कतारमा नेपालीलाई ८ करोडको चिठ्ठा
अप्रील 26, 2013 at 8:19 अपराह्न टिप्पणी छोड्नुहोस्
कतार-कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा सामान खरीद गर्दा पाएको लक्की ड्रको चिठ्ठाले नेपाली नागरिक डिल्लीराम पराजुलीको भविष्य उज्जल बनाइदिएको छ । पराजुलीले करीव ८ करोड ७० लाखरुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । सामान किन्दा पाएको १९२२ नम्बरको चिठ्ठाले बिहीवार पराजुलीलाई १० लाख अमेरिकी डलर जिताएको हो । लक्की ड्रमार्फत छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ ।
कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए ।
कतार ड्युटी फ्रिले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्याफल’ शरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ औ ब्यक्ति हुन् ।
कतारको ड्युटी फ्रिलाई लक्षित गरी शुरू गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन् ।
एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका ’boutमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन् ।
Entry filed under: प्रवास.
Trackback this post | Subscribe to the comments via RSS Feed