Archive for अप्रील 28, 2013

नमस्ते व्यान्डको कार्यक्रम

नमस्ते व्यान्डकको २५ औं वर्ष पार गरेको अवसरमा कार्यक्रम हुँदैछ । राजेश पायल राईको साथमा नमस्ते व्यान्डका संस्थापक ईश्वर गुरूंगले आयोजना गरेको कार्यक्रम भव्यरूपमा चलिरहेको छ । त्यही अवसरमा गायक राजेश पायल सँग खिचेको फोटो । अरू समाचार र भिडियोको लागि हेर्दै गर्नुहोला http://www.afnokura.wordpress.com धन्यवाद ।

20130429-001940.jpg

अप्रील 28, 2013 at 11:52 अपराह्न टिप्पणी छोड्नुहोस्

सञ्चालक/प्रिन्सिपललाई १ देखि १५ लाख रुपैयाँसम्म कमिसन

केटाकेटीलाई किताबको भारी

कलिला बालबालिकाको पढाइका लागि कितावको भारी जरुरी छ कि सिकाउने शैलीको ?

child-and-bagकलिला बालबालिकाको पढाइका लागि पुस्तकको भारी जरुरी छ कि सिकाउने शैलीको ? देशका अधिकांश निजी विद्यालयको प्रवृत्ति हेर्दा लाग्छ उनीहरू सिकाइको शैलीमा होइन, पुस्तकको भारीमा विश्वास गर्छन् । कमिसनका लागि उनीहरू कक्षा १ का विद्यार्थीलाई कम्तीमा १२ देखि १५ वटासम्म पाठ्यपुस्तक बेचेर नाफा खाइरहेका छन् ।
६ वर्ष उमेरका, पहिलोपल्ट विद्यालयको औपचारिक शिक्षामा प्रवेश गरेका विद्यार्थीलाई दिइने किताबको बोझको प्रभाव सीमित कमाइ भएका अभिभावकमा समेत पर्ने गरेको छ । निजी विद्यालयमा बर्सेनि पुस्तक बदलिन्छ । अघिल्लो वर्ष पढेको पुस्तक अर्को वर्ष काम लाग्दैन । ३५ वर्षदेखि शिक्षण पेसामा संलग्न ललितपुर माविका पि्रन्सिपल माधव सिटौला भन्छन्, ‘किताब धेरै राखेर/बोकाएर विद्यार्थीले धेरै सिक्छन् भन्ने भ्रम मात्रै हो, प्रमुख कुरा सिकाउने शैली हो ।’ उनले कमजोर शिक्षण शैली र प्रकाशकसितको लेनदेनका कारण निजी विद्यालयले पुस्तकको बोझ बढाएको बताए । ‘धेरै किताब राख्दा केही नगद कमाइएला, तर विद्यार्थीको सिकाइ बढ्नुको साटो पढाइको बोझले विद्यालयप्रतिको उनीहरूको रुचि घट्न सक्छ,’ उनले भने, ‘हामीले कक्षा १ का ९ किताबलाई घटाएर ४ वटामा झारेका छौं ।’

(धेरै…)

अप्रील 28, 2013 at 1:45 अपराह्न टिप्पणी छोड्नुहोस्

ढुकुटी धन्दाले कलाकारहरूको भागाभाग

आपासी वोलचाल वन्द, कोही विदेशतिर सुइकुच्चा

sirjanaकाठमाण्डौ-ढुकुटी खेल्ने र खेलाउने धन्दामा लोक गायिका सिर्जना विरही थापा पक्राउ परे लगत्तै ढुकुटीको धन्दामा संलग्न सम्पूर्ण कलाकारहरूको भागदौड शुरु भएको छ । लामै समयदेखि यसै धन्दामा संलग्न करीव एक दर्जन भन्दा बढी कलाकारहरुवीच अहिले खैलावैला मच्चिएको छ । कतिपय कलाकारहरु भने यसै धन्दामा करोडौं डुवाएपछि आफै लापत्ता भई  सम्पर्क विहीन भएका छन् । यी कलाकारहरुले आफ्ना साथीभाई तथा अन्य धनाढ्य व्यक्तिहरुलाई ढुकुटी खेलाउँदै आएको बुझिएको छ । ढुकुटी डुवेपछि कतिपय कलाकारहरुबीच वोलचाल नै वन्द भएको छ । सृजना विरही थापाले केही कालकारहरुको ढुकुटी रकम तिर्न कागजमा ल्याप्चे ठोके लगत्तै शुरु भएको भागाभागमा उनी पक्राउ परेपछि अन्य कलाकारहरु पनि त्रसित बनि भागाभाग गरिरहेका छन् ।
थापाजस्तै याम क्षेत्री, कर्ण चापागाइ , प्रजा जोशी, करण न्यौपाने, रामजी खाँड धेरै ढुकुटी कारोवार गर्ने कलाकारहरु मध्येका हुन् । लोक, आधुनिक र म्यूजिक भिडियोबाट नाम र दाम कमाएका कलाकारहरु अझै कमाउने लोभले गर्दा भागाभागको अवस्था सृजना भएको हो । थापाले आफ्नो ४० लाख रुपैयाँ तिर्न बसुन्धराको एउटा पार्टी प्यालेसमा कागज गराएपछि गीत संगीत क्षेत्रबाट नाम अनि दाम कमाएका कर्ण चापागाइ लापत्ता भएका छन् । पछिल्लो समयका चर्चित लोक गायक रामजी खाँडले गीत गाएर कमाएको करीव १५ लाख रुपैयाँ ढुकुटीमा झ्वाम पारेको श्रोतको दावी छ । घिन्ताङ्ग म्यूजिक कम्पनीका सञ्चालक करण न्यौपाने ५० लाख डुवाएपछि विदेशतिर हानिएका छन् ।

अप्रील 28, 2013 at 12:27 अपराह्न टिप्पणी छोड्नुहोस्

ल हेर्नुस् मर्ने र मार्ने वाहेक अरू केही छ त समाचार ?

मोटरसाइकल दुर्घटना प्राध्यापकको निधन
कावासोती -पूर्वपश्चिम राजमार्गअर्न्तर्गत नवलपरासीको कावासोती हाटबजार नजिकै शुक्रबार साँझ रोकिराखिएको ट्रकमा मोटरसाइल ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दु बहुमुखी क्याम्पसका अङ्गे्रजी विषयका प्राध्यापक सन्तोष न्यौपानेको निधन भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १७ प ८०५६ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकिराखेको बा २ ख ९३७६ नम्बरको ट्रकमा पछाडिबाट छिर्दा मोटरसाइकलमा सवार प्रतिनगर घर भएका करिब ३० वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका ट्राफिक प्रहरी सहायक निरीक्षक प्रेम श्रेष्ठले बताउनुभयो ।
घाइतेको मृत्यु
राजविराज- पूर्वपश्चिम लोकमार्गअर्न्तर्गत सप्तरीको कल्याणपुर गाविसस्थित सडक खण्डमा शुक्रबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा घाइते खोजपुर गाविस-६ का ४० वर्षीय घुरन मण्डलको उपचारका क्रममा आज बिहान ७ बजे विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (धेरै…)

अप्रील 28, 2013 at 9:38 बिहान टिप्पणी छोड्नुहोस्

दक्षिण कोरियाली बाँकी कामदार केसोङ छोड्न थाले

south korea and north koreaसोल-उत्तर कोरियामा अवस्थित केसोङ औद्योगिक क्षेत्रमा रहेका दक्षिण कोरियाका बाँकी कामदार शनिबार त्यहाँबाट स्वदेश फर्कन लागेको स्थानीय आमसञ्चारले समाचार दिएका छन् । त्यहाँ रहेका चिनियाँ कामदारका साथै १२६ कामदारले शनिबार अपरान्ह उक्त औद्योगिक क्षेत्र छोडेका छन् । त्यसपछि बाँकी रहेका ५० कामदर पनि सोमबार त्यहाँबाट फर्कने बताइएको छ । दक्षिण कोरियाली सरकारले एक दिनअगाडि केसोङबाट आफ्ना कामदार फिर्ता लैजाने घोषणा गरेको थियो ।
दक्षिण कोरियाले केसोङ औद्योगिक क्षेत्रका विषयमा उत्तर कोरियासँग वार्ताका लागि समय सीमा तोकेको थियो र उत्तर कोरियाले उक्त सीमालाई अस्वीकार गरेको थियो । रासस/सिन्हृवा

अप्रील 28, 2013 at 9:21 बिहान टिप्पणी छोड्नुहोस्

जापानी प्रधानमन्त्री आबे गाडी दुर्घटनामा

Abeटोकियो-जापानी प्रधानमन्त्री सिन्जो आबे चढ्नुभएको सुविधासम्पन्न गाडी (लिमोजिन) शनिवार टोकियोमा पाँच गाडीसँगको दुर्घटनामा परेपनि उहाँलाई कुनै पनि चोट नलागेको जानकारी प्रहरीले दिएको छ ।
प्रधानमन्त्री आबेको गाडीलाई सुरक्षा दिएको अर्को गाडीका दुइ सुरक्षाकर्मीको अनुहारमा केही चोट लागेको महानगरपालिका प्रहरी विभागका प्रवक्ताले बताए ।
प्रहरीको गाडी अकस्मात रोकिँदा प्रधानमन्त्री आबेको गाडीले त्यसलाई ठक्कर दिएको थियो ।
प्रहरीका अन्य दुइ गाडी तथा पत्रकारहरू रहेको अर्को गाडी प्रधानमन्त्रीको गाडीसँग ठक्कर खाएको अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

अप्रील 28, 2013 at 9:10 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930