नमस्ते व्यान्डको शुभकामना कार्यक्रम सम्पन्न (भिडियो सहित)
अप्रील 29, 2013 at 6:24 अपराह्न टिप्पणी छोड्नुहोस्
टोकियो-नमस्ते व्याण्डले आफ्नो स्थापनाको २५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा तथा नेपालीहरुको नयाँ वर्ष २०७० को अवसरमा नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङ्गले आयोजना गरेको गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । नेपालका ख्यातीप्राप्त गायक राजेश पायल राईको साथमा टोकियोको आजिया योकोच्यो, सिन्जुकुमा सम्पन्न उक्त कार्यक्रममा जापानवासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा ज्ञात अज्ञात दिवांगत स्रष्टाहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो भने नेपाली राष्ट्रिय गान सयौं फूलका थुङ्गा हामीका गायक राजेश पायल राईकै साथमा राष्ट्रिय गीत गाएर उदघाटन गरिएको थियो ।
हँसिलो अनुहार अनि लामो कपाल पालेका नमस्ते व्याण्डका संस्थापक र्इश्वर गुरुङ्ग टाउकोमा सेतो फेटा गुथेर अनि सेतै सल ओढेर डमरुसहित लगभग शिवकै भेषमा स्टेजमा उपस्थित हुँदा दर्शक दीर्घाबाट २५ औं वर्षमा पार गरेको उपलक्ष्यमा जोडदार तालिका पर्रासहित शुभकामना दिएका थिए ।
१९८९ मा ३ जना जापानीज नागरिकहरु सहित जापान मै स्थापित नमस्ते व्याण्डले आफनो २५ औं वर्ष प्रवेशको शुभ अवसरमा जापानबाटै फेरि अर्को सांगीतिक आन्दोलन शुरु गरेको घोषणा गरेको छ ।
कार्यक्रममा संस्थापक गुरुङ्गले भने –”यो २५ औं वर्षप्रवेश गरेको अवसरमा शुरु गरिएको आन्दोलनको थालनी हो ।”यसपछि पनि लगातार रुपमा जापान लगायत देश तथा विदेशमा सांगीतिक कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा ख्यातीप्राप्त गायक राजेश पायल राईले आफना एल्बम र चलचित्रका लागि गाएका थुप्रै हिट गीतहरु गाएका थिए ।
२५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थापक ईश्वर गुरूङ्ग लगायत व्यान्डका सदस्यहरूलाइ तमू धीं जापानले सम्मान गरेको थियो ।
पहिलो चरणको कार्यक्रमको सञ्चालन रामकृष्ण वम मल्लले गरेका थिए ।
Shop Amazon - Perfect Gifts for Mother's Day
Entry filed under: जापान समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed