जापानको मगरहरूले मगर दिवस मनाउने
फ्रेवुअरी 3, 2013 at 11:45 बिहान टिप्पणी छोड्नुहोस्
टोकियो-नेपाल मगर संघ टोकियो जापानले विगतका वर्षहरूमा झै यस वर्ष पनि प्रथम शहीद लखन थापा मगर दिवस तथा नेपाल मगर संघको ३१ औं स्थापना दिवस यही फेब्रुवरी ११ तारीख एकैसाथ मनाउने भएको छ ।
नेपाल मगर संघ टोकियो जापानका अध्यक्ष शैलेन्द्र विक्रम थापा मगरद्वारा प्रकाशित विझप्तिमा – जहाँनिया राणा शासनविरूद्ध आवाज उठाउँदा तत्कालीन राणा शासकहरूले वि. सं. १९३३ साल फाल्गुन २ गते शहीद लखन थापालाई गोर्खाको भागर भन्ने ठाउँमा रूखमा झुन्ड्याएर मारेका िथए । राणा शासन अन्त्य गर्नको लागि हाँसीहाँसी मृत्युवरण गर्न तयार हुने शहीद लखन थापा मगरको सम्झनामा हामी जापानवासी मगरहरूले पनि “शहीद लखन थापा मगर दिवस” मनाउन गईरहेका छौं भनिएको छ । साथै कार्यक्रममा यस अगाडि थकाली सेवा समाजले आयोजना गरेको भलिवल प्रतियोगितामा सहभागी भएका मगर खेलाडिहरू तथा नेपाल मगर संघ टोकियोले आयोजना गरेको १७ औं लांघाली साँझमा सहयोग गर्ने जापानका स्थानीय कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जनाएको छ ।
विभिन्न पेशा तथा व्यवसायले जापानमा रहेका सम्पूर्ण मगर दाजुभाई तथा िददीवहिनीहरू, मिडिया कर्मीहरू लगायत विभिन्न संघसंस्थाका पदािधकारीहरूलाई पनि यसै समाचारलाई निमन्त्रणाको रूपमा लिई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ भनिएको छ । कार्यक्रम ईकेवुकुरो (मसला हट) मा िदनको २ वजेवाट वेलुकी ७ वजेसम्म हुने जनाईएको छ ।***
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed