नयाँ वर्ष सकिए लगतै टोकियोमा मानिसहरूको चाप वढ्दो

जनवरी 2, 2013 at 4:44 अपराह्न टिप्पणी छोड्नुहोस्

20130103-005653.jpgनयाँ वर्ष सकिए लगतै टोकियोमा मानिसहरूको चाप विस्तारै वढ्न थालेको छ । हिजो र अस्ति सुतेपनि हुनेजसरी सिट खाली भएको ट्रेन आज ट्रेनमा उिभनेहरू पनि प्रशस्तै छन् । टोकियोको मुख्य सवारी साधनको रूपमा स्थापित ट्रेनमा साधरणतय उभिने ठाउँ पाउन पनि हम्मेहम्मे पर्दछ । त्यसो त टोकियोवाट वाहिर गएका मानिसहरू हिजोको आजै टोकियो फर्केका भने होईनन् । टोकियोवाट वाहिरिएका यहाँका स्थायी मानिसहरू फर्कनलाई भने अझै केही दिन लाग्छ । िवशेषत: टोकियो भन्दा वाहिरवाट नयाँ वर्षको अवसर पारेर टोकियो घुम्न आउनेहरूको जमात हो यो । प्रत्येक वर्ष नयाँ वर्षको २,३ र ४ गते टोकियोभन्दा वाहिरका पर्यटकहरूले टोकियोको न्यस्रोपनलाई केही हदसम्म हटाउँदछ । घुम्ने र मीठो खानाका शौिखन जापानिजहरू नयाँ वर्षको अवसरमा टोकियो घुम्न आउँदा यहाँको नाम चलेको प्रख्यात रेष्टुरेन्ट र होटलहरूमा वसी खाना खाने धोको राख्छन् । नागोयावाट वच्चाहरू लिएर टोकियो घुम्न आएका आकिको हासीमोतो अहिले टोकियोको प्रख्यात होटलमा वसेकी िछन् । यो पटकको नयाँ वर्षको अवसरमा टोकियो घुम्ने योजना उनले एक वर्ष अगाडि देखि नै वुनेकी हुन् । आज र भोलि टोिकयोको मुख्य-मुख्य ठाउँहरू घुमेर पर्सी मात्रै नागोया फर्किने योजनामा िछन् । यतिवेला टोकियोको नाम चलेका होटल तथा रेष्टुरेन्टहरूमा ग्राहकको घुईचोले चटारो छ । त्यस्ता रेष्टुरेन्टहरूमा अरूवेला भन्दा सातौं गुना वढीले व्यापार हुने गर्दछ । तर अन्य सानातिना व्यवसाय भने यतिवेला प्राय वन्द नै हुने गर्दछ । यो तलको फोटो सँधै म काममा जाँदा कफी र केही खाजा किन्ने पसल हो जुन ट्रेन स्टेशन िभत्र छ-अहिले नयाँ वर्षले गर्दा वन्द भएको छ । 20130103-005433.jpg

Entry filed under: वर्गविहीन.

नयाँ वर्षको विहान सिवुयामा फोहरको थुप्रो टोकियोमा आज यो वर्षको पहिलो हिउँ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जनवरी 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031  

%d bloggers like this: