उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्न अस्वीकार गर्‍यो

अप्रील 27, 2013 at 12:07 अपराह्न टिप्पणी छोड्नुहोस्

सोल– केसोङ संयुक्त औद्योगिक क्षेत्र पुनः सञ्चालन गर्ने ’bout औपचारिक वार्ता आरम्भ गर्न दक्षिण कोरियाले राखेको प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको समाचार योनहाप समाचार संस्थाले शुक्रबार दिएको छ । यसका लागि योनहापले उत्तर कोरियाको राष्ट्रिय प्रतिरक्षा आयोगलाई उद्धरण गरेको छ । सोलले बिहीबार उत्तर कोरियालाई केसोङ औद्योगिक क्षेत्रलाई पुनः सञ्चालन गर्ने’bout औपचारिक वार्ता गर्न स्वीकार गर्न २४ घण्टाको समय दिएको थियो र प्योङयाङले उक्त समयमा वार्ता गर्न अस्वीकार गरे महत्वपूर्ण पाइला लिने बताएको थियो । यस प्रकारको पाइला के हुने हो भन्ने कुरा दक्षिण कोरियाले स्पष्ट पारेको छैन । उत्तर कोरियाको प्रतिरक्षा आयोगले दक्षिण कोरियाले परिस्थिति अझै बिगारेमा आफूहरूले अन्तिम तथा निर्णायक उपाय लिने उल्लेख गरेको भनी योनहापको समाचारमा बताइएको छ । केसोङ औद्योगिक क्षेत्रमा दक्षिण कोरियाका १२३ उद्योग छन् र त्यहाँ ५३ हजार कामदारले काम गर्छन् । औद्योगिक क्षेत्र उत्तर कोरियाका सीमाभित्र रहेको छ र यसलाई दुइ कोरियाबीच विरलै देखिने सहयोगको उदाहरणको रूपमा लिइन्छ । प्योङयाङले त्यहाँ काम गर्ने आफ्ना सबै कामदारलाई अप्रिल ९ मा फिर्ता बोलाएको थियो । दक्षिण कोरियाली व्यापारिक संस्थाहरूले आफ्नो लगानीका लागि लड्ने बताएका छन् । केसोङ सन् २००४ मा स्थापना भएको हो । रासस/एएफपी

Entry filed under: वर्गविहीन.

नेपालको छुर्पी अमेरिकाको कुकुरलाइ बङ्गलादेशमा भवन भत्कदा मर्नेको सङ्ख्या तीनसय चार पुग्यो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: