Archive for अप्रील 29, 2013

रेकर्ड नयाँ नयाँ, आखिर नेपाली त जातै महाराज

फुटवल हान्ने खेलाडीले मान्छे हानेपछि भन्ने शीर्षकमा अलि अस्तिनै मैले व्लग लेखे जस्तो लाग्छ । नेपालीको त जातै महाराज भने झै डान्गडुंग गर्न त कसले भेटने ? केही जात्रा भयो भने, दुई चार ट्वाँक लायो अनि सिंगौरी खेल्यो, अनि हानाहान गर्यो । मेच टेवुल भाँच्यो आहा कति मजा । जापानमा जुनसुकै कार्यक्रम गर्दा पनि लडाईं तथा झै झगडा नियन्त्रण समिति वनाउन आवश्यकै भैसक्यो । वामदेव गौतमका विचार झैं युवा रगत पेट्रोल भन्दा खतरा हुन्छ, जुन सानो झिल्को आगोमा पर्यो कि भ्यायो । त्यस्तै युवा रगतमा विजुली पानी मिसाए पछि त के कुरा गरौं र ! जव प्रेमरूपी पान्ग्राले गति लिन्छ, तव त्यहाँ कुनै निश्चित नियम हुँदैन भने जस्तो हुन्छ । ठोकठाक मन्त्रालय सम्वन्धी अन्य जानकारीहरू पछि विस्तारमा कुरा गरौंला । जापानका तोरी लाहुरेहरूको कुरा पनि अर्को भागमा नै तर अहिलेलाई भने सगरमाथातिरको ठोकठाक समाचार । (धेरै…)

अप्रील 29, 2013 at 11:20 अपराह्न टिप्पणी छोड्नुहोस्

टुप्पीमा झुंडीएर खोला तर्दा ज्यान गयो

मान्छेका अनेकौ सोखहरु हुने गर्छन, टुप्पी र जुँगाले गह्रौं बस्तु उठाएर गिनिज वर्ल्ड रेकर्ड राखिसकेका भारतीय नागरिकको हृदयघातका कारण मृत्यु भएको छ ।
टुप्पीको मद्दतले झुण्डिएर टिस्टा नदी तर्ने क्रममा गोर्खाल्यान्ड सिलिगुडीका ५० वर्षीय शैलेन्द्रनाथ रायको आइतबार मृत्यु भएको हो । टुप्पीमा झुन्डिएर करिव ४५ मिनेट अड्किएपछि अन्ततः उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो साहसिक कार्य अगाडी सुरक्क्षात्मक साबधानी नअपनाउदा उद्दार कार्य हुन नसेको प्रहरीको भनाई छ |

अप्रील 29, 2013 at 9:12 अपराह्न टिप्पणी छोड्नुहोस्

फराकिलो भो पोखराको सडक

कास्की, १६ वैशाख । पोखराका सडकपेटीमा बसेर व्यापार व्यवसाय गर्दै आएका साना व्यवसायीहरूले नगरपालिकाले तोकेको निश्चित ठाउँमा आफैँले टहरा बनाएर व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
छरिएर रहेका साना व्यवसायीहरूले एकै ठाउँबाट व्यवसाय सञ्चालन गर्न थालेपछि यहाँको बजार व्यवस्थित देखिन थालेको छ भने सडकहरू फराकिला बनेका छन् । साना व्यवसायीले सञ्चालनमा ल्याएको बजारलाई व्यवस्थित गर्ने, यसको प्रचारप्रसार र सरसफाई गर्ने जिम्मासमेत पोखरा उपमहानगरपालिकाले लिएको छ ।
सडकपेटीमा व्यापार गर्न दिँदा पोखराको सुन्दरतामा आँच आउन थालेपछि नगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा गत फागुनमा एक हजार २०० फुटपाथ व्यवसायीलाई सडकबाट हटाएको थियो । (धेरै…)

अप्रील 29, 2013 at 8:05 अपराह्न टिप्पणी छोड्नुहोस्

ल हेरौं लमजुङ्गे ठाडो भाका

चैत्रे दशैं मेला हेर्न नपाएको त कति भयो कति । ती दिनहरू, ती क्षणहरू अव सम्झनामा मात्रै रहेका छन् मेरा लागि । यदि समय र परिस्थितिले कुनै दिन साथ दिए भने अवश्य भेट हुँला नि फेरि चैते दशैंमा । 

यादहरू आउँछ ती दिनहरूको अनि यादहरू आउँछ यी गीतहरूको ः चैते दशैं बजारमा आउ नानी, चिनाजानी गरेर जाउलानी ।। यस्तै यस्तै । तर आज आउनुस् परदेश बाट भएपनि गाउँको ठाडो भाका सहितको चैते दशैं मेलाहेरौं ।

 

अप्रील 29, 2013 at 7:25 अपराह्न टिप्पणी छोड्नुहोस्

नमस्ते व्यान्डको शुभकामना कार्यक्रम सम्पन्न (भिडियो सहित)

टोकियो-नमस्ते व्याण्डले आफ्नो स्थापनाको २५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा तथा नेपालीहरुको नयाँ वर्ष २०७० को अवसरमा नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङ्गले आयोजना गरेको गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईको साथमा टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा सम्पन्न उक्त कार्यक्रममा जापानवासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा ज्ञात अज्ञात दिवांगत स्रष्टाहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो भने नेपाली राष्ट्रिय गान सयौं फूलका थुङ्गा हामीका गायक राजेश पायल राईकै साथमा राष्ट्रिय गीत गाएर उदघाटन गरिएको थियो । (धेरै…)

अप्रील 29, 2013 at 6:24 अपराह्न टिप्पणी छोड्नुहोस्

आगलागीबाट रु १० लाख बराबरको क्षति

आगलागीबाट रु १० लाख बराबरको क्षति
गौशाला, १६ वैशाख । गएराति महोत्तरीको मझौरा बिसनपुर गाविस ९ गोबरौरामा भएको भीषण आगलागीबाट रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।
गोबरौरा बस्ने देवकिसुन यादवको दुइकोठे खपरेली घरमा अचानक आगलागी हुँदा निजको घरभित्र रहेका नगद, सुनचाँदीका गरगहना, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न वस्तु र घरसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
राति करिब ७ बजे चलेको तेज हावाहुरीको कारण सोही ठाउँ निवासी कोकवा यादवको दुइतल्ले काठको घरमा पनि आगलागी हुँदा निजको पनि घर र घरभित्रका नगद, गरगहना, भाँडाकुँडा, लत्ताकपडा, खाद्यवस्तु अन्नपात जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
गोबरौराको दुइ घरमा भीषण आगलागी भएको बेला जिल्लाको जलेश्वर नगरपालिकाको कार्यालयमा रहेको बारुण यन्त्रलाई टेलिफोन गर्दा बारुण यन्त्र घटनास्थलमा नगएको गुनासो पीडितहरूले गरेका छन् । (धेरै…)

अप्रील 29, 2013 at 2:25 अपराह्न टिप्पणी छोड्नुहोस्

महिलाको पहलमा खानेपानी

भक्तपुर, १६ वैशाख । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका भक्तपुर सिपाडोल गाविस गुन्चाटोलका महिलाहरुले आफनै पहलमा खानेपानी ल्याएका छन् ।
खानेपानीको समस्या समाधान गर्न यहाँका महिलाले ११ जनाको लालीगुराँस खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी ६०० मिटरमाथिको मुहानबाट पानी ल्याएपछि यहाँका २९ घरधुरीका ३०० भन्दा बढी स्थानीय बासिन्दा खानेपानी समस्याबाट मुक्त भएका छन् ।
समूहकी अध्यक्ष खड्गकुमार वज्रगाई टोलका महिलाहरुलाई सचेत गराएर टोलमाथि रहेको पानीको मूलबाट गाउँमा पानी ल्याएको बताउनुभयो ।
समूहकी सचिव रुपलक्ष्मी दुलालले महिलाहरुकै पहलमा लालीगुराँस उपभोक्ता समितिबाट ६२९ जनाले रु ३१६ हजार ३१२ बराबरको श्रमदान गरेका बताउनुभयो ।
आयोजनाका लागि वर्ल्ड भिजनबाट रु चार लाख ६१ हजारको सहयोगमा योजना सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
वर्ल्ड भिजन इन्टरनेसनल भक्तपुर एडिपीको आर्थिक सहयोग र युवा क्रियाकलाप समाज भक्तपुरको प्राविधिक सहयोगमा गत मङ्सिरमा सुरु गरेको पानीको मुहानबाट पाइप राखेर टयाङ्की निर्माण गरेर यही वैशाखमा खानेपानी योजना सम्पन्न गरेका हुन् ।

अप्रील 29, 2013 at 2:17 अपराह्न टिप्पणी छोड्नुहोस्

राउटेले झण्डै ५० हजार बराबरको सहयोग लिएर फर्के

पर्वत-सहयोग संकलनका क्रममा शनिबार पर्वत आएका राउटे समुदायका व्यक्तिहरुले झण्डै ५० हजार बराबरको सहयोग लिएर बासस्थान फर्केका छन् ।
सहयोग माग्दै पर्वत आएका उनीहरुलाई सदरमुकामका विभिन्न विद्यालय सँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति लगायत अन्य विभिन्न सरकारी कार्यालय तथा कर्मचारीहरुले सहयोग प्रदान गरेका थिए ।
सदरमुकाममा सञ्चालित नीजि विद्यालय सँगै शिवालय उच्च माविले राउटे र शिक्षक विद्यार्थी एवं अभिभावक बिच साक्षात्कार कार्यक्रम सञ्चालन गरिएको थियो । यसरी साक्षात्कार कार्यक्रम सँगै आइतबार विभिन्न विद्यालयका विद्यार्थीहरुले खाजा खान विद्यालयमा घरबाट लिएर गएको पैसा राउटेलाई सहयोग गरेका थिए । (धेरै…)

अप्रील 29, 2013 at 11:04 बिहान टिप्पणी छोड्नुहोस्


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930