दुवइमा फेरि एक नेपालीको मृत्यु

फ्रेवुअरी 6, 2013 at 11:22 बिहान टिप्पणी छोड्नुहोस्

लालवहादुर ढेंगा/दुवई・दुवईको एक कम्पनीमा कार्यरत कुलवहादुर मगर नाम गरेको एक नेपालीको गत जनवरी ३० तारिखका दिन रसिद हस्पिटलमा दुवाईमा मृत्यु भएको छ । मृतक सिमरा-४, वारा स्थायी घर भई हाल काठमाण्डौको एउटा म्यानपावर कम्पनीको पहलमा २०११ को मार्च ३० मा भारतको दिल्ली हुँदै दुवई पुगेका थिए ।

मृतकका साथी सन्तोष कुनवरका अनुसार कुलवहादुर मगरलाई गत २५ जवरीका दिन रसिद हस्पिटलमा भर्ना गरिएको थियो । सँधैजसो मुटु दुखेको छ भनेर सुनाउने साथमा रहेको साथीहरुको भनाई छ । तर अहिलेसम्म के कारणले मृत्यु भएको हो भनेर प्रष्ट भईसकेको छैन ।

लाशलाई नेपाल पठाउनको लागि नेपाली दूतावास अबुधावीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । लाशलाई नेपाल पठाउनका लागि करिब ६ हजार दिराम खर्च लाग्ने भएकोले सम्बन्धित कम्पनीसँग सहकार्य भईरहेको वुझिएको छ । सन्तोष कुनवरले दिएरको निवेदन अनुसार नेपाल मगर संघ युएइले राजदूतावास अबुधावीसँग समन्वय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।
देशमा रोजगारीको कुनै राम्रो उचित व्यावस्था नभएको कारण नयाँ पिढीका युवा जमात वैदेशिक रोजगारीको शिलशिलामा दिनहुँ विदेश पलायन हुन बाध्य भईरहेका छन् । नेपालमा म्यानपावर तथा दलाललाई ठूलो रकम बुझाएर घर परिवारलाई खुशी र सुखका जीवन दिने सपना लिएर विदेशको भूमिमा आएर पनि जिन्दगी नै गुमाउने धेरै नेपालीहरुको कहानी, दुःख र बिडम्वनाले भरिएको पाइन्छ ।***

Entry filed under: वर्गविहीन.

आफ्नै कार्यकर्ताको चित्त वुझाउन प्रचण्डलाई हम्मेहम्मे साइकलयात्री दाहाल नेदरल्यान्ड पुगे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

फ्रेवुअरी 2013
सो मं बु बि शु
 123
45678910
11121314151617
18192021222324
25262728  

%d bloggers like this: