ल हेर्नुस् मर्ने र मार्ने वाहेक अरू केही छ त समाचार ?

अप्रील 28, 2013 at 9:38 बिहान टिप्पणी छोड्नुहोस्

मोटरसाइकल दुर्घटना प्राध्यापकको निधन
कावासोती -पूर्वपश्चिम राजमार्गअर्न्तर्गत नवलपरासीको कावासोती हाटबजार नजिकै शुक्रबार साँझ रोकिराखिएको ट्रकमा मोटरसाइल ठक्कर खाँदा मोटरसाइकलमा सवार मध्यविन्दु बहुमुखी क्याम्पसका अङ्गे्रजी विषयका प्राध्यापक सन्तोष न्यौपानेको निधन भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १७ प ८०५६ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकिराखेको बा २ ख ९३७६ नम्बरको ट्रकमा पछाडिबाट छिर्दा मोटरसाइकलमा सवार प्रतिनगर घर भएका करिब ३० वर्षीय न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका ट्राफिक प्रहरी सहायक निरीक्षक प्रेम श्रेष्ठले बताउनुभयो ।
घाइतेको मृत्यु
राजविराज- पूर्वपश्चिम लोकमार्गअर्न्तर्गत सप्तरीको कल्याणपुर गाविसस्थित सडक खण्डमा शुक्रबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा घाइते खोजपुर गाविस-६ का ४० वर्षीय घुरन मण्डलको उपचारका क्रममा आज बिहान ७ बजे विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फजाँदै गरेको ना३ख ५५५१ नम्बरको यात्रुवाहक बसले कल्याणपुर-३ मा दिएको ठक्करले साइकल चालक मण्डल घाइते भएका थिए ।
साइकलमा सवार सोही ठाउँका ५० वर्षीय मोहर मण्डलको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । बस र बस चालक धादिङ नौबिसे-८ का ३१ वर्षीय सुरेन्द्र तामाङलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।
बालिकाको डुबेर मृत्यु
विराटनगर-मोरङको पूर्वी गाविसमा एक बालिकाको खोलामा डुबी शुक्रबार साँझ मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरपुर­ -१ बस्ने जलेश्वर ऋषिदेवकी दुइ वर्षीय छोरी वीना सोही स्थानमा रहेको बूढीखोलामा खेल्दाखेल्दै डुबेकामा सामुदायिक अस्पताल इटहरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते
मोरङ शनिश्चरे गाविस-१ स्थित भुटान शरणार्थी शिविरमा दाजुले भाइलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शिविरको सेक्टर जे ३ हट नं १४ मा बस्ने २२ वषर्ीय हेमकुमार घलेलाई निजकै २९ वर्षीय दाजु सन्दीपले शुक्रबार साँझ खुकुरी प्रहार गरेका थिए ।
घाइते हेमकुमारको आम्दा अस्पताल दमकमा उपचार भरहेको छ । सन्दीपलाई भने इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Entry filed under: रासस.

दक्षिण कोरियाली बाँकी कामदार केसोङ छोड्न थाले ढुकुटी धन्दाले कलाकारहरूको भागाभाग

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: