तामाङहरू पनि ल्होछार मनाउने तरखरमा
फ्रेवुअरी 4, 2013 at 4:50 अपराह्न टिप्पणी छोड्नुहोस्
टोकियो–विगतका वर्षहरुमा झैं नेपाल तामाङ समाज जापानले तामाङ जातिको महान पर्व ल्होछार पर्व यस वर्ष पनि विभिन्न कार्यक्रम सहित मनाउने योजना गरेको जानकारी प्राप्त भएको छ । यस वर्षको २०४९ औं सोनाम ल्होछार (नयाँ वर्ष) को अवसरमा यही फेव्रुअरी ११ तारिख सोमवारको दिन टोकियोमा भव्यताका साथ ल्होछार कार्यक्रम मनाउने भएको छ ।
साँझको ५:३० वजेदेखि रात्री भोज सहित शुरु हुने उक्त कार्यक्रममा ल्होछारको शुभकामना आदान-प्रदान, विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको समाजका अध्यक्ष सुकुमान तामाङले जानकारी दिनुभयो ।
तामाङ समाज जापानका महासचिव हवलचन्द्र लामा तामाङद्वारा प्रकाशित विज्ञप्तिमा -यतिखेर नेपाल लगायत विश्वभरी रहेका तामाङ समुदायले मनाइरहेको ल्होछार पर्व काठमाण्डौमा पनि आउँदो हप्ता केही दिनको लागि लगातार विभिन्न खेलकूद प्रतियोगिता, मिस तामाङ प्रतियोगिता, सांगितिक कार्यक्रम साथै आमसभा, ल्होछार विशेषसभा गरी खुलामन्च टुडिखेलमा मनाउन लागिरहेको छ । तर्सथ जापनमा वसोवास गर्नु हुने सम्पूर्ण तामाङ दाजुभाई तथा दिदीवहिनीहरुलाई पनि ल्होछारको उपलक्ष्यमा टोकियोमा मनाउन लागिएको कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारी दिनु हुन नेपाल तामाङ समाज जापानले हार्दिक अनुरोध गर्दछ भनिएको छ ।
स्मरण रहोस् तामाङ, गुरुङ, शेर्पा, मगर लगायत विभिन्न आदिवासी जनजातिहरूले मनाउने पर्व ल्होछारलाई नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा मान्यता प्रदान गरी गणतन्त्रको आगमनपश्चात सार्वजनिक विदाको दिन घोषणा गरिसकेको छ ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed