नेपाल सरकारलाई वेलायती लोप्पा

जनवरी 25, 2013 at 12:18 बिहान टिप्पणी छोड्नुहोस्

युद्ध अपराधको अभियोगमा करीव एक महिना अगाडि बेलायत भ्रमणको वेला वेलायतमै पक्राउ परी वेलायतमै थुनामा रहेका नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाल सरकारले धरौटीमा छुटाउन गरेको प्रयासलाई वेलायती सरकारले लोप्पा ख्वाईदिएको छ । जसले गर्दा लामाले अझै पाँच महिना थुनामै विताउनु पर्ने भएका छन् । नेपाल सरकारको प्रयासलाई टेरपुछर नलाएपछि भने अब कर्णेल लामा आगामी ०७० साल जेठ मसान्तसम्म बेलायतमै थुनिने पक्का भएका छन् । बिहीवार लण्डन अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अर्को सुनुवाइको मिति आगामी जून ५ तारिख (वि.स.०७० साल जेठ २२) का लागि तोकेको अन्तराष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । तर, दुई व्यक्तिमाथिको यातनासम्बन्धी अभियोग खेपिरहेका लामाको अर्को सुनुवाइ जून ५ मा तोकिए पनि अन्तिम फैसलाका लागि उनले थप केही हप्ता कुर्नुपर्ने वताईएको छ । नेपाल सरकारले लामाको गिरफ्तारीलाई नेपालको सार्वभौमिकतामाथिको आक्रमण बताउँदै निन्दा गरेको छ । नेपाल सरकारले लामाको रिहाइका लागि बेलायत सरकारसँग लिखित आग्रहसमेत गरिसकेको छ । साथै उनलाई धरौटीमा छुटाउन आवश्यक रकमको व्यवस्था गर्ने तथा लामाका तर्फबाट वकिलको खर्चसमेत नेपाल सरकारले व्यहोर्ने निर्णय यसअघि नै गरिसकेको छ । तर नेपाल सरकारको कुरा वेलायत सरकारले कानमा तेल हालेर सुनेकोनसुन्यै गरेपछि नेपाल सरकार पनि अलमल्लमा परेको छ ।

Entry filed under: वर्गविहीन.

जापानमा नेपाली भाषा र संस्कृति सहितको स्कुल खुल्दै फूटवल हान्ने खेलाडीले मान्छे हाने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

जनवरी 2013
सो मं बु बि शु
 123456
78910111213
14151617181920
21222324252627
28293031  

%d bloggers like this: