आफ्नै कार्यकर्ताको चित्त वुझाउन प्रचण्डलाई हम्मेहम्मे

फ्रेवुअरी 6, 2013 at 3:21 बिहान टिप्पणी छोड्नुहोस्

काठमाडौं- हेटौंडामा जारी रहेको एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिहरूको चित्त वुझाउन हम्मे-हम्मे परिरहेको छ । आफूले प्रस्तुत गरेको प्रतिवेदन माथि आफ्नै पक्षका प्रतिनिधिहरुले भारी असन्तुष्टि जनाएपछि उनलाई समस्या परेको हो । प्रतिवेदनमाथी विचार व्यक्त गर्ने क्रममा मंगलबार ४० जना टोली प्रमुख मध्ये प्रचण्ड पक्षकै बढी थिए । तर उनीहरुले नै माओवादी सरकारमा रहेकै वेला भारतसंग गरिएको लगानी सम्बन्धी बिप्पा सम्झौता, सीमा सुरक्षा र सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टी व्यक्त गरेका थिए ।
बन्द सत्रमा रहेका प्रतिनिधिहरुले सरकारले गरेको बिप्पा सम्झौताप्रतिमात्रै असन्तुष्टी जनाएनन् सीमा विवाद’bout जनमत संग्रह गर्ने प्रचण्डको प्रस्तावले सिक्किमीकरण र फिजीकरणको बाटोमा लाने आशंका व्यक्त गरे । उनीहरुको असन्तुष्टी ’bout प्रकाश पार्दै नेता गोपाल किराँतीले भने, “केहि साथीहरुले सीमाना जस्तो विषयमा त्यसो गर्नु नहुने प्रस्ताव गर्नु भएकोले त्यस विषयमा थप छलफल हुने भएको छ।” साथै अबको अन्तर-विरोध अर्थात दुश्मनका रुपमा नेकपा एमाले र कांग्रेसलाई किटान गर्नु पर्ने अनि पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने बिषय प्रतिवेदनमा नसमेटिएको भन्दै प्रतिनिधिहरुले आलोचना गरेका थिए । बिप्पा सझौताको आलोचना सही हो भन्ने प्रश्नको जवाफमा बन्द सत्रमा सहभागी प्रतिनिधि दण्डपाणी पौडेलले भने, “सरकारको तर्फबाट बिप्पा सम्झौता ठिक हो भनिएको छ तर पार्टीको तर्फबाट विरोध भएकोले थप छलफल हुँदैछ।” सहभागी शालिग्राम जमरकट्टेलले आफु विरुद्ध आक्रमण गरेका अभियुक्तले समेत महधिवेसनमा भाग लिईरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।


बन्द सत्र चलिरहंदा कतिपय महिला सहभागीहरुले बहुबिबाह गरेका व्यक्तिहरुले पनि महाधिवेशनमा भाग लिईरहेको भन्दै बाहिर निकाल्न आवाज उठाएका थिए । महाधिवेशनमा प्रतिनिधिहरुले प्रतिवेदनमाथि सुझाब दिने कार्य बुधबार सकिने प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए ।
प्रतिनिधिहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
महाधिवेशन माघ २५ गते बिहिबार भित्र नै संपन्न गर्न अध्यक्ष प्रचण्डबाट निर्देशन भएको बताइएको छ ।

Entry filed under: वर्गविहीन.

भारतसँगको असमान सन्धिहरू खारेज हुनुपर्छ-नारायणकाजी दुवइमा फेरि एक नेपालीको मृत्यु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: