नमस्ते व्यान्डको सांगीतिक आन्दोलन शुरू
अप्रील 27, 2013 at 11:22 अपराह्न टिप्पणी छोड्नुहोस्
भोलि राजेश पायल राईले धमका मच्चाउने
टोकियो-नेपालको ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड “नमस्ते व्यान्ड” २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरेको गीत संगीत कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईले धमकेदार प्रस्तुती दिने भएका छन् । भोलि अप्रिल २८ गते आईतवार वेलुकी ६ वजेवाट टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा हुन गईरहेको जानकारी व्याण्डका संस्थापक ईश्वर गुरुङले वताउनुभयो । उहाँले भन्नुभयो-”यो २५ औं वर्ष प्रवेश गरेको अवसरमा शुरु गरिएको सांगीतिक आन्दोलनको थालनी हो ।” उहाँले यसपछि लगातार रुपमा देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । पहिलो (कास्टीङ्ग) शुरुवात स्वारुप जापानमा राजेश पायल राईको साथमा हुन लागेको उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ । त्यसो त गुरुंगले यसपछि लगातार रूपमा जापानको विभिन्न शहरहरुमा पनि सांगीतिक कार्यक्रमको आयोजना गर्ने कुराको जानकारी दिनुभयो । स्मरण रहोस ख्यातीप्राप्त व्यान्ड नमस्ते व्यान्डको स्थापना जापानमै भएको थियो । ***
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed