Archive for फ्रेवुअरी, 2013

ट्रेन र ट्रक जुध्दा १६ घाईते

टोकियो-जापानको ह्योगो केनमा मंगलवार अपरान्ह ४:०० वजेतिर ट्रेन र ट्रक जुध्दा १६ जना घाईते भएका छ्न् । ट्रेन चालकको अवस्था गम्भीर रहेको वताईएको छ । स्थानीय प्रहरीका अनुसार घाईतेहरूको संख्या थप वढ्नसक्ने जनाएको छ ।

फ्रेवुअरी 13, 2013 at 1:24 बिहान टिप्पणी छोड्नुहोस्

उत्तर कोरियामा कृतिम भूकम्प

आणविक हतियार परीक्षण गरेको आशंका

टोकियो–उत्तर कोरियामा आज विहान एक कृतिम भूकम्पको धक्का महशुस गरिएको छ । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेको कारण कृतिम भूकम्प गएको हुनसक्ने वताइएको छ । उत्तर कोरियाको किल्जु क्षेत्रमा आज विहान ११ वजेर ५८ मिनेट जाँदा ५.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको थियो ।

दक्षिण कोरियाका विदेश मन्त्रालयलका अधिकारीहरुका अनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकोले भूकम्प गएको हुनसक्ने वताएका छन् । दक्षिण कोरियाको राष्ट्रपति ली म्युंग बकले राष्ट्रिय सुरक्षा काउन्सिलको वैठक वोलाएका छन् । साथै सैनिकशक्तिलाई पनि तयारी अवस्थामा वस्न निर्देशन दिइएको जनाइएको छ ।
जापानको भूकम्प मापन विभागले पनि उक्त क्षेत्रमा भूकम्पको संकेत देखाएको छ तर उक्त भूकम्प कृतिम हुनसक्ने वताइएको छ । यस अघिका घटनाहरुलाई मध्यनजर गर्दा पनि यो भूकम्पको कारण उत्तर कोरियाको आणविक परीक्षणवाटै हुनसक्ने शंका गरिएको छ ।
स्मरण रहोस उत्तर कोरियाको आणविक परीक्षण गतिविधिले अमेरिका, जापान, चीन, दक्षिण कोरिया लगायतका देशहरुलाई टाउको दुखाईको विषय वनेको छ । ***

फ्रेवुअरी 12, 2013 at 6:51 अपराह्न टिप्पणी छोड्नुहोस्

१३ जना गायिकाहरू १ घन्टाभन्दा वढी लिफ्टमा थुनिए

नारा-जापानको नारा प्रिफेक्चरको खासिहारा वुन्का खाईकानमा आज अपरान्ह १२:४० वजेतिर १३ जना ओपेरा गायिकाहरू एक घन्टा भन्दा लामो सयसम्म एरेवेतामा थुनिएका थिए । जसको कारण उनीहरूको कार्यक्रम नै छुटन पुगेको थियो ।
हल संचालकका अनुसार गायिकाहरू लिफ्टको क्षमता भन्दा वढी भार लिफ्टमा चढेका िथए । लिफ्टको क्षमता ११ जनासम्मको रहेको लिफ्टमा १३ जना चढेपछि एक्कासी िलफ्ट दोस्रो र तेस्रो तलाको विचमा रोकिन पुगेको िथयो ।
आसाही टि. भी. का अनुसार िलफ्टवाट वाहिर निकालिएपछि गायिकाहरूको स्वस्थ्य परीक्षण गरिएको थियो ।

फ्रेवुअरी 12, 2013 at 1:12 बिहान टिप्पणी छोड्नुहोस्

साइकलयात्री दाहाल नेदरल्यान्ड पुगे

नेदरल्याण्ड-विश्व साइकलयात्री सौरव दाहाल आफ्नो साइकल यात्राको क्रममा हाल नेदरल्याण्ड पुगेका छन् । वेल्जियमस्थित ईयूका प्रतिनिधिसँग भेट गरेपछि उनी नेदरल्याण्डतिर लागेका हुन् । नेदरल्याण्ड पुगेका दाहालले डच पत्रकारहरुसँग भेट गरी आफ्नो अभियान’bout जानकारी गराउने  ईच्छा राखेका छन् । नेपाली दूतावास वेल्जियमको अनुरोधमा नेपाली कन्सुलेट नेदरल्याण्डले उनको कार्यक्रमवारे जानकारी गराउँदै नेदरल्याण्डका पत्रकारहरुलाई समाचार गरेको उनले वताए ।

वुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश लिएर २००७ देखि साइकल यात्रा अभियानमा लागेका हुन् । २०१२ को अगस्त १ देखि यूरोप यात्रामा निस्केका उनले अहिलेसम्म विभिन्न देशका उच्च निकायका व्यक्तिहरुसँग भेट गरी सगरमाथा र वुद्धको जन्मथलो लुम्विनीको प्रचार गर्दै आएका छन् ।
हाल दाहाललाई नेरल्याण्डमा माउन्ट एभरेष्ट रेष्टुरेन्टले सहयोग गरिरहेको छ । ***

फ्रेवुअरी 6, 2013 at 12:01 अपराह्न टिप्पणी छोड्नुहोस्

दुवइमा फेरि एक नेपालीको मृत्यु

लालवहादुर ढेंगा/दुवई・दुवईको एक कम्पनीमा कार्यरत कुलवहादुर मगर नाम गरेको एक नेपालीको गत जनवरी ३० तारिखका दिन रसिद हस्पिटलमा दुवाईमा मृत्यु भएको छ । मृतक सिमरा-४, वारा स्थायी घर भई हाल काठमाण्डौको एउटा म्यानपावर कम्पनीको पहलमा २०११ को मार्च ३० मा भारतको दिल्ली हुँदै दुवई पुगेका थिए ।

मृतकका साथी सन्तोष कुनवरका अनुसार कुलवहादुर मगरलाई गत २५ जवरीका दिन रसिद हस्पिटलमा भर्ना गरिएको थियो । सँधैजसो मुटु दुखेको छ भनेर सुनाउने साथमा रहेको साथीहरुको भनाई छ । तर अहिलेसम्म के कारणले मृत्यु भएको हो भनेर प्रष्ट भईसकेको छैन । (धेरै…)

फ्रेवुअरी 6, 2013 at 11:22 बिहान टिप्पणी छोड्नुहोस्

आफ्नै कार्यकर्ताको चित्त वुझाउन प्रचण्डलाई हम्मेहम्मे

काठमाडौं- हेटौंडामा जारी रहेको एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिहरूको चित्त वुझाउन हम्मे-हम्मे परिरहेको छ । आफूले प्रस्तुत गरेको प्रतिवेदन माथि आफ्नै पक्षका प्रतिनिधिहरुले भारी असन्तुष्टि जनाएपछि उनलाई समस्या परेको हो । प्रतिवेदनमाथी विचार व्यक्त गर्ने क्रममा मंगलबार ४० जना टोली प्रमुख मध्ये प्रचण्ड पक्षकै बढी थिए । तर उनीहरुले नै माओवादी सरकारमा रहेकै वेला भारतसंग गरिएको लगानी सम्बन्धी बिप्पा सम्झौता, सीमा सुरक्षा र सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टी व्यक्त गरेका थिए ।
बन्द सत्रमा रहेका प्रतिनिधिहरुले सरकारले गरेको बिप्पा सम्झौताप्रतिमात्रै असन्तुष्टी जनाएनन् सीमा विवाद’bout जनमत संग्रह गर्ने प्रचण्डको प्रस्तावले सिक्किमीकरण र फिजीकरणको बाटोमा लाने आशंका व्यक्त गरे । उनीहरुको असन्तुष्टी ’bout प्रकाश पार्दै नेता गोपाल किराँतीले भने, “केहि साथीहरुले सीमाना जस्तो विषयमा त्यसो गर्नु नहुने प्रस्ताव गर्नु भएकोले त्यस विषयमा थप छलफल हुने भएको छ।” साथै अबको अन्तर-विरोध अर्थात दुश्मनका रुपमा नेकपा एमाले र कांग्रेसलाई किटान गर्नु पर्ने अनि पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने बिषय प्रतिवेदनमा नसमेटिएको भन्दै प्रतिनिधिहरुले आलोचना गरेका थिए । बिप्पा सझौताको आलोचना सही हो भन्ने प्रश्नको जवाफमा बन्द सत्रमा सहभागी प्रतिनिधि दण्डपाणी पौडेलले भने, “सरकारको तर्फबाट बिप्पा सम्झौता ठिक हो भनिएको छ तर पार्टीको तर्फबाट विरोध भएकोले थप छलफल हुँदैछ।” सहभागी शालिग्राम जमरकट्टेलले आफु विरुद्ध आक्रमण गरेका अभियुक्तले समेत महधिवेसनमा भाग लिईरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

(धेरै…)

फ्रेवुअरी 6, 2013 at 3:21 बिहान टिप्पणी छोड्नुहोस्

भारतसँगको असमान सन्धिहरू खारेज हुनुपर्छ-नारायणकाजी

narayan kajiहेटौंडा-हेटौंडामा जारी एकीकृत माओवादीको सातौ महाधिवेशनको वन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनैतिक दस्तावेज र विधान मस्यौदाको विषयमा संयोजक स्वनाम साथीले पेश गरेको विधान मस्यौदामाथि तेश्रो दिनको पहिलो सत्रमा छलफल चलिरहेको जनाइएको छ । सोही क्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँगको असमान सन्धिहरुको खारेजीको माग गर्नुभएको छ । साथै श्रेष्ठले माओवादलाई टुंग्याईनुपर्ने र आगामी दिनमा जनवादीको केन्द्रीयतामा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
वन्दसत्रको तेश्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनको छलफलका लागि वनाइएका ६३ समुहले निकालेको सामुहिक निचोड प्रस्तुत गर्ने क्रम जारी छ । (धेरै…)

फ्रेवुअरी 5, 2013 at 7:38 अपराह्न टिप्पणी छोड्नुहोस्

तमु धीं जापानको पहलमा आर्थिक सहयोग

min tamuटोकियो-कास्की सिल्दुजुरे-३, स्थाई घर भई पोखरा उपमहानगरपालिका-१२ माटेपानी वस्नुहुने र हाल वैदेशिक रोजगारीको शिलशिलामा ४ वर्षअगाडि जापान आएका मनवहादुर तमु स्वास्थ्यमा खरावी आई हाल काम गर्न नसक्ने अवस्थामा भएको र नेपाल फर्कनको लागि पनि आर्थिक समस्या परेको अवस्थामा तमु धीं जापानको पहलमा आर्थिक सहयोग उपलव्ध गराईएको छ । कोषाध्यक्ष एवं समाजसेवी खङ्गसिंह तमुको अगुवाईमा जापानमा रहेका तमु दाजुभाई तथा दिदीवहिनीहरुबाट आर्थिक सहयोग संकलन गरी पिडित मनवहादुर तमुलाई नेपाल फर्कन सहयोग गरेको हो ।

(धेरै…)

फ्रेवुअरी 5, 2013 at 12:57 अपराह्न टिप्पणी छोड्नुहोस्

तामाङहरू पनि ल्होछार मनाउने तरखरमा

टोकियो–विगतका वर्षहरुमा झैं नेपाल तामाङ समाज जापानले तामाङ जातिको महान पर्व ल्होछार पर्व यस वर्ष पनि विभिन्न कार्यक्रम सहित मनाउने योजना गरेको जानकारी प्राप्त भएको छ । यस वर्षको २०४९ औं सोनाम ल्होछार (नयाँ वर्ष) को अवसरमा यही फेव्रुअरी ११ तारिख सोमवारको दिन टोकियोमा भव्यताका साथ ल्होछार कार्यक्रम मनाउने भएको छ ।

साँझको ५:३० वजेदेखि रात्री भोज सहित शुरु हुने उक्त कार्यक्रममा ल्होछारको शुभकामना आदान-प्रदान, विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको समाजका अध्यक्ष सुकुमान तामाङले जानकारी दिनुभयो ।
तामाङ समाज जापानका महासचिव हवलचन्द्र लामा तामाङद्वारा प्रकाशित विज्ञप्तिमा -यतिखेर नेपाल लगायत विश्वभरी रहेका तामाङ समुदायले मनाइरहेको ल्होछार पर्व काठमाण्डौमा पनि आउँदो हप्ता केही दिनको लागि लगातार विभिन्न खेलकूद प्रतियोगिता, मिस तामाङ प्रतियोगिता, सांगितिक कार्यक्रम साथै आमसभा, ल्होछार विशेषसभा गरी खुलामन्च टुडिखेलमा मनाउन लागिरहेको छ । तर्सथ जापनमा वसोवास गर्नु हुने सम्पूर्ण तामाङ दाजुभाई तथा दिदीवहिनीहरुलाई पनि ल्होछारको उपलक्ष्यमा टोकियोमा मनाउन लागिएको कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारी दिनु हुन नेपाल तामाङ समाज जापानले हार्दिक अनुरोध गर्दछ भनिएको छ ।
स्मरण रहोस् तामाङ, गुरुङ, शेर्पा, मगर लगायत विभिन्न आदिवासी जनजातिहरूले मनाउने पर्व ल्होछारलाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता प्रदान गरी गणतन्त्रको आगमनपश्चात सार्वजनिक विदाको दिन घोषणा गरिसकेको छ ।

फ्रेवुअरी 4, 2013 at 4:50 अपराह्न टिप्पणी छोड्नुहोस्

बलात्कारीलाइ खेारमा ठेगान

सोलुखुम्बु-सल्लेरी २ फाप्लु सोलुखुम्बुकी छ वषर्ीया बालिकालाई बलात्कार गर्ने दर्ुइ जनालाई कारागार चलान गरिएको छ ।
बालिका बलात्कार गर्ने फाप्लुकै १३ वषर्ीय मिलन तामाङ र निजकै भाइ १२ वषर्ीय पेम्बालाई जिल्ला अदालत सोलुखुम्बुले २०६९ साल वैशाख २८ गते पाँच महिना १८ दिन कैद सजाय सुनाएको थियो । उनीहरूको उमेर कम भएका कारण अभिभावकको जिम्मा लगाइएकामा जिल्ला प्रहरी कार्यालयले पुनःपक्राउ गरी अदालतमा बुझाएको हो ।
अदालतको आदेशअनुसार उनीहरूलाई जिल्ला कारागार शाखा सल्लेरी चलान गरिएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिनुभयो । दर्ुइ दाजुभाइले गत साल चैत १५ गते सो बालिकालाई बलात्कार गरेका थिए । रासस

फ्रेवुअरी 4, 2013 at 2:37 अपराह्न टिप्पणी छोड्नुहोस्

सुस्तमनस्थितिका छात्रछात्रालाई पोसाक

खोटाङ, २२ माघ । बालकल्याण समिति खोटाङले जिल्लाका १० जना सुस्तमनस्थिति भएका छात्रछात्रालाई पोसाक वितरण गरेको छ ।
महिला तथा बालबालिका कार्यालय, बालकल्याण समितिले आइतबार सदरमुकाम दिक्तेल-६ मुढेस्थित सिद्धेश्वरी निमाविमा अध्ययनरत आठ छात्र र दर्ुइ छात्रालाई ट्रयाक सुट र कम्बल वितरण गरेको हो । समितिले स्रोत शिक्षक गणेश थापाको घरमा पुगेर उनीहरूलाई एक/एक जोर ट्रयाक सुट र पाँच थान कम्बल वितरण गरेको बालकल्याण समिति खोटाङका बाल अधिकार अधिकृत रवीन र्राईले जानकारी दिनुभयो ।
हाल कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गरिरहेका सुस्तमनस्थिति भएका छात्रछात्रालाई जाडाबाट जोगाउनका लागि न्यानो कपडाको व्यवस्था गरिएको बालअधिकार अधिकृत र्राईले बताउनुभयो । कपडा पाएपछि आफ्ना अविभावकबाट छुटेर बसिरहेका बालबालिका हषिर्त बनेका छन् । रासस

फ्रेवुअरी 4, 2013 at 2:34 अपराह्न टिप्पणी छोड्नुहोस्

अव रहेनन् गोर्खापत्र वाजे

20130203-230554.jpgन्वारनको नाम भन्दा पेशाको नामले प्रख्यात वनेका पोखराका गोर्खापत्र वाजे आईतवार एक्कासी सेती नहरमा मृत अवस्थामा भेिटएका छन् ।
पोखराको माटेपानीिस्थत िहमाली समाज घर नजिकै सेती नहरमा उनको लाश भेटिएको िथयो । आफ्नो साँच्चैको नाम भन्दा पनि गोर्खापत्र वाजे भनेपछि सवैले चिन्ने उनले पोखरेली जनमानसमा सूचना क्षेत्रमा दिएकाे योगदान अविस्मरणीय छ ।

फ्रेवुअरी 3, 2013 at 11:12 अपराह्न टिप्पणी छोड्नुहोस्

जापानको मगरहरूले मगर दिवस मनाउने

टोकियो-नेपाल मगर संघ टोकियो जापानले विगतका वर्षहरूमा झै यस वर्ष पनि प्रथम शहीद लखन थापा मगर दिवस तथा नेपाल मगर संघको ३१ औं स्थापना दिवस यही फेब्रुवरी ११ तारीख एकैसाथ मनाउने भएको छ ।

नेपाल मगर संघ टोकियो जापानका अध्यक्ष शैलेन्द्र विक्रम थापा मगरद्वारा प्रकाशित विझप्तिमा – जहाँनिया राणा शासनविरूद्ध आवाज उठाउँदा तत्कालीन राणा शासकहरूले वि. सं. १९३३ साल फाल्गुन २ गते शहीद लखन थापालाई गोर्खाको भागर भन्ने ठाउँमा रूखमा झुन्ड्याएर मारेका िथए । राणा शासन अन्त्य गर्नको लागि हाँसीहाँसी मृत्युवरण गर्न तयार हुने शहीद लखन थापा मगरको सम्झनामा हामी जापानवासी मगरहरूले पनि “शहीद लखन थापा मगर दिवस” मनाउन गईरहेका छौं भनिएको छ । साथै कार्यक्रममा यस अगाडि थकाली सेवा समाजले आयोजना गरेको भलिवल प्रतियोगितामा सहभागी भएका मगर खेलाडिहरू तथा नेपाल मगर संघ टोकियोले आयोजना गरेको १७ औं लांघाली साँझमा सहयोग गर्ने जापानका स्थानीय कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जनाएको छ ।

विभिन्न पेशा तथा व्यवसायले जापानमा रहेका सम्पूर्ण मगर दाजुभाई तथा िददीवहिनीहरू, मिडिया कर्मीहरू लगायत विभिन्न संघसंस्थाका पदािधकारीहरूलाई पनि यसै समाचारलाई निमन्त्रणाको रूपमा लिई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ भनिएको छ । कार्यक्रम ईकेवुकुरो (मसला हट) मा िदनको २ वजेवाट वेलुकी ७ वजेसम्म हुने जनाईएको छ ।***

फ्रेवुअरी 3, 2013 at 11:45 बिहान टिप्पणी छोड्नुहोस्

जापानको शेर्पाहरूले ल्होसार मनाउने

टोकियो-शेर्पा जातिहरुले परम्परागत रुपमा मनाउँदै आइरहेको महान चाड ल्होसार पर्व विगतका वर्षहरूमा झैं यस वर्ष पनि शेर्पा संघ टोकियोले २१४० औं (छुःमो डुल्लो) ग्याल्पो ल्होसार आगामी फेव्रुवरी २४ तारीक आइतवारका दिन टोकियोस्थित नेपाली रेष्टुरेन्ट हिमालयन मुन क्याफेमा भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ ।

जपानमा रहनुभएका शेर्पा दाजुभाई तथा दिदीवहिनीहरुवीच नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने, विभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइने तथा नाचगान र खानपिनका साथ मनाइने कार्यक्रम रहेको जानकारी शेर्पा संघ टोकियोले दिनुभयो ।
साथै शेर्पा संघ टोकियो, जापानको सम्पर्कमा रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदीवहिनीहरुलाई कार्यक्रमवारे जानकारी दिईसकिएको तर कुनै कारणवश जानकारी पाउन नसक्नुभएकाहरुका लागि यसै समाचारलाई निमन्त्रणाको रुपमा लिई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ भनिएको छ ।
संघले नयाँ वर्ष २१४० औं ग्याल्पो ल्होसारको पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा दाजुभाई तथा दिदीवहिनीहरु लगायत अन्य वौद्धधर्मावलम्वी अर्थात ल्होसार प्रेमी नेपालीहरुप्रति पनि शुभकामना व्यक्त गरेको छ । विहान ११:०० बजेवाट शुरु भई साँझ ६:३० मा कार्यक्रम समापन हुने संघले जनाएको छ ।
कार्यक्रमवारे विस्तृत जानकारीको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नु हुन पनि अनुरोध गरिएको छ ।
ल्हाक्पा गेलु शेर्पा :०९०-६०४०-५६९६
ङावाङ शेरे शेर्पा :०८०-५१७५-०१८८
छोङ्वा शेर्पा :०९०-८३४७-५१५४
निमा नुर्वु (लामा) शेर्पा:०९०-४७४५-७०८०
कर्पु शेर्पा:०८०-३२४३-४६७७
पेम्वा (लामा) शेर्पा:०८०-३४९७-३९२३
सोनाम शेर्पा :०८०-३१७५-७२२०

 

फ्रेवुअरी 1, 2013 at 12:15 बिहान टिप्पणी छोड्नुहोस्

कम्युनिष्ट आन्दोलन विजयको नजिक पुगेको छ-प्रचण्ड

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलन विजयको नजिक पुगेको बताएका छन्।

उनले २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापनासँगै शुरु भएको आन्दोलन विजयको नजिक पुगेको बताएका हुन् ।उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई अध्ययन गर्न, बुझ्न र त्यसलाई आत्मसात् गर्न सङ्ग्रह अध्ययन गर्न लायक रहेकोसमेत बताए।
सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलन हुँदै नेपालको कम्युनिष्ट आन्दोलनले विभिन्न घुम्ती र मोडहरू पार गरेको र विभिन्न घटकहरूमा कम्युनिष्ट पार्टीहरू विभक्त भएको भए पनि क्रान्तिकारी धार सशक्त रुपमा नेपालमा स्थापित भएको उनले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक दस्तावेज’ नामक दस्तावेज सङ्ग्रहको विमोचन गर्दै उनले भने- नेपालमा करीव दुई तिहाईभन्दा बढी जनसमुदायको आशा र भरोसाको केन्द्रका रुपमा कम्युनिष्ट पार्टी रहिआएको छ तर गुटगत चिन्तन, जडसुत्रवादी चरित्र तथा आत्मकेन्द्रीत व्यक्तिवादका कारण कम्युनिष्ट आन्दोलन जुनरुपमा सफल हुनुपर्ने हो, त्यो भएको छैन।
विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलन अगाडि बढ्नु गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले एमाओवादीको क्रान्तिकारी विचारका कारण विश्वभरमा क्रान्तिकारीमाझ उत्साहको सञ्चार पैदा भएको बताए।
एमाओवादीको सातौं महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विचार र कार्यदिशा स्थापित गर्ने उनको भनाइ थियो।

फ्रेवुअरी 1, 2013 at 12:07 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728