जापानमा नेपाली विद्यार्थीहरूको लागि रोजगार सम्बन्धी सेमिनार

अप्रील 12, 2013 at 7:56 अपराह्न टिप्पणी छोड्नुहोस्

टोकियो-जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी स्टुडियो म्याजिक वर्क्स कम्पनीले यही अप्रिलको २७ तारिक शनिवारका दिन रोजगार सम्बन्धी सेमिनार गर्ने भएको छ । सम्बन्धित विषयको विशेषज्ञ मार्फत जापानी भाषामा सन्चालन गरिने उक्त सेमिनारबाट जापानमा कलेज तथा प्राविधिक स्कुल (सेन्मोन गाक्को) अध्ययन पश्चात रोजगारीमा कसरी लाग्ने भन्ने विषयहरुको ज्ञान सहभागीहरुले लिन सक्नेछन् । त्यसो त अहिले कलेज तथा स्कुलको पढाई सकेर जब हन्टिङ भिसा लिएर बसेकाहरुले पनि यस सेमिनारबाट फाइदा लिन सक्नेछन । उक्त दिन नेपाली तथा अन्य विदेशी विद्यार्थीहरुलाई रोजगार दिन इच्छुक कम्पनीहरुको ’boutमा पनि जानकारी दिईनेछ । सेमिनार पश्चात व्यक्तिगत रुपमा सल्लाह तथा सुझाव लिन इच्छुकहरुको लागि छुट्टै समयको व्यवस्था पनि गरिएको छ । त्यसो त व्यक्तिगत सल्लाह र सुझाव लिन चाहनेहरुको संख्या बढी भएमा अन्य दिनमा पनि कम्पनीको कार्यालयमा आई सल्लाह सुझाव लिन सकिनेछ ।

निशुल्क सहभागीता जनाउन सकिने उक्त सेमिनारमा एक पटकमा लगभग २० जनासम्म सहभागी गराइने योजना रहेको छ । सहभागी हुन चाहनेहरुको संख्या २० भन्दा बढी भएमा दर्ता गरिएको क्रम अनुसार सहभागी हुन पाइने भएकोले अग्रीम दर्ता गर्नको लागि पनि कम्पनीले विशेष अनुरोध गरेको छ । पहिलो पटक आयोजना गरिएको यस किसिमको सेमिनारलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कुरा कम्पनीको तर्फाट मोरिता हिकारुले बताउनुभयो ।
अन्य जानकारीको लागिः
सम्पर्कः 090-8476-5913, 090-9405-5636

कार्यक्रम सम्बन्धी विवरणः
मितिः २०१३ अप्रिल २७ तारिक शनिवार
समयः ११:३० देखि १४:३० सम्म
स्थानः एभरेष्ट इन्टरनेशनल स्कुल जापानको वैठकहल
ठेगानाः Ikegawa bldg. Aasagaya, Minami 3-34-16, Suginami-ku, Tokyo (166-0004)
नोटः सहभागीता जनाउन चाहनेहरुले ३० मिनेट अगाडि नै हलमा प्रवेश गरिसक्नुपर्नेछ । सेमिनारमा आउँदा वायोडाटा पनिसँगै लिएर आउन अनुरोध गरिएको छ ।

Entry filed under: प्रमुख समाचार.

ट्रेन र ट्रक जुध्दा १६ घाईते सभासद्को घरमा नै चर्पी छैन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: