“नमस्ते व्यान्ड”ले २५ औं वर्ष प्रवेश

अप्रील 26, 2013 at 7:49 अपराह्न टिप्पणी छोड्नुहोस्

Ishor-Gurung-300x251टोकियो-ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड “नमस्ते व्यान्ड” २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साथै नेपाली नयाँ वर्ष २०७० को अवसरमा गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईको साथमा टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा यही अप्रिल २८ तारिक आइतवार ६ बजेदेखि सांगीतिक कार्यक्रमको आयोजना हुन गईरहेको जानकारी व्याण्डका संस्थापक ईश्वर गुरुङले  दिनुभयो । उहाँले भन्नुभयो-“यो २५ औं वर्ष प्रवेश गरेको अवसरमा शुरु गरिएको सांगीतिक आन्दोलनको थालनी हो ।” उहाँले यसपछि लगातार रुपमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । पहिलो (कास्टीङ्ग) शुरुवात स्वारुप जापानमा राजेश पायल राईको साथमा हुन लागेको कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ । साथै यसपछि लगातार रूपमा जापानको विभिन्न शहरहरुमा पनि सांगीतिक कार्यक्रमको आयोजना गरिने कुराको जानकारी गुरुङले दिनुभयो । स्मरण रहोस ख्यातीप्राप्त व्यान्ड नमस्ते व्यान्डको स्थापना जापानमै भएको थियो । ***

Entry filed under: जापान समाचार.

एनआरएन जापानद्वारा विभिन्न कार्यक्रममा सहभागीताको लागि अनुरोध कतारमा नेपालीलाई ८ करोडको चिठ्ठा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: