माटाका कोठी र भकारी लोप हुने अवस्थामा

अप्रील 27, 2013 at 6:40 अपराह्न टिप्पणी छोड्नुहोस्

बर्दिवास-महोत्तरी जिल्लाका गाउँबस्तीमा अब माटाका कोठी (भकारी) देखिन छाडेका छन् । चामल, गहुँ, चना, रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी अब गाउँघरमा देखिन छाडेका हुन् । अन्नपात भण्डारणका लागि घरघरमै बनाइने गरिएका माटाका कोठीका ठाउँमा अब प्लास्टिकका डोल, बाल्टिन र अन्य भाँडाको प्रयोग बढेपछि कोठी निर्माण हुन छाडेको हो । व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल घट्दै आएपछि घरमा भित्रिने फसलको मात्रासमेत कम भएर कोठी बन्न छाडेको ग्रामीण किसान बताउँछन् । अब उत्पादित फसल प्लास्टिकका भाँडामै अटाउने भएपछि कोठी बन्ने र बनाउने क्रम सिद्घएिको पशुपतिनगर-४ की किसान पुकारी महतोको भनाइ छ । मिथिलाक्षेत्रमा खासगरी थारू महिलामा कलाकौशलको हिसाबले समेत माटाको कोठी निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले अब निर्माण हुन छाडेको थारू कला, संस्कृतिका जानकार बताउँछन् । मिथिला क्षेत्रका थारूबस्तीमा माटाका कोठी बनाउने सीप वैवाहिक सम्बन्धका लागि कन्याको विशेष योग्यताकै रुपमा हेरिने गरेको विगत सम्झँदै प्राध्यापन पेसामा रहनुभएका हरिहरपुरहरिनमरी-९ का महेशकुमार चौधरीले पछिल्लो पुस्ताका थारू युवतीले कोठी निर्माणमा अरुचि देखाउन थालेपछि अब नयाँ कोठी बन्न छाडेको जानकारी दिनुभयो । लेसिलो माटामा भुस मिसाएर त्यसलाई मुछ्दै महिनौँ लगाएर बनाइने माटाका कोठी अब देख्न छाडिएको छ । एकदशक अघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आ-आफना घरमा बनाउने कोठी विगतमा कला प्रर्दशनीको समेत मौका हुने गरेको बूढापाकाहरु बताउँछन् । कस्ले कस्तो कोठी बनाउँदैछन्, त्यो हेर्न भीडभाड नै लाग्ने गरेको विगत सम्भFmदै बिजलपुरा-१ का समाजसेवी ६५ वर्षीय प्रमोदकुमार सिंहले बताउनुभयो । 

विगतमा मुलुकको तर्राई क्षेत्रमा थारू महिलाकै सामीप्यताले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिकेका यस क्षेत्रका बूढापाका बताउँछन् । खासगरी हिउँदमा कोठी बनाउने कामको लहर नै देखिने गरेको विगत सम्झँदै भङ्गाहा-३ थारूटोल बस्तीकी ७० वषर्ीया रामपरी चौधरीले नयाँ पुस्तामा त्यस्तो रउस -रहर) नदेख्दा अब पुराना रीतिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता लागेको बताउनुभयो ।
विगतमा तर्राईमा बिघौँबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निक्कै गहुँ, चना, रहर लगायतका फसल हुने र चामल पनि निक्कै थन्क्याउनुपर्ने भएकाले त्यतिबेला घुन पुतलीबाट खाद्यान्न जोगाउन कोठी बनाउने चलन रहेको बुझिन्छ । तर पछिल्ला वर्षरुमा जग्गाको स्वामित्व घट्दै गएपछि कोठीको आवश्यकता महसुस हुन छाडेको सिङ्ग्याही-६ का रामसोगारथ राय बताउनुहुन्छ ।
यता मिथिला कला र संस्कृतिका जानकारहरु भने परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान हुने भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउनुपर्ने बताउँछन् । माटोको कोठीमा विषादी नमिर्साई खाद्यान्न सुरक्षित हुने भएकाले स्वच्छ र स्वस्थ्ा खानेकुराको रक्षाका लागि कोठी अहिले पनि अनिवार्य देखिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राध्यापक ध्रुव रायले बताउनुभयो ।
माटोका कोठीमा राखिएका फसल वर्षौंवर्षम्म्ा सुरक्षित रहने, स्वाद नब्रि्रने र स्वस्थ्यकर हुने पाका स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा माटाका कोठीको निर्माण हुन छाडेपछि फसल घुनबाट बचाउन विषादीको प्रयोग हुन थालेको र त्यसको असरले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दै गएकोमा पुराना स्वास्थ्यकर्मी बिजलपुरा-९ का ८० वर्षीय उदयचन्द्र झाले चिन्ता व्यक्त गर्नुभयो ।
यसैबीच, महोत्तरी जिल्लाका केही गैरसरकारी संस्थाले मिथिलाको पुरानो माटोका कोठी बनाउने कला मर्न नदिन नयाँ पुस्तालाई तालिमसँगै अभ्रि्रेरित गर्न लागिएको बताएका छन् । मिथिला पहिचानको एउटा हिस्सा रहेको माटोका कोठी बनाउने कुरामा नयाँ पुस्ताका युवतीलाई चाख जगाउन आफ्नो संस्थाले तालिम आयोजन गर्न लागेको जन जागृति समाज पर्सा पतैली महोत्तरीकी अध्यक्ष नायडु नेपालीले जानकारी दिनुभयो । रासस

Entry filed under: समाचार.

नवविवाहित जोडीलाई अस्थायी साधन’bout परामर्श ८ करोड ७० लाख चिठ्ठा जित्ने पोखरेली अरे

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: