गोफ्ले र राष्ट्रपतिको म्याद उस्तै-उस्तै
जनवरी 1, 2013 at 6:38 बिहान टिप्पणी छोड्नुहोस्
गाउँको मुखियाले गोफ्लेलाई हपार्दै भने – “लगेको रीन कहिलेसम्म तिर्छस् त गोफ्ले ?” नाकको टुप्पोवाट तल झर्ला-झर्ला जस्तो गरेर चस्मा लगाएका मुिखयाले चस्माको मािथल्लो भागवाट तेर्सो अाँखाले गोफ्लेलाई हेर्दै कड्िकएर भन्यो – “अघिल्लो महिना जसरी भए पनि तिर्छु मुिखया वा भनेर त्यै मुखले भन्थिस् तर िदएको भाकामा तिर्न सकिनस् अव तैं भन कहिलेसम्म हिसाव मिलान गर्छस् त गोफ्ले ?” गोफ्लेको अनुहार के भन्ने के नभन्ने त्यसैत्यसै रातोपिरो भएर आयो । गोफ्लेलाई आफू गरीव हुनु अनि त्यसैको कारण आफूले वोलेको कवोल पुरा गर्न नसक्दा साह्रै िखन्नता वोध भयो । तैपनि उसले भएभरको साहस वटुलेर भन्यो-“हुन्छ मुखिया वा म घर सल्लाह गरेर सकेसम्म चाँडो मिलाउँछु एक पटकलाई मौका दिनुस् ।” हुनत मुिखयाले यसभन्दा अघि पनि थुप्रै पटक मौका नदिएको भने होईन तर विचरा गोफ्लेले के गरोस् घर व्यावहारले शिर ठाडो पार्न नसकेपछि … जव भाका नाघेर जान्छ अनि गोफ्लेले उही कुरो दोहोर्याउन वाध्य हुन्छ – “घर सल्लाह मिलेन, अर्को भाका दिनु पर्यो ।” यो हाम्रो नेपाली ग्रामीण परिवेशमा मनग्गे देख्न र सुन्न पाईने घटना र सम्वाद हो । तर यस्तो म्याद थप्ने र म्याद नाघ््ने कुरा अहिले नेपाली राजनीतिमा ठ्याक्कै मेल खान पुगेको छ । नयाँ सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दलहरूलाई थुप्रै पटक म्याद दिएर पनि दलहरू आपसी िखचातानी अनि प्रधानमन्त्री कसको पार्टीवाट र को हुने भन्ने वादविवाद र आपसी खुट्टा तानातानले गर्दा सहमतिमा आउन सकेका छैनन् । नेताहरूको सत्ता लोभ र पद लोलुपताले गर्दा सहमतिको सरकार वनाउनु भनेको केटाकेटीको खेल झैं भै राखेको छ । गोफ्लेको घर सल्लाह नमिले झैं दलहरूको आपसी सल्लाह नमिल्दा देशले लामो प्रसव िपडा भोग्नुपरेको कुरा दिनको घाम झैं छर्लंग भैसकेको छ । गोफ्लेको गरीवीको कारणले नमिलेको घर सल्लाह र राजनैतिक दलहरूको आपसी िखचातानीले हुन नसकेको आपसी समझदारी केही हद र परिस्थितिमा अलग-अलग कुरा होलान तर दिइएको समयसीमासम्म कवोल गरिएको कुरा (वाचा) पुरा गर्न नसकि पटक-पटक म्याद थप गर्ने तरीका भने ठ्याक्कै मेल खान्छ । फरक यति हो कि कवोल पुरा गर्न नसक्दा गोफ्लेलाई िखन्नता वोध हुन्छ, क्षमा याचना गर्न जानेको छ, तर राजनैतिक दलका नेताहरू नत क्षामा प्रकट नै गर्छन न त हिनतावोध नै । उल्टै दोषजति अरूको टाउकोमाथि थोपरेर आफू भने पानी माथिको ओवानो वन्न खोज्दछन् । एक पटक होईन, दुई पटक होईन, जतिपटक म्याद तोकेपनि मेलमिलाप हुन सकेको छैन र त्यति सजिलै सक्दैन पनि । देशको ठूलो पार्टी भनाउँदाहरू एकले अर्कालाई दोष लगाउनमै भ्याईनभ्यई छ । एमाओवादी- काँग्रेसले गर्दा कुरो मिल्न सकेन भनेर भन्छ । उता काँग्रेस फेरी – एमाओवादीले सत्ता कव्जा गर्ने रणनीति खेल्यो भनेर भन्छ । आखिर हलो कहाँनिर गएर अड्केको छ भेउ पाउन त्यति सजिलो छैन । नाम मात्रको प्रधानमन्त्री विचरा ववुरो वावुराम जनताको घरमा वास खोज्न वाहेक न अरू केही गर्न सक्छन न राष्ट्रपतिले म्याद थप्नु भन्दा अरू केही लछार्न न नै सक्छन । प्रचण्ड छउन्जेल एमाओवादीमा अरू कसैले दम निकाल्न सक्ने स्थिति पनि छैन भने प्रचण्ड सकेसम्म घुमाई फिराई प्रधानमन्त्रीको कुर्सी आफ्नै पोल्टामा पार्ने यदि त्यसो हुन नसके पनि आफ्नै पार्टीभन्दा वाहिर प्रधानमन्त्रीको कुर्सी नजाओस भन्ने चाहन्छन । अन्य मुख्य दल भनाउँदाहरू आफ्नो पार्टीले प्रधानमन्त्री पाए सहमतीय सरकारमा जाने नत्र समर्थन नगर्ने भन्ने जस्ता अत्यन्तै स्वर्थी र मेरो गोरूको वाह्रै टक्का भन्नेजस्ता लिंडे ढिपी नछाड्ने हो भने जति पट्क म्याद थपेपनि त्यसको कुनै औचित्य छैन । त्यसो त मुिखयाको भूमिका निभाउन सफल राष्ट्रपति पनि सहमति नभए खुरूखुरू म्याद थप्नु भन्दा अरू केही लछछारपाटो लाउनसक्ने स्थितिमा छैनन् । म नै राष्ट्रको पति, राष्ट्रपति हँु भनेर ठाडो आदेश िदंदा पनि दलहरूले सहमतिको नाममा सिन्को नभाँचेपछि राष्ट्रपतिलाई किन मरिस मरिच आफ्नै रागले भने झैं भएको छ । भारतको भ्रमणमा जानुअघि राष्ट्रपतिले-“म फर्केर आउँदा सम्म सहमति हुनुपर्छ नि” भनेर िदमाग ठन्डा वनाउन भारत भ्रमणमा निस्केका राष्ट्रपति आफू फर्केर आउँदासम्म पनि दलहरूले माखो नमारेको देखेपछि तीन छक मात्र खाएनन् वरू अर्को म्याद थप्न वाध्य भए । सिंगो राष्ट्र अनिर्णयको वन्दी भैरहेको वेला राष्ट्रपति भारत भ्रमणमा जानु, प्रचन्ड जीवन संगीनीका साथ थाईल्यान्डतिर शयर गर्न हिड्नु जस्ता क्रियाकलापले देशको वारेमा यी ठूला नेता भनाउँदाहरूलाई पटक्कै चिन्ता छैन भन्ने कुरा प्रष्ट पारेको छ । नेताहरूलाई आफू खान पाए पुग्यो, आफू घुम्नपाए पुग्यो, आफूलाई सुरक्षा भयो पुग्यो जनता जे गरून जसो गरून के मतलव?सीधा सोझा जनतालाई कुनै क्षेत्रवाट पनि राहत छैन देशमा अहिले । देशमा न त शान्ति सुरक्षा छ, न नियम कानून नै । दिन दहाडै वैंक लुटिन्छ त्यही पनि वैंककै कर्मचारीवाट । महिलाको हत्या हुन्छ, जीउँदै शरीरमा आगो लगाइन्छ त्यही पनि आफ्नै पतिद्वारा । वजार भाउ त वढेकौ वढेकै छ । कसलाई कतिवेला ठग्न पाईन्छ र छिर्के हानौंला भनेर कुरेर वसिराखेका छन् सरकारी कार्यलयका दलालहरू । रेमिटेन्सले देश धानेकै छ । सवै युवाहरू विदेिशएकाले गाउँघर शुन्य छ त्यसले के फरक पर्छ र राजधानीमा रमाउने नेताहरूलाई ? कहिल्यै गाउँ जान पर्ने होईन क्यारे । कतै चुनाव भैहाले भने गाउँ जान पर्ला भनेर कुनै हालतमा चुनाव गराउनु हुँदैन भनेर लागिपरेका छन् एकाथरी नेताहरू । िवदेशमा वस्ने हामी नेपालीहरूलाई हामी नेपाली भनेर परिचय िदन लाज लाग्छ आजभोलि । तर कहिलै नलाग्ने भो घुस्याहा नेताहरूको घैंटामा घाम । यो नयाँ वर्षले नेताको घैंटामा घाम लागोस्, सहमतिको लागि वुध्दी िफरोस, देशले चाँडो निकासा पाओस् यही नै भो नयाँ सालको शुभकामना ।।।
Entry filed under: िवचार.
Trackback this post | Subscribe to the comments via RSS Feed