महिलाको पहलमा खानेपानी
अप्रील 29, 2013 at 2:17 अपराह्न टिप्पणी छोड्नुहोस्
भक्तपुर, १६ वैशाख । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका भक्तपुर सिपाडोल गाविस गुन्चाटोलका महिलाहरुले आफनै पहलमा खानेपानी ल्याएका छन् ।
खानेपानीको समस्या समाधान गर्न यहाँका महिलाले ११ जनाको लालीगुराँस खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी ६०० मिटरमाथिको मुहानबाट पानी ल्याएपछि यहाँका २९ घरधुरीका ३०० भन्दा बढी स्थानीय बासिन्दा खानेपानी समस्याबाट मुक्त भएका छन् ।
समूहकी अध्यक्ष खड्गकुमार वज्रगाई टोलका महिलाहरुलाई सचेत गराएर टोलमाथि रहेको पानीको मूलबाट गाउँमा पानी ल्याएको बताउनुभयो ।
समूहकी सचिव रुपलक्ष्मी दुलालले महिलाहरुकै पहलमा लालीगुराँस उपभोक्ता समितिबाट ६२९ जनाले रु ३१६ हजार ३१२ बराबरको श्रमदान गरेका बताउनुभयो ।
आयोजनाका लागि वर्ल्ड भिजनबाट रु चार लाख ६१ हजारको सहयोगमा योजना सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
वर्ल्ड भिजन इन्टरनेसनल भक्तपुर एडिपीको आर्थिक सहयोग र युवा क्रियाकलाप समाज भक्तपुरको प्राविधिक सहयोगमा गत मङ्सिरमा सुरु गरेको पानीको मुहानबाट पाइप राखेर टयाङ्की निर्माण गरेर यही वैशाखमा खानेपानी योजना सम्पन्न गरेका हुन् ।
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed