दैलेखमा झडप, ६ जना घाईते
जनवरी 24, 2013 at 3:46 अपराह्न टिप्पणी छोड्नुहोस्
“िनहु खोजेको, आँखा घोचेको” भने झैं पत्रकार डेकेन्द्रको हत्या विषयले दुई पक्षवीच चर्किएको आपसी द्वन्द आखिर झडपमा परिवर्तन भएरै छाड्यो । भित्रभित्रै सल्केको आागोमा िघऊ थप्ने काम माओवादी कार्यकर्ताले नै गरे । माओवादी कार्यकर्ताले दैलेखस्थित “हाम्रो तेस्रो आँखा” दैनिक पत्रिकाको कार्यालयमा तोडफोड गरेपछि घट्नाले उग्ररूप लिएको िथयो । आक्रमणकारीहरूले कार्यालयमा आगजनी गर्न खोजे पछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका िथए । भीडन्तमा ६ जना घाइते भएका छन् । खासमा भएछ के भने-माओवादी र विपक्षी दुवैले बुधबार दैलेख सदरमुकाममा आमसभाको कार्यक्रम राखेका रहेछन् । यसले दुवैपक्ष को भन्दा को कम भन्ने मनोभावना वोकेको कुरा प्रष्टै हुन्छ । सत्तापक्ष र प्रतिपक्षीहरुबीच झडप हुनसक्ने देखेपछि प्रहरी प्रशासनले सुर्खेतबाट ठूलो संख्यामा सशस्त्र प्रहरी दैलख खटाईएको िथयो । माओवादी पनि के कम र ? उसले पनि २२ ट्रक वाइसिएल त्यहाँ उतारीहाले । बुधबार प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख आउने कार्यक्रम थियो । पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई बचाउन खोज्ने प्रधानमन्त्रीलाई दैलेख जिल्लामा प्रवेश गर्न नदिने भन्दै कांग्रेस, एमाले, माले, जनमोर्चा, राप्रपा, राजपा लगायतका दलहरुले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका िथए । आफ्नो आन्दोलनमा कसैगरी साथ नदिएका जनताले डेकेन्द्र हत्यकान्डलाई हतियार वनाएर जनतालाई आफ्नो कुर्सीमोहको आन्दोलनमा समर्थन जुटाउने यो भन्दा सुनौलो अवसर पनि प्रतिपक्षीहरूको लागि अरू के नै हुने भयो र? आखिर िदए जनताले साथ अनि शुरू भो भाईभाईको लडाँई । आिखर यस्तो क्रियाकलापले फाईदा त पक्कै नहोला । तेस्रो पक्षले भने यस्तो वेलामा फाईदा उठाउन सक्छन सवैलाई चेतना भया ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed