नेपाली गीतसंगीतमा विदेशीको मोह
अप्रील 26, 2013 at 11:37 बिहान टिप्पणी छोड्नुहोस्
श्रीमानले घन्काउँछन् मादल, श्रीमतीले रेट्छिन सारङ्गी
नेपालीहरू अहिले विदेशी पहिरन र रहनसहनमा आकर्षित हुँदै गइरहेका छन् । वास्तवमा भन्ने हो भने त अहिलेका नयाँ पिँडी त विदेशी पहिरन र रहनसहनमा नै रमाउन चाहन्छन् । खानपान, लवाइखुवाइ मात्र नभएर वोलीचाली र रहनसहन नै उतैको मन पर्छ नयाँ युवा पिंढीलाइ । गीतसंगीत पनि हिन्दी अर्थात अंग्रेजी गीत नै गाउँदा आफ्नो उचाइ अग्लो भएको महसुस गर्दछन् । तर नेपाली गीतसंगीतमा विदेशीहरूको चासो दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसै सन्दर्भमा एक जापानी जोडीसँग मैले केही दिन पहिले गरेको कुराकानी हेर्नुस् । श्रीमानले मादल घन्काउछन् त श्रीमतीले सारङ्गी रेटेर मनै आनन्द आउने गरी । कस्तो चासो होला नेपाली संगीतमा । यो हेर्दा त लाग्छ हाम्रो संस्कृति र गीतसंगीत पनि कम छैन । हेर्नुहेस्, जापानिजको यी दुइ जोडीले नेपाली मादल र सारङ्गीको तालमा कसरी गीत गाउँदछन् ।
Entry filed under: कुराकानी.
Trackback this post | Subscribe to the comments via RSS Feed