सुट वक्सिन्ग च्याम्पियन मोहन ड्रागनको जित (भिडियो सहित)

अप्रील 26, 2013 at 11:02 बिहान टिप्पणी छोड्नुहोस्

टोकियो-मार्शल आर्ट जापान, किक बक्सिङ्ग फेडरेशन च्याम्पियनसीप उपाधी हाँसिल गरिसकेका मोहन महर्जन “ड्रागन”ले अप्रिल २० तारिक भएको महत्वपूर्ण खेलमा विजय हाँसिल गरेका छन् । सेमी फाइनल इभेन्ट गेम टोकियो डोम कोराकुयन हलमा भएको उक्त खेलमा सुट बक्सिङ्ग जापानका च्याम्पियन सुजुकी आकिहिरोसँग भिडेका मोहनले पहिलो राउन्डमै प्रतिद्वान्दीलाई ढलाईदिएका थिए । ६५ केजी तौल समूह अन्तर्गत भएको सुजुकी आकिहिरोसँगको यो खेल भने मोहनको पहिलो खेल थियो । मोहनका अनुसार सुजुकी आकिहिरोले यस अघि नै ७ जना च्याम्पियनलाई जितिसकेका छन् । त्यसो त आकिहिरो मोहन भन्दा उमेरले पनि जवान छन् । अहिलेसम्म झण्डै २० वटा म्याच खेलिसकेका ड्रागनले यति ठूलो च्याम्पियनसँग खेलेको पहिलो खेल थियो । तर पहिलो राउन्डमै चर्चित च्याम्पियन सुजुकीलाई धुलो चटाइदिन सफल भएका मोहनले खुशी हुँदै भने-“जापानी फ्यानहरू तथा उपस्थित नेपालीहरूको हौसला शक्तिमा परिणत भयो, फलस्वारूप यति ठूलो च्याम्पियनलाइ जित्न सफल भएँ, सँधैभरीको मायाँ र हौसलाको लागि धन्यवाद ।” त्यसो त साधारणतया अरू खेलहरूमा भन्दा यसमा नियम पनि अलि फरक रहेको थियो । जसको कारण पहिलेको खेलहरू भन्दा रोचक गेम भएको कुरा मोहनले बताउनुभयो । विजयपश्चात नेपाली झन्डाले बेरिएका मोहनले भने –यो खेलमा अरू बेलाको म्याचमा भन्दा भिन्दै नियम भएको अनि प्रतिद्वान्दी वलियो भएकोले खेल खेल्नुभन्दा अगाडि अलिअलि नर्भस थिएँ तर सपोटर्सहरूको हौसला शक्तिमा परिणत भइ चर्चित च्याम्पियनलाइ पनि ढलाउन सफल भएँ ।

विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रही जापानमा रहेका नेपालीहरुले नेपाली झन्डा सहित मोहनलाइ हौसला दिएका थिए । नेपालीको शिर उच्च राख्नको लागि आफूले निकै मेहनतका साथ उक्त खेल भिडेको र भविष्यमा पनि मेहनत गर्ने कुरा मोहनले बताए ।

Entry filed under: जापान समाचार.

सभासद्को घरमा नै चर्पी छैन गोरे वहादुर खपाङ्गी गम्भीर घाइते

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: