जापानमा नेपाली भाषा र संस्कृति सहितको स्कुल खुल्दै
जनवरी 24, 2013 at 11:31 अपराह्न टिप्पणी छोड्नुहोस्
टाेकियाे-यतिखेर जापानको नेपाली समाजमा निकट भविष्यमै टोकियोमा खुल्न गईरहेको “जापानमा नेपाली भाषा र संस्कृति सहितको अन्तराष्ट्रीय स्कूल”को िवषयमा निकै चर्चा परिचर्चा चल्न थालेको छ । कतिपय अभिभावकहरू त स्कूल खुल्न लागेको स्थानतिर नै वसाई सर्ने सुरसार कसिसकेका छन् भने कतिपय अभिभावकहरू भने अझै निर्णय गरिनसकेको कुरा सुनाउँछन् । वास्तवमा विभिन्न पेशा तथा व्यवसायले वालवच्चाहरू सहित जापानमा वस्दै गरेका नेपालीहरूको लागि यो अति नै खुशीको कुरा हो । रोजीरोटीको िशलशिलामा अभिभावकहरू जापानमा रहेर पनि आफ्ना छोराछोरीहरूलाई नेपालकै स्कूलहरूमा पढाउन वाध्य थिए अहिलेसम्म । अव भने भविष्यमा वालवच्चाको िशक्षाको विषयलाई िलएर अभिभावकले गहिरो चिन्तन मनन गर्न नपर्ने भएको छ । ’cause जापानमा खुल्न लागेको स्कुल नेपाली भाषा सहितको नितान्तै नेपाली संस्कृति र नेपालको विधालयको पाठ्यक्रमलाई मध्यनजर गरेर तयार पारिएको पाठ्यक्रम अनुसार पढाई हुने जनाएको छ । त्यसो त स्कुलमा जापानी भाषाको पनि पढाई हुनेछ जस्ले गर्दा विधार्थीलाई नेपाली तथा जापानी भाषामा समेत पोख्त वनाई दुवै देशको संस्कृति र परम्पराको झान हुने कुरा सम्वन्धित निकायले जनाएको छ ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed