८ करोड ७० लाख चिठ्ठा जित्ने पोखरेली अरे
अप्रील 27, 2013 at 7:54 अपराह्न टिप्पणी छोड्नुहोस्
पोखरा-दोहाको अन्तरराष्ट्रिय विमानस्थलको डयुटी फ्री पसलमा सामान खरीद गर्दा पाएको लक्की ड्रको चिठ्ठामा ८ करोड ७० लाख रुपैयाँ बराबरको चिठ्ठा जित्ने नेपाली नागरिक कास्की जिल्लाको निर्मल पोखरी ८ मासपाटनका भएको भन्ने समाचारहरू आएको छ । तर डिल्लीराम पराजुली र फेसबुकमा उनको पेजमा ठेगाना पोखरा लेखिएको आधारमा भनिएको हो कि झै पनि लाग्छ । अनि उसको काम गर्ने ठेगाना पनि कतार नै छ त्यसैले होला । तर उनका आफन्तहरूका अनुसार भनिएको छ । आफन्तहरुले ८ लाख भन्दा बढीको सो चिठ्ठा विजेता डिल्लीराम पराजुली मासवारका स्थायी वासिन्दा भएको बताएका हुन भनिएको छ । चिठ्ठा जितेपछि डिल्लीरामले घरमा श्रीमती, आमा लगायतका आफन्तहरुलाई फोन गरेर आफूले चिठ्ठ जितेको कुरा जानकारी गराएको बुझिन आएको छ- भनिएको छ । पराजुलीको परिवारले चिठ्ठा जितेको रकम हातमा नपरेसम्म वाहिर हल्ला गर्न नचाहेको कुरा उनकै आफन्तहरुले बताए रे ।
तर फेसबुकमा सर्च गरेर हेर्दा डिल्लीरामको नाममा यो पेज खुलेको र त्यसैलाइ आधार मानेर पोखरेली हुन कि भनि अड्कल गर्न सकिन्छ तर उनले विहीवारदेखि आफ्नो फेसबुकमा केही लेखेका छैनन् ।
कोही पोखरेली साथीहरू केही थाहा छ भने यसको ’boutमा बताइदिनु हुन्थ्यो कि ?
Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed