रेकर्ड नयाँ नयाँ, आखिर नेपाली त जातै महाराज

अप्रील 29, 2013 at 11:20 अपराह्न टिप्पणी छोड्नुहोस्

फुटवल हान्ने खेलाडीले मान्छे हानेपछि भन्ने शीर्षकमा अलि अस्तिनै मैले व्लग लेखे जस्तो लाग्छ । नेपालीको त जातै महाराज भने झै डान्गडुंग गर्न त कसले भेटने ? केही जात्रा भयो भने, दुई चार ट्वाँक लायो अनि सिंगौरी खेल्यो, अनि हानाहान गर्यो । मेच टेवुल भाँच्यो आहा कति मजा । जापानमा जुनसुकै कार्यक्रम गर्दा पनि लडाईं तथा झै झगडा नियन्त्रण समिति वनाउन आवश्यकै भैसक्यो । वामदेव गौतमका विचार झैं युवा रगत पेट्रोल भन्दा खतरा हुन्छ, जुन सानो झिल्को आगोमा पर्यो कि भ्यायो । त्यस्तै युवा रगतमा विजुली पानी मिसाए पछि त के कुरा गरौं र ! जव प्रेमरूपी पान्ग्राले गति लिन्छ, तव त्यहाँ कुनै निश्चित नियम हुँदैन भने जस्तो हुन्छ । ठोकठाक मन्त्रालय सम्वन्धी अन्य जानकारीहरू पछि विस्तारमा कुरा गरौंला । जापानका तोरी लाहुरेहरूको कुरा पनि अर्को भागमा नै तर अहिलेलाई भने सगरमाथातिरको ठोकठाक समाचार ।
टुप्पीमा डोरीले वाँधेर कितावका पानापाना कन्ठ गरी शास्त्री पास गरेको कथाहरू त हामीले सुनेकै हौं । तर अहिले आएर टुप्पीमा झुन्डिएर खोला तरी रेकर्ड राख्न खोज्नेको मृत्यु भएको पनि समाचार पढ्न पायौं । यसै गरी अहिले सगरमाथा चुचुरोमा जान हाम्री एक हिरोइन र हिरो तल्लीन छन् । ‘भिलेन’ गएका छैनन् । तर पनि पछिल्लो पटक आएको समाचारमा त सगरमाथामा ‘फाइट’ पो भएको भन्छ त । सगरमाथामा फाइट ? सुन्दा अचम्म लाग्छ। तर साँच्चै यस्तो भएको भन्छ हिमालीसन्चार ।
क-कसको फाइट पर्‍या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र विदेशी पर्वतारोहीहरुबीच ! सगरमाथा चढ्न भनी उक्लिरहेका स्विट्जरल्यान्डका एक र इटालीका एक पर्वतारोहीलाई उनीहरुले कुटेका रहेछन् ।
उनीहरुलाई किन कुटियो भन्ने ’bout केही थाहा हुन सकेको छैन । सगरमाथामा शिखरतर्फ उक्लँदै गएपछि जति जति माथि गइन्छ, त्यति नै अक्सिजनको अभावले कसैकसैको मानसिक सन्तुलन गुम्नसक्दो रहेछ । यस्तो बेलामा असमान्य क्रियाकलाप गर्दा रहेछन् आरोहीहरु। अनि मजदुर शेर्पाहरुले उनीहरुलाई नियन्त्रण गर्न लछारपछार गर्न सक्छन्- एक आरोहीले हिमालीसन्चारलाई भने। सगरमाथा आरोहण गर्न त्यति सजिलो पनि त छैन ।
आरोहीहरु उग्र नै भए भने नि ? शेर्पा दाजुहरुलाई यत्तिकै छाडेर लाग्दा रहेछन् । अनि त्यसपछि मानसिक सन्तुलन गुमिसकेको त्यो आरोही मर्न पनि सक्छ। त्यत्रो उचाइमा कसले के गर्‍यो भनेर हेरविचार गर्ने, लेखाजोखा राख्न पनि प्रायः असंभव नै हुन्छ।
यस्तो घटना हुँदा सरकारलाई चाहिँ केही थाहा हुँदैन त ? खासमा हुनुपर्ने हो । सरकारले आरोहीहरुको गतिविधि थाहा पाउन सम्पर्क अधिकृत खटाउने गर्छ । तर त्यस्ता सम्पर्क अधिकृतहरु आफूलाई अनुकूल स्थानमा दिन कटाउँदै बस्ने हुनाले उनीहरुलाई माथि भएका घटना ’bout केही थाहा हुँदैन ।

Entry filed under: िवचार.

टुप्पीमा झुंडीएर खोला तर्दा ज्यान गयो इराकमा हप्ता दिनमा २३० मारिए

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

अप्रील 2013
सो मं बु बि शु
1234567
891011121314
15161718192021
22232425262728
2930  

%d bloggers like this: