्राई, अनि आफ्नो काममा प्रतिवद्धता हेरेर थुक निलिरहेको छु अनि कल्पना गर्छु कहिले होला यस्तो नेपालमा –

Entry filed under: वर्गविहीन.

कार्यक्रम गर्ने फेसनको होडवाजी, दर्शकहरू मर्कामा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

नोभेम्बर 2007
सो मं बु बि शु
 1234
567891011
12131415161718
19202122232425
2627282930  

%d bloggers like this: