इराकमा हप्ता दिनमा २३० मारिए
अप्रील 30, 2013 at 11:19 बिहान टिप्पणी छोड्नुहोस्
बग्दाद, १६ वैशाख । इराकमा गत सात दिनयता भएका आक्रमणहरुमा कम्तीमा पनि २३० को हत्या भएको समाचार छ ।
प्राप्त समाचारअनुसार त्यहाँ गत हप्ताका लागि आहृवान गरिएको निर्वाचनको मुखमा आएर हत्या हिंसाका घटनामा वृद्धि भएको हो ।
ती घटनामा परी २३० जनाको ज्यान गइसकेको र अरु सयौँ नागरिक घाइते भएका समाचारमा जनाइएको छ ।
सोमबार पनि दक्षिणी इराकमा भएको हमलामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । ती मारिएका नागरिक सिया मुस्लिम समुदायका भएका पनि समाचारमा उल्लेख छ ।
गत मङ्गलबार उत्तरी इराकमा सिया र सुन्नी मुस्लिम समुदायका नागरिकका बीचमा भएका हिंसामा परी केही नागरिकको ज्यान गएपछि इराकभर हत्याको शृङ्खला सुरु भएको बताइएको छ ।
इराकका कारबाला, दियाला र अमारा क्षेत्रमा आज पाँचवटा कार विस्फोट भएका थिए । ती विस्फोटमा परी सयभन्दा बढी घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।
गतवर्षो तुलनामा यसवर्षइराकमा हत्या हिंसाका घटनामा निकै नै वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।
इराकबाट अमेरिकी सेना हटेपछि गत हप्ता पहिलो पटक प्रान्तीय निर्वाचनको आहृवान गरिएको थियो । यस हप्ताको हत्या सोही निर्वाचनलाई लक्ष्य गरेर पनि गरिएको अधिकारहिरुले जानकारी दिएका छन् ।
यसैबीच गत बिहीबार मात्र पनि इराकका विभिन्न स्थानमा भएका हत्याका क्रममा कम्तीमा पनि पचास जनाको ज्यान गएका समाचारहरु प्राप्त भएका छन् ।
इराकको उत्तरी भागमा अवस्थित किर्कुकमा घातक हमला भएका र त्यसमा परी पचास व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।
सुन्नी समुदायका पर््रदर्शनकारीले प्रधानमन्त्री नुरी अल-मलिकीको राजिनामा मागेका थिए र सो घटनापछि पनि हिंसा झनै मच्चिएको थियो । रासस/एएफपी
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed