चना चटपटे बेचेरै मदनले राम्रो आम्दानी गर्दै
अप्रील 30, 2013 at 8:30 अपराह्न टिप्पणी छोड्नुहोस्
सप्तरी, १७ वैशाख । नेपालमा बसेर राम्रो आम्दानी गर्न सकिदैन भनेर सप्तरीमा दिनहुँ युवाहरू विदेशीने क्रम बढ्दै गएको छ ।
तर यहाँ यस्ता पनि युवाहरू छन् जो दिनहुँ श्रम गरेर बर्सर्ेे लाखौँ रुपैयाँ आम्दानी गरी परिवारको लालनपालन गर्दै आएका छन् । यस्तै युवा मध्येका हुन् सप्तरीको शम्भुनाथ गाविस-३ निवासी मदन कुमार साह ।
साहले चना चटपटे बेचेरै ६ जनाको परिवार चलाउँदै आउनुभएको छ ।
सानै उमेरदेखि चना चटपटे बनाएर बेच्ने पेशा सुरु गर्नुभएका ३० वषर्ीय साहले अहिले सोही पेशाबाट परिवारको गुजारा चलाउनुको साथै दर्ुइ वटा छोरालाई निजी विद्यालयमा पढाउँदै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “कम पुँजीमा पनि राम्रो परिश्रम गर्न सके घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने आफूले जीवनमा अनुभव गरेको छु ।”
बुवा चन्देश्वर साहसँगै १९ वर्षै उमेरदेखि चना चटपटे बेच्ने सुरु गरेका साहलेे सुरुमा गाउँमा पैदल हिँडेर चना चटपटे बेच्दै आउनुभएको थियो । आफैले व्यावसायिक रूपमा चना चटपटे बेचेर अहिले सम्ममा रु १० लाख भन्दा बढी पुँजी तयार गरिसकेको साह बताउनुहुन्छ ।
विगत ११ वर्षेखि चना चटपटे बेच्ने पेशा सुरु गर्नुभएका साह अहिले सो पेशा गरेर दैनिक ४०० देखि ७०० रुपैयाँसम्म कमाउने गरेको र त्यही कमाइबाट ६ जना परिवारलाई पाल्दै आएको बताउनुहुन्छ ।
चना चटपटे बेचेरै सदरमुकाम राजविराज नगरपालिका-२ चनौरा पडरियामा ६ धुर जग्गासमेत उहाँले खरिद गरिसक्नु भएको छ ।
पैदल हिँडेर व्यवसाय सुरु गर्नुभएका उहाँले चना चटपटे बेचेर मोटरसाइकल खरिद गरी व्यवसायीलाई निरन्तरता दिँदै आउनुभएको छ ।
सुरुमा चना प्याकिङ गर्ने मेसिन नहुँदा अन्यत्रैबाट चना चटपटे बनाएर ल्याउनर्ुपर्ने बाध्यता थियो तर अहिले आफुले कमाएरै चना मेसिनसमेत खरिद गरिसकेको साह बताउनुहुन्छ ।
“घरमै चना बनाउने मेसिन छ, श्रीमतीले घरमा चना बनाएर प्याकिङ गर्छिन्, म गाउँ गाउँमा डुलेर बेच्ने गरेको छु”-साहले भन्नुभयो, “श्रीमतीको साथ पाएर यही पेशा अँगालेको छु, यसबाट आफू र आफनो परिवार सन्तुष्ट छन् ।”
साधारण लेखपढ मात्र गर्न जानेका साहले आफूले पढ्न नपाएपनि छोरालाई राम्रो शिक्षा दिलाएर असल मान्छे बनाउने लक्ष्य राखेको बताउनुहुन्छ ।
सुरुसुरुका दिनमा परिवारका सदस्यहरूबाट प्रताडित ३५ वषर्ीय साहले आफू परिश्रम गरेर राम्रो आम्दानी गर्न थालेपछि परिवारको सदस्यहरूबाट समेत सम्मान पाउन थालेको बताउनुहुन्छ ।
गाउँका आफ्नै साथीसमेत कमाउनका लागि विदेशीएको सम्भिmदै साह भन्नुहुन्छ, “गाउँका साथीहरूले विदेशमा जति कमाउनुहुन्छ, त्यो भन्दा बढी आफू गाउँ घरमै बसेर कमाइरहेको छु ।”
घरमै तयारी भएको चना चटपटे सप्तरीसहित सिरहा, सुनसरी र भारतको सीमावर्ती बजार कुनौलीसम्म पुर्याएर बिक्री गर्दै आउनुभएका उहाँले चना चटपटेले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ ।”
लागतको अनुपातमा आम्दानी सन्तोषजनक रहेको बताउँदै साह भन्नुहुन्छ, ”चना चटपटेको एउटा प्याकेटमा चार रुपैयाँ खर्च हुन्छ र अहिले प्रति प्याकेट छ रुपैयाँका दरले बेच्दै आएको छु ।”
परिश्रम कष्टपर्ूण्ा हुन्छ तर त्यसको फल मिठो हुन्छ भन्ने कुरा आफ्नो जीवनबाट सिकेको उहाँको कथन छ ।
सीप भएर मिहिनेत गर्नेलाई सबैले सम्मान गर्दाै रहेछ, त्यसैले परिश्रमी भएर काम गरिरहेको छु खुशी हुँदै उहाँ भन्नुहुन्छ- “काम गर्नेलाई जहाँ पनि सम्मान र पैसा छ, नगर्नेलाई कहि छैन् सम्मान र कमाई ।” रासस
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed