कम्युनिष्ट आन्दोलन विजयको नजिक पुगेको छ-प्रचण्ड

फ्रेवुअरी 1, 2013 at 12:07 बिहान टिप्पणी छोड्नुहोस्

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलन विजयको नजिक पुगेको बताएका छन्।

उनले २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापनासँगै शुरु भएको आन्दोलन विजयको नजिक पुगेको बताएका हुन् ।उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई अध्ययन गर्न, बुझ्न र त्यसलाई आत्मसात् गर्न सङ्ग्रह अध्ययन गर्न लायक रहेकोसमेत बताए।
सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलन हुँदै नेपालको कम्युनिष्ट आन्दोलनले विभिन्न घुम्ती र मोडहरू पार गरेको र विभिन्न घटकहरूमा कम्युनिष्ट पार्टीहरू विभक्त भएको भए पनि क्रान्तिकारी धार सशक्त रुपमा नेपालमा स्थापित भएको उनले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक दस्तावेज’ नामक दस्तावेज सङ्ग्रहको विमोचन गर्दै उनले भने- नेपालमा करीव दुई तिहाईभन्दा बढी जनसमुदायको आशा र भरोसाको केन्द्रका रुपमा कम्युनिष्ट पार्टी रहिआएको छ तर गुटगत चिन्तन, जडसुत्रवादी चरित्र तथा आत्मकेन्द्रीत व्यक्तिवादका कारण कम्युनिष्ट आन्दोलन जुनरुपमा सफल हुनुपर्ने हो, त्यो भएको छैन।
विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलन अगाडि बढ्नु गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले एमाओवादीको क्रान्तिकारी विचारका कारण विश्वभरमा क्रान्तिकारीमाझ उत्साहको सञ्चार पैदा भएको बताए।
एमाओवादीको सातौं महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विचार र कार्यदिशा स्थापित गर्ने उनको भनाइ थियो।

Entry filed under: वर्गविहीन.

किमोनोमा सजिन थाले नेपाली कलाकार जापानको शेर्पाहरूले ल्होसार मनाउने

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: