टेलिसेन्टर सेवा सञ्चालनपछि सेवाग्राही लाभान्वित

अप्रील 27, 2013 at 2:28 अपराह्न टिप्पणी छोड्नुहोस्

नेपालगन्ज-सूचना प्रविधिमा पनि ग्रामीण जनताको पहुँच बढाउने उद्देश्यले जिल्ला हुलाक कार्यालयले बाँके जिल्लाको चिसापानी, कोहलपुर, वागेश्वरी र राधापुर गाविसमा ‘टेलिसेन्टर’ सेवा सञ्चालन गर्दैआएको छ ।

टेलिसेन्टरबाट सर्वसाधारणलाई फोटोकपी, फ्याक्स, लेमिनेसन, इमेल-इन्टरनेट, स्कानिङ, वेभ-फोन सेवा र आधारभूत कम्प्युटर तालिम सहुलियत शुल्कमा उपलब्ध गराइएको छ । टेलिसेन्टर सेन्टर सेवा सञ्चालन भएपछि गाविस र त्यस ’roundका ग्रामीण जनताको सहर पुग्नुपर्ने बाध्यता समाप्त हुनाका साथै छिटो, छरितो सेवाको उपलब्धताले उनीहरुको श्रम र आर्थिक खर्चमा पनि बचत भएको छ । कार्यालय प्रमुख केशरजङ्ग माझीका अनुसार जिल्लामा हाल एक जिल्ला हुलाक, ११ इलाका हुलाक र ३५ अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

सबै हुलाक कार्यालयमा १०३ दरबन्दीको व्यवस्था गरिएकामा ६५ जना मात्र कार्यरत रहनु र स्थानीय तहबाट हल्कारा र हुलाकी कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था भएकाले चिठ्ठीपत्र वितरण र डाँक ढुवानीमा समस्या आएको बताइएको छ ।एकातिर कर्मचारीको अभाव छ भने अर्कातर्फ जिल्ला हुलाक कार्यालयमा अहिले लोकसेवा आयोगका लागि शाखा अधिकृत, नायबसुब्बा र खरिदारको आवेदन दर्ता र स्वीकृतिको काम थपिँदा हुलाक सेवा थप प्रभावित भएको त्यहाँका कर्मचारी बताउँछन् ।

Entry filed under: रासस.

अपहरणमा परेको बालकको उद्धार दुरा भाषाको प्रशिक्षण कक्षा शुरू

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: