किमोनोमा सजिन थाले नेपाली कलाकार
जनवरी 25, 2013 at 10:34 बिहान टिप्पणी छोड्नुहोस्
टोकियो–शरीरमा टम्म परेको जापानी परम्परागत पोशाक किमोनो लगाएका अनि अनुहार मेकअप गरेर रवरे गुडिया झै वनाएका जापानी युवतीहरू देख्दै औधी राम्रा हुन्छन् । त्यसो त अव जापानिजहरू मात्र होईन नेपाली कलाकारहरू पनि जापानी परम्परागत पोशाकमा सजिन थालेका छन् । यसै क्रममा नेपाली हट गायिका इन्दिरा जोशी जापानी परम्परागत पोशाक किमोनोमा देखिएकी छिन् । जापान भ्रमणको अवसरमा इन्दिरालाई त्यो पोशाक उपहार स्वरुप दिइएको उनले बताएकी छिन् । किमोनो लगाएर फोटो खिच्दै उनले ती फोटोहरु आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन्।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed