Archive for जनवरी, 2013

किमोनोमा सजिन थाले नेपाली कलाकार

imageटोकियो–शरीरमा टम्म परेको जापानी परम्परागत पोशाक किमोनो लगाएका अनि अनुहार मेकअप गरेर रवरे गुडिया झै वनाएका जापानी युवतीहरू देख्दै औधी राम्रा हुन्छन् । त्यसो त अव जापानिजहरू मात्र होईन नेपाली कलाकारहरू पनि जापानी परम्परागत पोशाकमा सजिन थालेका छन् । यसै क्रममा नेपाली हट गायिका इन्दिरा जोशी जापानी परम्परागत पोशाक किमोनोमा देखिएकी छिन् । जापान भ्रमणको अवसरमा इन्दिरालाई त्यो पोशाक उपहार स्वरुप दिइएको उनले बताएकी छिन् । किमोनो लगाएर फोटो खिच्दै उनले ती फोटोहरु आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन्।

जनवरी 25, 2013 at 10:34 बिहान टिप्पणी छोड्नुहोस्

फूटवल हान्ने खेलाडीले मान्छे हाने

तपाँई सोच्नुहुन्छ होला नेपालीहरू हरेक कुरामा पछाडि परेका छन् । व्यवसायीक क्षेत्रमा, सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा अरू यस्तै यस्तै ़… तर त्यसो नसोच्नुस् । यदि तँपाई यस्तो सोच्नुहुन्छ भने यो कुरा पक्का हो कि तँपाई ठूलो भ्रममा हुनुहुन्छ । नेपालीहरू हरेक कुरामा पछाडि परे पनि लड्ने कुरामा कहिल्यै पछि पर्दैनन् । िवधार्थी, नेता, खेलाडि, कलाकार, पत्रकार या होस अलपत्रकार सवै लड्ने कुरामा सँधै एक कदम अगाडि हुन्छन् – गोल्डस्टार जुत्ताको कमाल झै ।  कलाकारहरू आन्दोलनमा छन-मतलव कुस्ती खेल्न सिंगौरी खेल्दैछन् । एता वाईसीएल र पत्रकारको झडपको कुरा सेलाएकै छैन उता रंगशालामा खेलाडीहरूले पन्ध्र असार मनाएछन् । फूटवल हान्ला भन्दा मान्छे हानाहान गरेछन् । हुनत ठीकै हो एउटा फूटवल कति जनाले हान्ने ? ११-११ जनाको टीममा जावो एउटा फूटवल उस्तै परे छुनै पाईंदैन । वरू फूटवलको सट्टामा मान्छे हान्ने हो भने १-१ जना त हुन्छ ।  काठमाडौमा सन्चालन भैरहेको शहीद स्मारक रेडबुल ए डिजिभन लिग फुटबल प्रतियोगिता चलिरहँदा दशरथ रंगशालामा झडप भयो । रेडवुल ए िडभिजन िलग अरे कस्तो नाम पनि त्यसै जोस आउने । विदेशतिर थकाई लाग्दा रेडवुल पिएर काम गरिन्छ । भन्छन त्यसले शरीरमा फुर्ती आउँछ । नामै शहीद स्मारक रेडवुल ए िडभिजन िलग भएर होकि के हो खेलाडीलाई वढी फुर्ती आएर भकुन्डो नपाएको झोंकमा मान्छे हानेको? मध्यपुर युथ क्लवलाई पेनाल्टी हान्न नदिएको भन्दै समर्थक तोफफोडमा उत्रिएका कारण दशरथ रंगशाला तनावग्रस्त बन्यो । यसक्रममा प्रहरी र मध्यपुर युथ एसोसियसनका समर्थकबीच झडप भएको थियो । झडपका कारण बुधबार हुने दोस्रो खेलसमेत प्रभावित बन्यो । निर्धारित समय भन्दा ढिला सुरु भएको एनआरटी र मच्छिन्द्रबीचको खेल बराबरीमा सकियो । यस अघि भएको पहिलो खेलमा हिमालयन शेर्पा विजयी भयो । हिमालयन शेर्पासँग १ शून्य गोल अन्तरले पराजित भएको मध्यपुर युथ एशोसियसन रेलिगेशनमा परेको छ ।

जनवरी 25, 2013 at 1:05 बिहान टिप्पणी छोड्नुहोस्

नेपाल सरकारलाई वेलायती लोप्पा

युद्ध अपराधको अभियोगमा करीव एक महिना अगाडि बेलायत भ्रमणको वेला वेलायतमै पक्राउ परी वेलायतमै थुनामा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल सरकारले धरौटीमा छुटाउन गरेको प्रयासलाई वेलायती सरकारले लोप्पा ख्वाईदिएको छ । जसले गर्दा लामाले अझै पाँच महिना थुनामै विताउनु पर्ने भएका छन् । नेपाल सरकारको प्रयासलाई टेरपुछर नलाएपछि भने अब कर्णेल लामा आगामी ०७० साल जेठ मसान्तसम्म बेलायतमै थुनिने पक्का भएका छन् । बिहीवार लण्डन अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अर्को सुनुवाइको मिति आगामी जून ५ तारिख (वि.स.०७० साल जेठ २२) का लागि तोकेको अन्तराष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । तर, दुई व्यक्तिमाथिको यातनासम्बन्धी अभियोग खेपिरहेका लामाको अर्को सुनुवाइ जून ५ मा तोकिए पनि अन्तिम फैसलाका लागि उनले थप केही हप्ता कुर्नुपर्ने वताईएको छ । नेपाल सरकारले लामाको गिरफ्तारीलाई नेपालको सार्वभौमिकतामाथिको आक्रमण बताउँदै निन्दा गरेको छ । नेपाल सरकारले लामाको रिहाइका लागि बेलायत सरकारसँग लिखित आग्रहसमेत गरिसकेको छ । साथै उनलाई धरौटीमा छुटाउन आवश्यक रकमको व्यवस्था गर्ने तथा लामाका तर्फबाट वकिलको खर्चसमेत नेपाल सरकारले व्यहोर्ने निर्णय यसअघि नै गरिसकेको छ । तर नेपाल सरकारको कुरा वेलायत सरकारले कानमा तेल हालेर सुनेकोनसुन्यै गरेपछि नेपाल सरकार पनि अलमल्लमा परेको छ ।

जनवरी 25, 2013 at 12:18 बिहान टिप्पणी छोड्नुहोस्

जापानमा नेपाली भाषा र संस्कृति सहितको स्कुल खुल्दै

टाेकियाे-यतिखेर जापानको नेपाली समाजमा निकट भविष्यमै टोकियोमा खुल्न गईरहेको “जापानमा नेपाली भाषा र संस्कृति सहितको अन्तराष्ट्रीय स्कूल”को िवषयमा निकै चर्चा परिचर्चा चल्न थालेको छ । कतिपय अभिभावकहरू त स्कूल खुल्न लागेको स्थानतिर नै वसाई सर्ने सुरसार कसिसकेका छन् भने कतिपय अभिभावकहरू भने अझै निर्णय गरिनसकेको कुरा सुनाउँछन् । वास्तवमा विभिन्न पेशा तथा व्यवसायले वालवच्चाहरू सहित जापानमा वस्दै गरेका नेपालीहरूको लागि यो अति नै खुशीको कुरा हो । रोजीरोटीको िशलशिलामा अभिभावकहरू जापानमा रहेर पनि आफ्ना छोराछोरीहरूलाई नेपालकै स्कूलहरूमा पढाउन वाध्य थिए अहिलेसम्म । अव भने भविष्यमा वालवच्चाको िशक्षाको विषयलाई िलएर अभिभावकले गहिरो चिन्तन मनन गर्न नपर्ने भएको छ । ’cause जापानमा खुल्न लागेको स्कुल नेपाली भाषा सहितको नितान्तै नेपाली संस्कृति र नेपालको विधालयको पाठ्यक्रमलाई मध्यनजर गरेर तयार पारिएको पाठ्यक्रम अनुसार पढाई हुने जनाएको छ । त्यसो त स्कुलमा जापानी भाषाको पनि पढाई हुनेछ जस्ले गर्दा विधार्थीलाई नेपाली तथा जापानी भाषामा समेत पोख्त वनाई दुवै देशको संस्कृति र परम्पराको झान हुने कुरा सम्वन्धित निकायले जनाएको छ ।

जनवरी 24, 2013 at 11:31 अपराह्न टिप्पणी छोड्नुहोस्

पूर्व राजा शाहालाई देशको चिन्ता

मुलुकको बिग्रँदो अवस्थासँगसँगै पूर्वराजा झानेन्द्रले फेरि एकपटक मुख खोलेका छन् । कुराकानीको क्रममा िदनानुदिन विग्रँदै गईरहेको नेपालको अहिलेको अवस्थाप्रति आफू अति चिन्तित हुँदै गएको कुरा वताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित घरमा बुधबार साँझ एकजना पत्रकारसँग लामो कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।
कमल थापाका छोरा सुवास थापाको विवाहको भोज खान थापा निवास पुगेका पूर्वराजा शाहले पत्रकार युवराज घिमिरेसँग निकै लामो कुराकानी गरेका िथए ।
मुलुकलाई बिगारेर यो अवस्थासम्म पुर्‍याउन विदेशीहरुले निकै ठूलो कसरत गरेको र अब मुलुकलाई सुधार्न योभन्दा बढ्ता मेहनत गर्नुपर्ने पूर्वराजाको भनाइ रहेको स्रोत बताउँछ ।

जनवरी 24, 2013 at 7:40 अपराह्न टिप्पणी छोड्नुहोस्

दैलेखमा झडप, ६ जना घाईते

“िनहु खोजेको, आँखा घोचेको” भने झैं पत्रकार डेकेन्द्रको हत्या विषयले दुई पक्षवीच चर्किएको आपसी द्वन्द आखिर झडपमा परिवर्तन भएरै छाड्यो । भित्रभित्रै सल्केको आागोमा िघऊ थप्ने काम माओवादी कार्यकर्ताले नै गरे । माओवादी कार्यकर्ताले दैलेखस्थित “हाम्रो तेस्रो आँखा” दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरेपछि घट्नाले उग्ररूप लिएको िथयो । आक्रमणकारीहरूले कार्यालयमा आगजनी गर्न खोजे पछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका िथए । भीडन्तमा ६ जना घाइते भएका छन् । खासमा भएछ के भने-माओवादी र विपक्षी दुवैले बुधबार दैलेख सदरमुकाममा आमसभाको कार्यक्रम राखेका रहेछन् । यसले दुवैपक्ष को भन्दा को कम भन्ने मनोभावना वोकेको कुरा प्रष्टै हुन्छ । सत्तापक्ष र प्रतिपक्षीहरुबीच झडप हुनसक्ने देखेपछि प्रहरी प्रशासनले सुर्खेतबाट ठूलो संख्यामा सशस्त्र प्रहरी दैलख खटाईएको िथयो । माओवादी पनि के कम र ? उसले पनि २२ ट्रक वाइसिएल त्यहाँ उतारीहाले । बुधबार प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख आउने कार्यक्रम थियो । पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई बचाउन खोज्ने प्रधानमन्त्रीलाई दैलेख जिल्लामा प्रवेश गर्न नदिने भन्दै कांग्रेस, एमाले, माले, जनमोर्चा, राप्रपा, राजपा लगायतका दलहरुले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका िथए । आफ्नो आन्दोलनमा कसैगरी साथ नदिएका जनताले डेकेन्द्र हत्यकान्डलाई हतियार वनाएर जनतालाई आफ्नो कुर्सीमोहको आन्दोलनमा समर्थन जुटाउने यो भन्दा सुनौलो अवसर पनि प्रतिपक्षीहरूको लागि अरू के नै हुने भयो र? आखिर िदए जनताले साथ अनि शुरू भो भाईभाईको लडाँई । आिखर यस्तो क्रियाकलापले फाईदा त पक्कै नहोला । तेस्रो पक्षले भने यस्तो वेलामा फाईदा उठाउन सक्छन सवैलाई चेतना भया ।

जनवरी 24, 2013 at 3:46 अपराह्न टिप्पणी छोड्नुहोस्

आज पनि हिउँ पर्ने रे

अस्ति परेको हिउँ पग्लिन पाएको छैन आज फेरि हिउँ पर्ने सूचना जापानी मौसम विभागले िदएको छ । यसै वर्ष परेको भारी हिउँले गर्दा टोकियोको जनजीवन प्रभावित भएको िथयो । आज वेलुकीवाट भोलि विहानसम्म पर्न सक्ने हिउँले फेरि टोकियोको जनजीवनमा कत्तिको प्रभाव पार्ने हो त्यो भने हेर्न वाँकी नै छ ।

जनवरी 21, 2013 at 11:25 बिहान टिप्पणी छोड्नुहोस्

खतरा छ र नेपाल?

आज घरवेटी वुढाले फेरि नेपालको नयाँ समाचार सुनायो । के-के नै होला भनें उही नराम्रो समाचार- नेपालमा वस दुर्घटना । म वरू नेपालको सूचना तथा समाचारहरूवाट अनभिझ हुँला तर उसलाई भने सव कुरा थाहा छ । उसले वताउँदै िथयो-१० जनाको घटनास्थलमै मृत्यु, थप १५ जना घाईते । वस सडकवाट २०० मीटर तल खसेको अरे । कति धेरै दुर्घटना हुन्छ नेपालमा? उसले सजिलै भन्छ नेपालमा त खतरा छ नि? हुन पनि हो नेपालमा खतरा छ । एउटा मात्र कुरो होईन हरेक कुरा खतरा छ । नेपालमा वाटोघाटोको अवस्था खतरा छ । अरू त के कुरा गर्नु सरकार नै खतरामा छ । जागिर खतरामा छ, व्यवसाय खतरामा छ । आखिर गर्ने के त?

जनवरी 20, 2013 at 10:44 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियोमा आज यो वर्षको पहिलो हिउँ

20130115-002228.jpgसोमवार टोकियोमा यो वर्षको पहिलोपटक वाक्लो हिउँ परेर जनजीवन निकै प्रभावित पारेको थियो । वाक्लो हिउँ परेपछि टोकियो र ’roundका क्षेत्रहरूमा ट्रेन लाईनहरू पनि निकै प्रभावित वन्न पुगेको थियो । त्यसैगरी सवारी साधनहरूको चाप पनि निकै पातलिएको िथयो । सवारी साधनहरूको गति निकै कम िथयो भने कतिपय सवारी साधनहरूको पान्ग्रामा चेन लगाएर चलाएका थिए । सिवुया, सिन्जुकु लगायतका ठाउँहरूमा पैदलयात्रीहरूलाई हिड्न पनि निकै अप्ठेरो पारेको थियो । ट्रेन साविक वंोमोजिमको समय अनुसार नचल्नु तथा केही समयको लागि सेवा वन्द हुनाले कतिपय कामदारहरू काममा पनि जान सकेनन् । कतिपयलाई भने काममा विदा वस्ने वहाना वनाउन पनि सजिलो भएको थियो । हिमालै हिमालको देश नेपालवाट जापान आएपनि जीवनमा पहिलो पट्क हिउँ परेको देखेर निकै खुशी लागेको कुरा व्यक्त गरे टोकियोमा वस्दै आएका दिलिप मगरले । (धेरै…)

जनवरी 14, 2013 at 11:46 बिहान टिप्पणी छोड्नुहोस्

नयाँ वर्ष सकिए लगतै टोकियोमा मानिसहरूको चाप वढ्दो

20130103-005653.jpgनयाँ वर्ष सकिए लगतै टोकियोमा मानिसहरूको चाप विस्तारै वढ्न थालेको छ । हिजो र अस्ति सुतेपनि हुनेजसरी सिट खाली भएको ट्रेन आज ट्रेनमा उिभनेहरू पनि प्रशस्तै छन् । टोकियोको मुख्य सवारी साधनको रूपमा स्थापित ट्रेनमा साधरणतय उभिने ठाउँ पाउन पनि हम्मेहम्मे पर्दछ । त्यसो त टोकियोवाट वाहिर गएका मानिसहरू हिजोको आजै टोकियो फर्केका भने होईनन् । टोकियोवाट वाहिरिएका यहाँका स्थायी मानिसहरू फर्कनलाई भने अझै केही दिन लाग्छ । िवशेषत: टोकियो भन्दा वाहिरवाट नयाँ वर्षको अवसर पारेर टोकियो घुम्न आउनेहरूको जमात हो यो । प्रत्येक वर्ष नयाँ वर्षको २,३ र ४ गते टोकियोभन्दा वाहिरका पर्यटकहरूले टोकियोको न्यस्रोपनलाई केही हदसम्म हटाउँदछ । घुम्ने र मीठो खानाका शौिखन जापानिजहरू नयाँ वर्षको अवसरमा टोकियो घुम्न आउँदा यहाँको नाम चलेको प्रख्यात रेष्टुरेन्ट र होटलहरूमा वसी खाना खाने धोको राख्छन् । नागोयावाट वच्चाहरू लिएर टोकियो घुम्न आएका आकिको हासीमोतो अहिले टोकियोको प्रख्यात होटलमा वसेकी िछन् । यो पटकको नयाँ वर्षको अवसरमा टोकियो घुम्ने योजना उनले एक वर्ष अगाडि देखि नै वुनेकी हुन् । आज र भोलि टोिकयोको मुख्य-मुख्य ठाउँहरू घुमेर पर्सी मात्रै नागोया फर्किने योजनामा िछन् । (धेरै…)

जनवरी 2, 2013 at 4:44 अपराह्न टिप्पणी छोड्नुहोस्

नयाँ वर्षको विहान सिवुयामा फोहरको थुप्रो

20130101-111246.jpg२०१३ सालको १ तारीक िवहान ४:४५ वजेतिर िसवुया स्टेशन ’round छरपस्ट भएको फोहोरले नेपालको याद दिलायो ।

जनवरी 1, 2013 at 11:12 बिहान टिप्पणी छोड्नुहोस्

नयाँ वर्षको शुभकामना

imageनयाँँ वर्षको शुभकामना ।

जनवरी 1, 2013 at 10:00 बिहान टिप्पणी छोड्नुहोस्

गोफ्ले र राष्ट्रपतिको म्याद उस्तै-उस्तै

imageगाउँको मुखियाले गोफ्लेलाई हपार्दै भने – “लगेको रीन कहिलेसम्म तिर्छस् त गोफ्ले ?” नाकको टुप्पोवाट तल झर्ला-झर्ला जस्तो गरेर चस्मा लगाएका मुिखयाले चस्माको मािथल्लो भागवाट तेर्सो अाँखाले गोफ्लेलाई हेर्दै कड्िकएर भन्यो – “अघिल्लो महिना जसरी भए पनि तिर्छु मुिखया वा भनेर त्यै मुखले भन्थिस् तर िदएको भाकामा तिर्न सकिनस् अव तैं भन कहिलेसम्म हिसाव मिलान गर्छस् त गोफ्ले ?” गोफ्लेको अनुहार के भन्ने के नभन्ने त्यसैत्यसै रातोपिरो भएर आयो । गोफ्लेलाई आफू गरीव हुनु अनि त्यसैको कारण आफूले वोलेको कवोल पुरा गर्न नसक्दा साह्रै िखन्नता वोध भयो । तैपनि उसले भएभरको साहस वटुलेर भन्यो-“हुन्छ मुखिया वा म घर सल्लाह गरेर सकेसम्म चाँडो मिलाउँछु एक पटकलाई मौका दिनुस् ।” हुनत मुिखयाले यसभन्दा अघि पनि थुप्रै पटक मौका नदिएको भने होईन तर विचरा गोफ्लेले के गरोस् घर व्यावहारले शिर ठाडो पार्न नसकेपछि … जव भाका नाघेर जान्छ अनि गोफ्लेले उही कुरो दोहोर्याउन वाध्य हुन्छ – “घर सल्लाह मिलेन, अर्को भाका दिनु पर्यो ।” (धेरै…)

जनवरी 1, 2013 at 6:38 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

जनवरी 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031