साइकलयात्री दाहाल नेदरल्यान्ड पुगे
फ्रेवुअरी 6, 2013 at 12:01 अपराह्न टिप्पणी छोड्नुहोस्
नेदरल्याण्ड-विश्व साइकलयात्री सौरव दाहाल आफ्नो साइकल यात्राको क्रममा हाल नेदरल्याण्ड पुगेका छन् । वेल्जियमस्थित ईयूका प्रतिनिधिसँग भेट गरेपछि उनी नेदरल्याण्डतिर लागेका हुन् । नेदरल्याण्ड पुगेका दाहालले डच पत्रकारहरुसँग भेट गरी आफ्नो अभियान’bout जानकारी गराउने ईच्छा राखेका छन् । नेपाली दूतावास वेल्जियमको अनुरोधमा नेपाली कन्सुलेट नेदरल्याण्डले उनको कार्यक्रमवारे जानकारी गराउँदै नेदरल्याण्डका पत्रकारहरुलाई समाचार गरेको उनले वताए ।
वुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश लिएर २००७ देखि साइकल यात्रा अभियानमा लागेका हुन् । २०१२ को अगस्त १ देखि यूरोप यात्रामा निस्केका उनले अहिलेसम्म विभिन्न देशका उच्च निकायका व्यक्तिहरुसँग भेट गरी सगरमाथा र वुद्धको जन्मथलो लुम्विनीको प्रचार गर्दै आएका छन् ।
हाल दाहाललाई नेरल्याण्डमा माउन्ट एभरेष्ट रेष्टुरेन्टले सहयोग गरिरहेको छ । ***
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed