Archive for अप्रील 27, 2013

नमस्ते व्यान्डको सांगीतिक आन्दोलन शुरू

Ishor-Gurung-300x251

भोलि राजेश पायल राईले धमका मच्चाउने

टोकियो-नेपालको ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड “नमस्ते व्यान्ड” २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरेको गीत संगीत कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईले धमकेदार प्रस्तुती दिने भएका छन् । भोलि अप्रिल २८ गते आईतवार वेलुकी ६ वजेवाट टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा हुन गईरहेको जानकारी व्याण्डका संस्थापक ईश्वर गुरुङले वताउनुभयो । उहाँले भन्नुभयो-”यो २५ औं वर्ष प्रवेश गरेको अवसरमा शुरु गरिएको सांगीतिक आन्दोलनको थालनी हो ।” उहाँले यसपछि लगातार रुपमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । पहिलो (कास्टीङ्ग) शुरुवात स्वारुप जापानमा राजेश पायल राईको साथमा हुन लागेको उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ । त्यसो त गुरुंगले यसपछि लगातार रूपमा जापानको विभिन्न शहरहरुमा पनि सांगीतिक कार्यक्रमको आयोजना गर्ने कुराको जानकारी दिनुभयो । स्मरण रहोस ख्यातीप्राप्त व्यान्ड नमस्ते व्यान्डको स्थापना जापानमै भएको थियो । ***

अप्रील 27, 2013 at 11:22 अपराह्न टिप्पणी छोड्नुहोस्

८ करोड ७० लाख चिठ्ठा जित्ने पोखरेली अरे

dilliramपोखरा-दोहाको अन्तरराष्ट्रिय विमानस्थलको डयुटी फ्री पसलमा सामान खरीद गर्दा पाएको लक्की ड्रको चिठ्ठामा ८ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा जित्ने नेपाली नागरिक कास्की जिल्लाको निर्मल पोखरी ८ मासपाटनका भएको भन्ने समाचारहरू आएको छ । तर डिल्लीराम पराजुली र फेसबुकमा उनको पेजमा ठेगाना पोखरा लेखिएको आधारमा भनिएको हो कि झै पनि लाग्छ । अनि उसको काम गर्ने ठेगाना पनि कतार नै छ त्यसैले होला । तर उनका आफन्तहरूका अनुसार भनिएको छ ।  आफन्तहरुले ८ लाख भन्दा बढीको सो चिठ्ठा विजेता डिल्लीराम पराजुली मासवारका स्थायी वासिन्दा भएको बताएका हुन भनिएको छ ।  चिठ्ठा जितेपछि डिल्लीरामले घरमा श्रीमती, आमा लगायतका आफन्तहरुलाई फोन गरेर आफूले चिठ्ठ जितेको कुरा जानकारी गराएको बुझिन आएको छ- भनिएको छ ।  पराजुलीको परिवारले चिठ्ठा जितेको रकम हातमा नपरेसम्म वाहिर हल्ला गर्न नचाहेको कुरा उनकै आफन्तहरुले बताए रे ।

(धेरै…)

अप्रील 27, 2013 at 7:54 अपराह्न टिप्पणी छोड्नुहोस्

माटाका कोठी र भकारी लोप हुने अवस्थामा

बर्दिवास-महोत्तरी जिल्लाका गाउँबस्तीमा अब माटाका कोठी (भकारी) देखिन छाडेका छन् । चामल, गहुँ, चना, रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी अब गाउँघरमा देखिन छाडेका हुन् । अन्नपात भण्डारणका लागि घरघरमै बनाइने गरिएका माटाका कोठीका ठाउँमा अब प्लास्टिकका डोल, बाल्टिन र अन्य भाँडाको प्रयोग बढेपछि कोठी निर्माण हुन छाडेको हो । व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल घट्दै आएपछि घरमा भित्रिने फसलको मात्रासमेत कम भएर कोठी बन्न छाडेको ग्रामीण किसान बताउँछन् । अब उत्पादित फसल प्लास्टिकका भाँडामै अटाउने भएपछि कोठी बन्ने र बनाउने क्रम सिद्घएिको पशुपतिनगर-४ की किसान पुकारी महतोको भनाइ छ । मिथिलाक्षेत्रमा खासगरी थारू महिलामा कलाकौशलको हिसाबले समेत माटाको कोठी निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले अब निर्माण हुन छाडेको थारू कला, संस्कृतिका जानकार बताउँछन् । मिथिला क्षेत्रका थारूबस्तीमा माटाका कोठी बनाउने सीप वैवाहिक सम्बन्धका लागि कन्याको विशेष योग्यताकै रुपमा हेरिने गरेको विगत सम्झँदै प्राध्यापन पेसामा रहनुभएका हरिहरपुरहरिनमरी-९ का महेशकुमार चौधरीले पछिल्लो पुस्ताका थारू युवतीले कोठी निर्माणमा अरुचि देखाउन थालेपछि अब नयाँ कोठी बन्न छाडेको जानकारी दिनुभयो । लेसिलो माटामा भुस मिसाएर त्यसलाई मुछ्दै महिनौँ लगाएर बनाइने माटाका कोठी अब देख्न छाडिएको छ । एकदशक अघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आ-आफना घरमा बनाउने कोठी विगतमा कला प्रर्दशनीको समेत मौका हुने गरेको बूढापाकाहरु बताउँछन् । कस्ले कस्तो कोठी बनाउँदैछन्, त्यो हेर्न भीडभाड नै लाग्ने गरेको विगत सम्भFmदै बिजलपुरा-१ का समाजसेवी ६५ वर्षीय प्रमोदकुमार सिंहले बताउनुभयो ।  (धेरै…)

अप्रील 27, 2013 at 6:40 अपराह्न टिप्पणी छोड्नुहोस्

नवविवाहित जोडीलाई अस्थायी साधन’bout परामर्श

खलङ्गा – बैतडीको उत्तर पूर्वी हाट गाविसका बासिन्दा जो कसैले पनि अब बिहे गरेकै दिन स्थानीय स्वयम्सेविकासँग कम्तीमा पनि एक घन्टा अनिवार्य बसेर परिवार नियोजनका अस्थायी साधन’bout जानकारी लिनुपर्ने भएको छ । स्थानीय हाट स्वास्थ्यचौकीले गरेको निर्णयअनुसार विवाहित जोडीले परिवार नियोजनका साधन’bout अनिवार्य रुपमा परामर्श लिनैपर्ने व्यवस्था गरिएको हो । ‘घरपैसो साधन परिचय कार्यक्रम’ अर्न्तर्गत व्यवस्थित परिवार नियोजनका लागि यस्तो सल्लाह लिनुपर्ने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख विनोद कुँवरले जानकारी दिनुभयो । गाउँघरमा अझै पनि कम उमेरमा विवाह हुने र सानै उमेरमा गर्भाधारण भई आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने हुँदा यस्तो निर्णय गरी कार्यान्वयनको अन्तिम चरणमा रहेको कुवँरले बताउनुभयो । घरपैसो साधन परिचय अभियान नाम दिइएको यस कार्यक्रम’bout महिला स्वयम्सेविकाहरुलाई तालिम दिइसकिएको र परिवार नियोजनका साधनसहितको पोस्टर छपाएर योजना कार्यान्वयनमा लैजाने हाट स्वास्थ्यचौकीले जनाएको छ । (धेरै…)

अप्रील 27, 2013 at 5:32 अपराह्न टिप्पणी छोड्नुहोस्

दुरा भाषाको प्रशिक्षण कक्षा शुरू

काठमाडौं- दुरा भाषाको सारक्षता बढाउने उद्देश्यले दुरा सेवा समाजले वैशाख १२ गतेदेखि “दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम” शीर्षकमा दुरा भाषाको कक्षा सञ्चालन गरेको छ ।
कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै भाषाविद प्रा.डा. माधव पोखरेलले दुरा भाषाको कक्षा सञ्चालन भएकोले दुरा भाषा फेरि अस्तित्वमा आउनसक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कार्यक्रमका सहभागीहरूलाई आग्रह गर्नुभयो, “यहाँ सिकेका कुरा जतिसक्दो धेरै मानिसलाई सिकाउनुहोस् ।”
कार्यक्रममा बोल्दै दुरा भाषाका खोजकर्ता मुक्तिनाथ घिमिरेले आफूले दुराबस्तीहरूबाट नै दुरा भाषा संकलन गरेको र अझै पनि दुरा भाषाका शब्दहरू पाउन सकिने बताउनुभयो । (धेरै…)

अप्रील 27, 2013 at 3:05 अपराह्न टिप्पणी छोड्नुहोस्

टेलिसेन्टर सेवा सञ्चालनपछि सेवाग्राही लाभान्वित

नेपालगन्ज-सूचना प्रविधिमा पनि ग्रामीण जनताको पहुँच बढाउने उद्देश्यले जिल्ला हुलाक कार्यालयले बाँके जिल्लाको चिसापानी, कोहलपुर, वागेश्वरी र राधापुर गाविसमा ‘टेलिसेन्टर’ सेवा सञ्चालन गर्दैआएको छ ।

टेलिसेन्टरबाट सर्वसाधारणलाई फोटोकपी, फ्याक्स, लेमिनेसन, इमेल-इन्टरनेट, स्कानिङ, वेभ-फोन सेवा र आधारभूत कम्प्युटर तालिम सहुलियत शुल्कमा उपलब्ध गराइएको छ । टेलिसेन्टर सेन्टर सेवा सञ्चालन भएपछि गाविस र त्यस ’roundका ग्रामीण जनताको सहर पुग्नुपर्ने बाध्यता समाप्त हुनाका साथै छिटो, छरितो सेवाको उपलब्धताले उनीहरुको श्रम र आर्थिक खर्चमा पनि बचत भएको छ । कार्यालय प्रमुख केशरजङ्ग माझीका अनुसार जिल्लामा हाल एक जिल्ला हुलाक, ११ इलाका हुलाक र ३५ अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

सबै हुलाक कार्यालयमा १०३ दरबन्दीको व्यवस्था गरिएकामा ६५ जना मात्र कार्यरत रहनु र स्थानीय तहबाट हल्कारा र हुलाकी कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था भएकाले चिठ्ठीपत्र वितरण र डाँक ढुवानीमा समस्या आएको बताइएको छ ।एकातिर कर्मचारीको अभाव छ भने अर्कातर्फ जिल्ला हुलाक कार्यालयमा अहिले लोकसेवा आयोगका लागि शाखा अधिकृत, नायबसुब्बा र खरिदारको आवेदन दर्ता र स्वीकृतिको काम थपिँदा हुलाक सेवा थप प्रभावित भएको त्यहाँका कर्मचारी बताउँछन् ।

अप्रील 27, 2013 at 2:28 अपराह्न टिप्पणी छोड्नुहोस्

अपहरणमा परेको बालकको उद्धार

गौशाला– भारतको सीतामाढी जिल्लाअन्तरगत सुरसन्ड शहरबाट बिहीबार राति अपहरणमा परेका एक बालकलाई आज सकुशल उद्धार गरिएको छ ।

महोत्तरीको सीमासँगै जोडिएको सुरसन्ड पञ्चायतको वडा नम्बर १० बाट स्थानीय हरिवंश मुखियाको १० वर्षीय छोरा उदय मुखियालाई आज महोत्तरी प्रहरीले जिल्लाको अनकार गाविसबाट मुक्त गरेको प्रहरी नायव निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

बालक मुखियालाई महोत्तरीकै भटौलिया गाविसका भोला साहले अपहरण गरी अनकारा-६ स्थित साथीको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले छोरा भनेर साथी रामलाई जिम्मा दिएको र रामले बालकलाई घर ठेगाना सोध्दा फरक परेको र बालकले पनि आफू भारतीय भनेपछि रामले बालकलाई प्रहरी चौकी कट्टीकैयामा बुझाएका थिए ।

फरार अपहरणकारी साहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अप्रील 27, 2013 at 2:04 अपराह्न टिप्पणी छोड्नुहोस्

बङ्गलादेशमा भवन भत्कदा मर्नेको सङ्ख्या तीनसय चार पुग्यो

बङ्गलादेशको गारमेन्ट कारखाना रहेको भवन भत्कँदा मर्ने व्यक्तिको सङ्ख्या तीनसय नाघेको छ र अझै पनि हजारौँ व्यक्ति आफ्ना हराएका नातेदार खोज्न दुर्घटना ’round रहेका छन् ।

सेनाका प्रवक्ता साहिनुल इस्लामले मर्नेको सङ्ख्या ३०४ पुगेको जानकारी दिए । उनले अप्रिल २४ मा उक्त भवन भत्केपछि त्यहाँबाट दुइ हजार ३०० व्यक्तिलाई उद्धार गरिएको बताए ।

अप्रील 27, 2013 at 12:09 अपराह्न टिप्पणी छोड्नुहोस्

उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्न अस्वीकार गर्‍यो

सोल– केसोङ संयुक्त औद्योगिक क्षेत्र पुनः सञ्चालन गर्ने ’bout औपचारिक वार्ता आरम्भ गर्न दक्षिण कोरियाले राखेको प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको समाचार योनहाप समाचार संस्थाले शुक्रबार दिएको छ । यसका लागि योनहापले उत्तर कोरियाको राष्ट्रिय प्रतिरक्षा आयोगलाई उद्धरण गरेको छ । सोलले बिहीबार उत्तर कोरियालाई केसोङ औद्योगिक क्षेत्रलाई पुनः सञ्चालन गर्ने’bout औपचारिक वार्ता गर्न स्वीकार गर्न २४ घण्टाको समय दिएको थियो र प्योङयाङले उक्त समयमा वार्ता गर्न अस्वीकार गरे महत्वपूर्ण पाइला लिने बताएको थियो । यस प्रकारको पाइला के हुने हो भन्ने कुरा दक्षिण कोरियाले स्पष्ट पारेको छैन । उत्तर कोरियाको प्रतिरक्षा आयोगले दक्षिण कोरियाले परिस्थिति अझै बिगारेमा आफूहरूले अन्तिम तथा निर्णायक उपाय लिने उल्लेख गरेको भनी योनहापको समाचारमा बताइएको छ । केसोङ औद्योगिक क्षेत्रमा दक्षिण कोरियाका १२३ उद्योग छन् र त्यहाँ ५३ हजार कामदारले काम गर्छन् । औद्योगिक क्षेत्र उत्तर कोरियाका सीमाभित्र रहेको छ र यसलाई दुइ कोरियाबीच विरलै देखिने सहयोगको उदाहरणको रूपमा लिइन्छ । प्योङयाङले त्यहाँ काम गर्ने आफ्ना सबै कामदारलाई अप्रिल ९ मा फिर्ता बोलाएको थियो । दक्षिण कोरियाली व्यापारिक संस्थाहरूले आफ्नो लगानीका लागि लड्ने बताएका छन् । केसोङ सन् २००४ मा स्थापना भएको हो । रासस/एएफपी

अप्रील 27, 2013 at 12:07 अपराह्न टिप्पणी छोड्नुहोस्

नेपालको छुर्पी अमेरिकाको कुकुरलाइ

काठमाडौं-नेपालमा बनेको छुर्पी अमेरिकाका कुकुरको लागि निर्यात हुन थालेको छ ।
अमेरिकीले इलाम र पाँचथरका सीमावर्ती क्षेत्रका उद्योगबाट बर्षेनी घरपालुवा कुकुरका लागि छुर्पी लैजाने गरेका छन् । पाँचथरको प्राङबुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ ।
सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकाबाट कुकुरको आहाराका लागि छुर्पी माग बढेपछि उद्योगले हाल प्राङबुङ र मेमेङमा १० वटाभन्दा बढी उद्योगका शाखा खोलिसकेको छ ।
छुर्पीको मूल्य अहिले प्रतिकिलो ५ सय रुपैयाँ पर्न थालेको छ ।

अप्रील 27, 2013 at 11:02 बिहान टिप्पणी छोड्नुहोस्

रोजगार सम्बन्धी सेमिनार आज हुँदै

टोकियो-जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी स्टुडियो म्याजिक वर्क्स कम्पनीले आज ११:३० बजेदेखि रोजगार सम्बन्धी सेमिनार शुरू हुँदैछ । सम्बन्धित विषयको विशेषज्ञ मार्फत जापानी भाषामा सन्चालन गरिने उक्त सेमिनारबाट जापानमा कलेज तथा प्राविधिक स्कुल (सेन्मोन गाक्को) अध्ययन पश्चात रोजगारीमा कसरी लाग्ने भन्ने विषयहरुको ज्ञान सहभागीहरुलाइ दिइनेछ । त्यसो त अहिले कलेज तथा स्कुलको पढाई सकेर जब हन्टिङ भिसा लिएर बसेकाहरुले पनि यस सेमिनारबाट फाइदा लिन सक्नेछन । सेमिनारमा नेपाली तथा अन्य विदेशी विद्यार्थीहरुलाई रोजगार दिन इच्छुक कम्पनीहरुको ’boutमा पनि जानकारी दिईनेछ । सेमिनार पश्चात व्यक्तिगत रुपमा सल्लाह तथा सुझाव लिन इच्छुकहरुको लागि छुट्टै समयको व्यवस्था पनि गरिएको छ । त्यसो त व्यक्तिगत सल्लाह र सुझाव लिन चाहनेहरुको संख्या बढी भएमा अन्य दिनमा पनि कम्पनीको कार्यालयमा आई सल्लाह सुझाव लिन सकिने कुरा जानकारी प्राप्त भएको छ ।

पहिलो पटक आयोजना गरिएको यस किसिमको सेमिनारलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कुरा कम्पनीको तर्फबाट मोरिता हिकारुले बताउनुभयो । केही दिन अगाडिदेखि नै आजको सेमिनारको लागि  सहभागी हुन इच्छुक विद्यार्थीहरूबाट फारम  दर्ता आव्हान गरिएको थियो ।

ठेगानाः Ikegawa bldg. Aasagaya, Minami 3-34-16, Suginami-ku, Tokyo (166-0004)

अप्रील 27, 2013 at 10:43 बिहान टिप्पणी छोड्नुहोस्

गोरे वहादुर खपान्गीको अवस्था गम्भीर

image

अप्रील 27, 2013 at 8:53 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930