सभासद्को घरमा नै चर्पी छैन
अप्रील 26, 2013 at 10:58 बिहान टिप्पणी छोड्नुहोस्
गत संविधानसभामा एमाओबादीका तर्फबाट सभासद् भएकी ईन्द्रमती यादबको ६ कोठे पक्की घर छ । तर शौचालय छैन् ।
महराजगंज-ईमिलिया ग्राबेल सडकखण्ड अन्तर्गत हरिहरपुर -४ पचिगवामा रहेको घरमा यादब परिवारले चर्पी निर्माण गरेका छैनन । गाबिसलाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत गाउ स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समितिका पदाधिकाले गाउमा अनुगमन गर्दा उनको घरमा शौचालय नरहेको पाइएको समिति सदस्य थानेश्वर घिमिरेले बताए । ठूलो चिटिक्क परेको पक्की घर छ, । घरमा शौचालय नदेखेपछि भेटेर बनाउन आग्रह गरेको गाबिस सचिब टिकाराम अर्यालले बताए ।
माईती हरिहरपुर ५ नौडिहबामा बस्दै आएकी उनी १ बर्ष देखि नया घरमा बस्दै आएकी छिन् । १ हजार १ सय ३६ घर रहेको गाबिसमा उनले मात्रै शौचालय बनाउने सुरसार गरेकी छैनन् ।
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed