भारतसँगको असमान सन्धिहरू खारेज हुनुपर्छ-नारायणकाजी

फ्रेवुअरी 5, 2013 at 7:38 अपराह्न टिप्पणी छोड्नुहोस्

narayan kajiहेटौंडा-हेटौंडामा जारी एकीकृत माओवादीको सातौ महाधिवेशनको वन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनैतिक दस्तावेज र विधान मस्यौदाको विषयमा संयोजक स्वनाम साथीले पेश गरेको विधान मस्यौदामाथि तेश्रो दिनको पहिलो सत्रमा छलफल चलिरहेको जनाइएको छ । सोही क्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँगको असमान सन्धिहरुको खारेजीको माग गर्नुभएको छ । साथै श्रेष्ठले माओवादलाई टुंग्याईनुपर्ने र आगामी दिनमा जनवादीको केन्द्रीयतामा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
वन्दसत्रको तेश्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनको छलफलका लागि वनाइएका ६३ समुहले निकालेको सामुहिक निचोड प्रस्तुत गर्ने क्रम जारी छ ।
अहिलेसम्म १३ समुहका टोलीनेताले वोलिसकेका छन् । अहिलेसम्म निस्किएका निचोडहरुमा धेरैजसो समुहवाट प्रचण्डपथ कायमै रहनुपर्नेमा जोड दिइएको छ । अध्यक्ष प्रचण्डको राजनैतिक दस्तावेजमा यावत त्रुटीहरु रहेकोले सच्याइनु पर्ने माग समेत राखिएको छ । निचोडमा भनिएको छ -दस्तावेजमा जनयुद्धको ऐतिहासिक महत्वलाई प्राथमिकता दिईएको छैन । त्यसैगरी पाटीको प्रधान दुश्मन र प्रधान मित्रशक्तिवारे पनि स्पष्ट हुनुपर्ने, एमाले काँग्रैसलाई हर्ने दृष्टिकोणमा स्पष्ट हुनुपर्ने जस्ता विषयहरुमा उच्च जनवादी वातावरणमा छलफल भईरहेको जनाएको छ । कतिपय समुहहरुले दस्तावेज चुनावी घोषणापत्र जस्तो भएकोमा चिन्ता व्यक्त गरेका थिए । त्यसैगरी सम्पत्ति छानविन आयोगको कार्यान्वयन नभएको वारेमा पनि समुहहरुले छलफल गरी निचोड निकालेका थिए । जसमा धेरैजसो कार्यान्वयन हुन बाँकी रहेको जानकारी गराइएको थियो । समुहहरुले दिएको निचोडमा केन्द्रीय समितिको आकार सानो हुनुपर्ने, अध्यक्ष र महासचिव एक-एक जना र उपाध्यक्ष र सचिव आवश्यकता अनुसार राख्ने भन्ने विधानमा प्रस्तावित गरिएकोमा त्यसको संख्या किटान गरिनुपर्ने माग राखिएको थियो । अन्य समुहहरुले निकालेको निचोडमा छलफल हुनेक्रम जारी छ । ***

Entry filed under: वर्गविहीन.

तमु धीं जापानको पहलमा आर्थिक सहयोग आफ्नै कार्यकर्ताको चित्त वुझाउन प्रचण्डलाई हम्मेहम्मे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: