आगलागीबाट रु १० लाख बराबरको क्षति
अप्रील 29, 2013 at 2:25 अपराह्न टिप्पणी छोड्नुहोस्
आगलागीबाट रु १० लाख बराबरको क्षति
गौशाला, १६ वैशाख । गएराति महोत्तरीको मझौरा बिसनपुर गाविस ९ गोबरौरामा भएको भीषण आगलागीबाट रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।
गोबरौरा बस्ने देवकिसुन यादवको दुइकोठे खपरेली घरमा अचानक आगलागी हुँदा निजको घरभित्र रहेका नगद, सुनचाँदीका गरगहना, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न वस्तु र घरसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
राति करिब ७ बजे चलेको तेज हावाहुरीको कारण सोही ठाउँ निवासी कोकवा यादवको दुइतल्ले काठको घरमा पनि आगलागी हुँदा निजको पनि घर र घरभित्रका नगद, गरगहना, भाँडाकुँडा, लत्ताकपडा, खाद्यवस्तु अन्नपात जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
गोबरौराको दुइ घरमा भीषण आगलागी भएको बेला जिल्लाको जलेश्वर नगरपालिकाको कार्यालयमा रहेको बारुण यन्त्रलाई टेलिफोन गर्दा बारुण यन्त्र घटनास्थलमा नगएको गुनासो पीडितहरूले गरेका छन् ।
यता आगलागी स्थानीय युवा र दुइ प्रहरीको सहयोगमा करिब ३ घण्टापछि नियन्त्रणमा लिएको थियो । दुवै घरमा आगलागीका कारण’bout यकिन हुन सकेको छैन भने आगलागीले कापर र यादव दुवै परिवारलाई बिचल्ली बनाएको छिमेकी गाउँका सञ्चारकर्मी वैद्यनाथ चौधरीले बताउनुभयो ।
आगलागीबाट ११ पसल जलेर नष्ट
नेपालगन्ज, १६ वैशाख । गएराति विद्युत र्सट भएर आगलागी हुँदा स्थानीय धम्बोजीस्थित ११ पसल जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, राति १२ बजे लागेको आगोले पाँच मोबाइल, तयारी लुगा, भाँडा, घडी पसल र एक रेस्टुरेन्टमा रहेका सामान जलेर नष्ट भएको छ ।
सुनिल गुप्ताको मोवाइल पसलबाट सुरु भएको आगलागीले नईन र्राईनी, लालु चौधरी, विष्णु पौडेल, सान र्राईनी, पप्पु हल्वाई, लल्लु राइनीलगायतका पसल जलेका छन् ।
आगलागी भएको एक घण्टापछि मात्र करिब एक किलोमिटरको दूरीमा रहेको बारुणयन्त्र घटनास्थलमा पुगेकाले समयमा आगो निभाउन नसक्दा धेरै क्षति बेहोर्नुपरेको पीडितहरूको गुनासो छ ।
सो आगलागीबाट रु दुइ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed