ढुकुटी धन्दाले कलाकारहरूको भागाभाग
अप्रील 28, 2013 at 12:27 अपराह्न टिप्पणी छोड्नुहोस्
आपासी वोलचाल वन्द, कोही विदेशतिर सुइकुच्चा
काठमाण्डौ-ढुकुटी खेल्ने र खेलाउने धन्दामा लोक गायिका सिर्जना विरही थापा पक्राउ परे लगत्तै ढुकुटीको धन्दामा संलग्न सम्पूर्ण कलाकारहरूको भागदौड शुरु भएको छ । लामै समयदेखि यसै धन्दामा संलग्न करीव एक दर्जन भन्दा बढी कलाकारहरुवीच अहिले खैलावैला मच्चिएको छ । कतिपय कलाकारहरु भने यसै धन्दामा करोडौं डुवाएपछि आफै लापत्ता भई सम्पर्क विहीन भएका छन् । यी कलाकारहरुले आफ्ना साथीभाई तथा अन्य धनाढ्य व्यक्तिहरुलाई ढुकुटी खेलाउँदै आएको बुझिएको छ । ढुकुटी डुवेपछि कतिपय कलाकारहरुबीच वोलचाल नै वन्द भएको छ । सृजना विरही थापाले केही कालकारहरुको ढुकुटी रकम तिर्न कागजमा ल्याप्चे ठोके लगत्तै शुरु भएको भागाभागमा उनी पक्राउ परेपछि अन्य कलाकारहरु पनि त्रसित बनि भागाभाग गरिरहेका छन् ।
थापाजस्तै याम क्षेत्री, कर्ण चापागाइ , प्रजा जोशी, करण न्यौपाने, रामजी खाँड धेरै ढुकुटी कारोवार गर्ने कलाकारहरु मध्येका हुन् । लोक, आधुनिक र म्यूजिक भिडियोबाट नाम र दाम कमाएका कलाकारहरु अझै कमाउने लोभले गर्दा भागाभागको अवस्था सृजना भएको हो । थापाले आफ्नो ४० लाख रुपैयाँ तिर्न बसुन्धराको एउटा पार्टी प्यालेसमा कागज गराएपछि गीत संगीत क्षेत्रबाट नाम अनि दाम कमाएका कर्ण चापागाइ लापत्ता भएका छन् । पछिल्लो समयका चर्चित लोक गायक रामजी खाँडले गीत गाएर कमाएको करीव १५ लाख रुपैयाँ ढुकुटीमा झ्वाम पारेको श्रोतको दावी छ । घिन्ताङ्ग म्यूजिक कम्पनीका सञ्चालक करण न्यौपाने ५० लाख डुवाएपछि विदेशतिर हानिएका छन् ।
Entry filed under: समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed