Archive for डिसेम्बर 31, 2012

सुनसान टोकियो

20121231-130502.jpgआज २०१२ सालको अन्तिम िदन । भोलिदेखि २०१३ साल पनि शुरू हुन्छ । सदियौंदेखि प्रत्येक वर्ष यसरी नै नयाँ वर्ष आए गए, समय यसरी नै निरन्तर वितिरहेको छ, अनि प्रत्येक वर्ष प्रत्येक व्यक्ति-व्यक्तिको एक वर्ष आयु घटिरहेको छ । तर पनि हामी प्रत्येक वर्ष नयाँ वर्षको शुभकामना अत्यन्तै खुशीका साथ आदान प्रदान गरिराखेका छौं । गएको केहीवर्ष देिख नयाँ वर्ष जापानमा वितेको छ मेरो । जापानिज नागरिकहरूको लागि नयाँ वर्ष एक ठूलो वर्ष हो । कामविशेषले टोकियो आएका ग्रामीण भेगका जापानिजहरू घर फर्किसके, आफ्नो गाउँ फर्किन नपाउनेहरु पनि कार्यालयहरू िवदा भएकोले साथीभाई भेटेर, आफन्तहरू जमघट भएर आ-आफ्नो गच्छे अनुसारको नयाँ वर्ष मनाउने तरखर गरिरहेका छन् । (धेरै…)

डिसेम्बर 31, 2012 at 1:04 अपराह्न टिप्पणी छोड्नुहोस्

तरीका व्यापारको…

imageकोरियाका एक कोट व्यापारी कारको चारैतिर कोट झुन्ड्याएर िवक्रीका लागि कोट प्रदर्शन गर्दै ।सटर भाडा तिर्न  पनि नपर्ने, अलि नयाँ तरिका देखेपछि ग्राहकको आँखा पनि उनैको व्यापार माथि क्या मज्जा । त्यसैले मैले पनि लिइहालें एक सट …

डिसेम्बर 31, 2012 at 2:37 बिहान टिप्पणी छोड्नुहोस्

फेरि आउनुस् है …

imageआफ्नो घरमा आएका पाहुनालाई िवदाई गर्दै पद्म दाई …। लमजुंग िजल्लाको सिंदुरे गाविस र आसपासका वासिन्दाहरू आजभोलि होम स्टे र अर्गानिक कृषी खेती तर्फ आकर्षित भएका छन् ।

डिसेम्बर 31, 2012 at 2:19 बिहान टिप्पणी छोड्नुहोस्

ग्राहकको पर्खाइमा…

imageस्कुल जान त मलाई पनि त मन छ नि तर के गर्नु ? आफूलाई यो नवेची सुख्खै छैन ।

डिसेम्बर 31, 2012 at 2:10 बिहान टिप्पणी छोड्नुहोस्

अव मलाई संग्रहालयमा सारे हुन्छ -िढकी

imageनेपालको ग्रामीण भेगमा धान कुटन प्रयोगमा आउने यस्ता िढकी अवको केही पुस्ता पछि संग्रहालयमा देख्न पाइनेछ । आधुनिक विकासले फड्को मार्दा ग्रामीण भेगका यस्ता सामानहरू प्रयोगविहीन हुन थालेका छन् । केही वर्ष पहिले प्रत्येक घरमा देख्न पाईने यस्ता िढकी अहिले केही घरमा मात्र देख्न पाइन्छ तर त्यो पनि कहिलेसम्म हो ।

डिसेम्बर 31, 2012 at 1:49 बिहान टिप्पणी छोड्नुहोस्

कार्यक्रम गर्ने फेसनको होडवाजी, दर्शकहरू मर्कामा

आजको िदनदेखि अंग्रेजी साल २०१२ ले पनि हामीसामु िवदा लिने तरखर गर्दैछ । नयाँ वर्ष २०१३ को अवसरमा जापानमा रहेका िवभिन्न संघसंस्थाहरूले नेपालवाट ख्यातिप्राप्त कलाकारहरू िझकाई िनकै ताझमाझका साथ नयाँ वर्ष (नेपाली नयाँ वर्ष नभए पनि) मनाउने तरखर गरिरहेका छन् । यसैक्रममा यही नयाँवर्षको कार्यक्रमको लागि भनेर नेपालवाट कलाकारहरू जापान आईपुगिसकेको कुरा अनलाईन समाचारहरूले िवज्ञापनरूपी समाचारहरू पनि निकालिसकेका छन् । त्यसो त जापानमा यो भन्दा अघिल्लो वर्षहरूमा पनि यस्ता कार्यक्रम नभएका भने होइनन् । तर अहिले आएर जापानको नेपाली समाजमा नेपालवाट कलाकार िझकाएर कार्यक्रम गर्ने फेसनको होडवाजी नै चलेको छ । राजनैतिक दलका िवभिन्न संगठनदेखि लिएर विभिन्न जिल्लावासीका नाममा संगठित भएका संघसंस्थाहरू केही चाडपर्व आउनासाथ को कलाकारलाई िझकाउने, कति गते र के वार कार्यक्रम गर्ने, कति जति मान्छे जम्मा होलान, कति पैसा वटुल्न सकिन्छ भनि हिसावकिताव गर्न थाल्छन । एक हिसावले समय-समयमा यस्ता कार्यक्रमहरूको आयोजना गर्नु आफैमा नराम्रो भने होईन । आफ्नो जन्मभूमिवाट टाढा रहेर, विदेशको व्यस्त दैनिकीका वावजुत पनि नेपाली िरतीरिवाज र आफ्नै मौलिक परम्पराको स्वाद लिन पाउँदा हामीले आफूले आफैलाई भाग्यमानी ठान्नु पर्दछ । तर एकै िदनमा २-२ ठाउँमा राखिएको कार्यक्रम कता जानु कता नजानु ? क्रमश:

डिसेम्बर 31, 2012 at 12:45 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

डिसेम्बर 2012
सो मं बु बि शु
 12
3456789
10111213141516
17181920212223
24252627282930
31