सुस्तमनस्थितिका छात्रछात्रालाई पोसाक
फ्रेवुअरी 4, 2013 at 2:34 अपराह्न टिप्पणी छोड्नुहोस्
खोटाङ, २२ माघ । बालकल्याण समिति खोटाङले जिल्लाका १० जना सुस्तमनस्थिति भएका छात्रछात्रालाई पोसाक वितरण गरेको छ ।
महिला तथा बालबालिका कार्यालय, बालकल्याण समितिले आइतबार सदरमुकाम दिक्तेल-६ मुढेस्थित सिद्धेश्वरी निमाविमा अध्ययनरत आठ छात्र र दर्ुइ छात्रालाई ट्रयाक सुट र कम्बल वितरण गरेको हो । समितिले स्रोत शिक्षक गणेश थापाको घरमा पुगेर उनीहरूलाई एक/एक जोर ट्रयाक सुट र पाँच थान कम्बल वितरण गरेको बालकल्याण समिति खोटाङका बाल अधिकार अधिकृत रवीन र्राईले जानकारी दिनुभयो ।
हाल कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गरिरहेका सुस्तमनस्थिति भएका छात्रछात्रालाई जाडाबाट जोगाउनका लागि न्यानो कपडाको व्यवस्था गरिएको बालअधिकार अधिकृत र्राईले बताउनुभयो । कपडा पाएपछि आफ्ना अविभावकबाट छुटेर बसिरहेका बालबालिका हषिर्त बनेका छन् । रासस
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed