सुनसान टोकियो

डिसेम्बर 31, 2012 at 1:04 अपराह्न टिप्पणी छोड्नुहोस्

20121231-130502.jpgआज २०१२ सालको अन्तिम िदन । भोलिदेखि २०१३ साल पनि शुरू हुन्छ । सदियौंदेखि प्रत्येक वर्ष यसरी नै नयाँ वर्ष आए गए, समय यसरी नै निरन्तर वितिरहेको छ, अनि प्रत्येक वर्ष प्रत्येक व्यक्ति-व्यक्तिको एक वर्ष आयु घटिरहेको छ । तर पनि हामी प्रत्येक वर्ष नयाँ वर्षको शुभकामना अत्यन्तै खुशीका साथ आदान प्रदान गरिराखेका छौं । गएको केहीवर्ष देिख नयाँ वर्ष जापानमा वितेको छ मेरो । जापानिज नागरिकहरूको लागि नयाँ वर्ष एक ठूलो वर्ष हो । कामविशेषले टोकियो आएका ग्रामीण भेगका जापानिजहरू घर फर्किसके, आफ्नो गाउँ फर्किन नपाउनेहरु पनि कार्यालयहरू िवदा भएकोले साथीभाई भेटेर, आफन्तहरू जमघट भएर आ-आफ्नो गच्छे अनुसारको नयाँ वर्ष मनाउने तरखर गरिरहेका छन् । खल्ती अलि वाक्लैहुनेहरू भने िवदेशतिरै हिडिसके । तर आफ्नो भने सँधैको उही चाल । प्रयजसो जापानिजहरू विदा लिने भएकोले काममा जानुपर्ने त उही हामी विदेशी नै । आज पनि काममा जान निस्केको ट्रेन त लगभग खाली । सँधैजसो खुट्टा टेक्ने ठाउँ नहुने ट्रेन आज त सिटमा सुते पनि हुनेजस्तो ठाउँ खाली … दशैं तिहारमा कठमान्डौ जस्तो सुनसान भएको छ टोकियो । सँधै यस्तो सुनसान हुने हो भने कस्तो होला टोकयो ? तँपाईको विचार तल कमेन्टमा… अन्तमा मेरो पनि शुभकामना …तँपाईलाई ।

Entry filed under: वर्गविहीन.

तरीका व्यापारको… गोफ्ले र राष्ट्रपतिको म्याद उस्तै-उस्तै

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

डिसेम्बर 2012
सो मं बु बि शु
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

%d bloggers like this: