दुरा भाषाको प्रशिक्षण कक्षा शुरू

अप्रील 27, 2013 at 3:05 अपराह्न टिप्पणी छोड्नुहोस्

काठमाडौं- दुरा भाषाको सारक्षता बढाउने उद्देश्यले दुरा सेवा समाजले वैशाख १२ गतेदेखि “दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम” शीर्षकमा दुरा भाषाको कक्षा सञ्चालन गरेको छ ।
कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै भाषाविद प्रा.डा. माधव पोखरेलले दुरा भाषाको कक्षा सञ्चालन भएकोले दुरा भाषा फेरि अस्तित्वमा आउनसक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले कार्यक्रमका सहभागीहरूलाई आग्रह गर्नुभयो, “यहाँ सिकेका कुरा जतिसक्दो धेरै मानिसलाई सिकाउनुहोस् ।”
कार्यक्रममा बोल्दै दुरा भाषाका खोजकर्ता मुक्तिनाथ घिमिरेले आफूले दुराबस्तीहरूबाट नै दुरा भाषा संकलन गरेको र अझै पनि दुरा भाषाका शब्दहरू पाउन सकिने बताउनुभयो ।
उहाँले भाँगुको अर्थ “गुँरासघारी”, म्हैङ्गाको अर्थ “खर्कु” भएको जस्ता उदाहरण दिंदै कतिपय दुराबस्तीको नाम दुरा भाषाबाटै आएको बताउनुभयो ।
सो अवसरमा बोल्दै दुरा भाषाका शब्द संकलनमा भूमिका खेल्नुहुने केशबहादुर दुराले दुरा भाषाको कक्षा नै सञ्चालन हुनसक्छ भन्ने कुरा आफूले नचिताएको तर अहिले कक्षा सञ्चालन भएको देख्दा आफूलाई निकै खुशी लागेको बताउनुभयो ।
उहाँले दुरा भाषा संलकन गर्दाको समयमा गाउँबस्ती डुल्दाको अनुभव पनि सुनाउनुभयो ।
कार्यक्रममा बोल्दै दुरा सेवा समाजका सल्लाहकार तथा पूर्वअध्यक्ष किशोर दुराले दुरा भाषा जोगाउनुपर्छ भन्ने मान्यता राखेर आफूहरूले २०६० सालमा दुरा भाषाको शब्दकोष तयार पारेको प्रसंग कोट्याउनुभयो ।
कार्यक्रममा दुरा सेवा समाजका सल्लाहकारत्रय पदमबहादुर दुरा, तुलबहादुर दुरा एवम् मिथुन दुरा उपस्थित हुनुहुन्थ्यो । यसैगरी दुरा सेवा समाजका अध्यक्ष लोकबहादुर दुरा, वरिष्ठ उपाध्यक्ष गोकुल दुरा एवम केन्द्रीय समितिका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । दुरा महिला समाजका अध्यक्ष कृष्णकुमारी दुरा, दुरा सेवा समाज/जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष भुवन दुरालगायतका समाजसेवी तथा बुद्धिजीवीहरूको पनि उपस्थिति थियो ।
तालिममा लमजुङ, तनहूँ, कास्की, चितवन र काठमाडौंका २० जना दुरा शिक्षक तथा मूलतः नयाँ पुस्ताका युवाहरूको सहभागिता छ ।

Entry filed under: समाचार.

टेलिसेन्टर सेवा सञ्चालनपछि सेवाग्राही लाभान्वित नवविवाहित जोडीलाई अस्थायी साधन’bout परामर्श

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: