रोजगार सम्बन्धी सेमिनार आज हुँदै
अप्रील 27, 2013 at 10:43 बिहान टिप्पणी छोड्नुहोस्
टोकियो-जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी स्टुडियो म्याजिक वर्क्स कम्पनीले आज ११:३० बजेदेखि रोजगार सम्बन्धी सेमिनार शुरू हुँदैछ । सम्बन्धित विषयको विशेषज्ञ मार्फत जापानी भाषामा सन्चालन गरिने उक्त सेमिनारबाट जापानमा कलेज तथा प्राविधिक स्कुल (सेन्मोन गाक्को) अध्ययन पश्चात रोजगारीमा कसरी लाग्ने भन्ने विषयहरुको ज्ञान सहभागीहरुलाइ दिइनेछ । त्यसो त अहिले कलेज तथा स्कुलको पढाई सकेर जब हन्टिङ भिसा लिएर बसेकाहरुले पनि यस सेमिनारबाट फाइदा लिन सक्नेछन । सेमिनारमा नेपाली तथा अन्य विदेशी विद्यार्थीहरुलाई रोजगार दिन इच्छुक कम्पनीहरुको ’boutमा पनि जानकारी दिईनेछ । सेमिनार पश्चात व्यक्तिगत रुपमा सल्लाह तथा सुझाव लिन इच्छुकहरुको लागि छुट्टै समयको व्यवस्था पनि गरिएको छ । त्यसो त व्यक्तिगत सल्लाह र सुझाव लिन चाहनेहरुको संख्या बढी भएमा अन्य दिनमा पनि कम्पनीको कार्यालयमा आई सल्लाह सुझाव लिन सकिने कुरा जानकारी प्राप्त भएको छ ।
पहिलो पटक आयोजना गरिएको यस किसिमको सेमिनारलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कुरा कम्पनीको तर्फबाट मोरिता हिकारुले बताउनुभयो । केही दिन अगाडिदेखि नै आजको सेमिनारको लागि सहभागी हुन इच्छुक विद्यार्थीहरूबाट फारम दर्ता आव्हान गरिएको थियो ।
ठेगानाः Ikegawa bldg. Aasagaya, Minami 3-34-16, Suginami-ku, Tokyo (166-0004)
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed