Archive for अप्रील 26, 2013

कतारमा नेपालीलाई ८ करोडको चिठ्ठा

8 karod ko chittaकतार-कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा सामान खरीद गर्दा पाएको लक्की ड्रको चिठ्ठाले नेपाली नागरिक डिल्लीराम पराजुलीको भविष्य उज्जल बनाइदिएको छ । पराजुलीले करीव  ८ करोड ७० लाखरुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । सामान किन्दा पाएको १९२२  नम्बरको चिठ्ठाले बिहीवार पराजुलीलाई १० लाख अमेरिकी डलर जिताएको हो । लक्की ड्रमार्फत छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ ।
कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए ।
कतार ड्युटी फ्रिले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्‍याफल’ शरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ औ ब्यक्ति हुन् ।
कतारको ड्युटी फ्रिलाई लक्षित गरी शुरू गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने,  त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन् ।
एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका ’boutमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन् ।

अप्रील 26, 2013 at 8:19 अपराह्न टिप्पणी छोड्नुहोस्

“नमस्ते व्यान्ड”ले २५ औं वर्ष प्रवेश

Ishor-Gurung-300x251टोकियो-ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड “नमस्ते व्यान्ड” २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साथै नेपाली नयाँ वर्ष २०७० को अवसरमा गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईको साथमा टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा यही अप्रिल २८ तारिक आइतवार ६ बजेदेखि सांगीतिक कार्यक्रमको आयोजना हुन गईरहेको जानकारी व्याण्डका संस्थापक ईश्वर गुरुङले  दिनुभयो । उहाँले भन्नुभयो-“यो २५ औं वर्ष प्रवेश गरेको अवसरमा शुरु गरिएको सांगीतिक आन्दोलनको थालनी हो ।” उहाँले यसपछि लगातार रुपमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । पहिलो (कास्टीङ्ग) शुरुवात स्वारुप जापानमा राजेश पायल राईको साथमा हुन लागेको कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ । साथै यसपछि लगातार रूपमा जापानको विभिन्न शहरहरुमा पनि सांगीतिक कार्यक्रमको आयोजना गरिने कुराको जानकारी गुरुङले दिनुभयो । स्मरण रहोस ख्यातीप्राप्त व्यान्ड नमस्ते व्यान्डको स्थापना जापानमै भएको थियो । ***

अप्रील 26, 2013 at 7:49 अपराह्न टिप्पणी छोड्नुहोस्

एनआरएन जापानद्वारा विभिन्न कार्यक्रममा सहभागीताको लागि अनुरोध

टोकियो-गैर आवासीय नेपाली संघ जापानले एक विज्ञप्ति प्रकाशित गरी विभिन्न तीनवटा विषयको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ । गैरअवासीय नेपाली संघ, जापानको प्रवक्ता शरदकुमार गौचनद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनआरएनको एसिया प्रशान्त क्षेत्रीय भेलामा सहभागिको लागि अनुरोध गर्नुभएको छ । आउदो मे महिनाको १७ र १८ तारीकमा फिलिपिन्सको राजधानी मनिलामा हुन गईरहेको गैर-आवासीय नेपाली संघद्वारा आयोजित एशिया प्रशान्त क्षेत्रीय भेलामा सहभागि हुनको लागि एनआरएनका शुभचिन्तक तथा समस्त जापानबासी नेपालीहरुलाई सार्वजनिक अपिल तथा खुला निमन्त्रणा गरिएको छ । उक्त बैठकमा  भाग लिन एक सय अमेरिकन डलर प्रति ब्यक्ति शुल्क लाग्ने  ब्यहोरा समेत जनाईएको छ । बैठकमा भाग लिनको लागि अन एराईभल भिसा उपलब्ध हुने हुनाले बैठकमा सहभागि जनाउने महानुभावहरुले आफ्नो बिवरण एनआरएन जापानलाई दरखास्त दिनु हुन पनि अनुरोध गरिएको छ । उक्त बैठक मनिलाको Mandarin Oriental Hotel, Makati City मा हुने भएकोले हवाई टिकट बुकिङ्ग र होटल तर्जुमाको लागि आफ्नो अनुकुलता अनुसार आफैले मिलाउन सक्नुहुने ब्यहोरा समेत उल्लेख गरिएको छ । (धेरै…)

अप्रील 26, 2013 at 6:09 अपराह्न टिप्पणी छोड्नुहोस्

राउटेले भिटामिन खान मानेन

raute3सुर्खेत – सरकारले अभियानको रुपमा सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा फिरन्ते जीवन बिताउँदै आएका राउटे सहभागी भएनन् ।
उनीहरूले औषधि खानुलाई आफ्नो संस्कृतिविपरीत भएको भन्दै खान नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली सदरमुकाम फिर्ता आएको छ ।
सरकारी नीतिअनुसार सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयले वैशाख ६ र ७ गते राउटेहरू रहेको क्षेत्र सल्यानको कालिमाटीमा स्वास्थ्यकर्मीको टोली पठाएको थियो । उनीहरूले औषधि खान नमानेपछि टोली फिर्ता भएको सुर्खेतको धारापानीस्थित उपस्वास्थ्य चौकीका अहेव प्रेम खत्रीले बताए । (धेरै…)

अप्रील 26, 2013 at 5:54 अपराह्न टिप्पणी छोड्नुहोस्

२० लाख कमाउने लोभमा २३ लाख गुमाए

काठमाडौ – मोबाइलमा आएको एसएमएस पढेर धनी हुन खोजेका एक ब्यक्तिले राजधानीमा भएको सबैथोक गुमाएका छन् । २ बर्ष नर्वेमा बसेर कमाई गरि फर्किएका महाराजगञ्जका राजकुमार श्रेष्ठले २० लाख अमेरिकी डलरको चिठ्ठा परेको भन्ने एसएमएस पाएका उनले धेरै कमाउने लोभमा २३ लाख भन्दा बढि रुपैयाँ गुमाएका छन् । त्यसरी श्रेष्ठबाट उक्त रकम हत्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी झुट्टा आश्वासन दिएर पैसा थुत्ने एक नाइजेरियाली र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । नाइजेरियाली नागरिक फेमी ईमान्युवल अजवेदे र ललितपुर ईमाडोलका केदार खत्रीलाई पक्राउ गरेको छ । उनीहरुको वेब एसएमएस मार्फत श्रेष्ठको मोबाइलमा म्यासेज पठाई प्रलोभन दिएको प्रहरीको भनाई छ । (धेरै…)

अप्रील 26, 2013 at 1:10 अपराह्न टिप्पणी छोड्नुहोस्

नेपाली गीतसंगीतमा विदेशीको मोह

श्रीमानले घन्काउँछन् मादल, श्रीमतीले रेट्छिन सारङ्गी

नेपालीहरू अहिले विदेशी पहिरन र रहनसहनमा आकर्षित हुँदै गइरहेका छन् । वास्तवमा भन्ने हो भने त अहिलेका नयाँ पिँडी त विदेशी पहिरन र रहनसहनमा नै रमाउन चाहन्छन् । खानपान, लवाइखुवाइ मात्र नभएर वोलीचाली र रहनसहन नै उतैको मन पर्छ नयाँ युवा पिंढीलाइ । गीतसंगीत पनि हिन्दी अर्थात अंग्रेजी गीत नै गाउँदा आफ्नो उचाइ अग्लो भएको महसुस गर्दछन् । तर नेपाली गीतसंगीतमा विदेशीहरूको चासो दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसै सन्दर्भमा एक जापानी जोडीसँग मैले केही दिन पहिले गरेको कुराकानी हेर्नुस् । श्रीमानले मादल घन्काउछन् त श्रीमतीले सारङ्गी रेटेर मनै आनन्द आउने गरी । कस्तो चासो होला नेपाली संगीतमा । यो हेर्दा त लाग्छ हाम्रो संस्कृति र गीतसंगीत पनि कम छैन । हेर्नुहेस्, जापानिजको यी दुइ जोडीले नेपाली मादल र सारङ्गीको तालमा कसरी गीत गाउँदछन् ।

अप्रील 26, 2013 at 11:37 बिहान टिप्पणी छोड्नुहोस्

गोरे वहादुर खपाङ्गी गम्भीर घाइते

gore bdrकाठमाडौं – पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएको छ ।
उहाँलाई विहीवार दिउँसो काठमाडौंको राष्ट्रियसभा गृह नजिकै वा ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते खपाङ्गीको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।  उहाँको टाउकोमा चोट लागेको छ र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
उहाँ शाही शासनकालमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट महिला, बाल-बालिका तथा समाज कल्याण मन्त्री नियुक्त हुनु भएको थियो ।

अप्रील 26, 2013 at 11:26 बिहान टिप्पणी छोड्नुहोस्

सुट वक्सिन्ग च्याम्पियन मोहन ड्रागनको जित (भिडियो सहित)

टोकियो-मार्शल आर्ट जापान, किक बक्सिङ्ग फेडरेशन च्याम्पियनसीप उपाधी हाँसिल गरिसकेका मोहन महर्जन “ड्रागन”ले अप्रिल २० तारिक भएको महत्वपूर्ण खेलमा विजय हाँसिल गरेका छन् । सेमी फाइनल इभेन्ट गेम टोकियो डोम कोराकुयन हलमा भएको उक्त खेलमा सुट बक्सिङ्ग जापानका च्याम्पियन सुजुकी आकिहिरोसँग भिडेका मोहनले पहिलो राउन्डमै प्रतिद्वान्दीलाई ढलाईदिएका थिए । ६५ केजी तौल समूह अन्तर्गत भएको सुजुकी आकिहिरोसँगको यो खेल भने मोहनको पहिलो खेल थियो । मोहनका अनुसार सुजुकी आकिहिरोले यस अघि नै ७ जना च्याम्पियनलाई जितिसकेका छन् । त्यसो त आकिहिरो मोहन भन्दा उमेरले पनि जवान छन् । (धेरै…)

अप्रील 26, 2013 at 11:02 बिहान टिप्पणी छोड्नुहोस्

सभासद्को घरमा नै चर्पी छैन

toiletकपिलवस्तु – सर्वसाधारणको घरमा त चर्पी नहुन सक्छ तर यहाँ एक सभासद्को घरमा नै शौचालय छैन ।
गत संविधानसभामा एमाओबादीका तर्फबाट सभासद् भएकी ईन्द्रमती यादबको ६ कोठे पक्की घर छ । तर  शौचालय छैन् ।
महराजगंज-ईमिलिया ग्राबेल सडकखण्ड अन्तर्गत हरिहरपुर -४ पचिगवामा रहेको घरमा यादब परिवारले चर्पी निर्माण गरेका छैनन । गाबिसलाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत गाउ स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समितिका पदाधिकाले गाउमा अनुगमन गर्दा उनको घरमा शौचालय नरहेको पाइएको समिति सदस्य थानेश्वर घिमिरेले बताए । ठूलो चिटिक्क परेको पक्की घर छ, । घरमा शौचालय नदेखेपछि भेटेर बनाउन आग्रह गरेको गाबिस सचिब टिकाराम अर्यालले बताए ।
माईती हरिहरपुर ५ नौडिहबामा बस्दै आएकी उनी १ बर्ष देखि नया घरमा बस्दै आएकी छिन् । १ हजार १ सय ३६ घर रहेको गाबिसमा उनले मात्रै शौचालय बनाउने सुरसार गरेकी छैनन् ।

अप्रील 26, 2013 at 10:58 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930