पैसा ब्याजमा लाएर एक क्विन्टल सुन-चाँदी
अप्रील 30, 2013 at 1:17 अपराह्न टिप्पणी छोड्नुहोस्
विनोद भण्डारी
रंगेली (मोरङ), वैशाख १७ – सुन-चाँदीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक व्यवसायीलाई सोमबार करिब एक क्विन्टल (सय किलो) सुन र चाँदीसहित पक्राउ गरेको छ । वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयलगायत कुनै पनि आधिकारिक निकायको अनुमति नलिई रंगेली-४ स्थित आफ्नै घरमा वर्षौंदेखि सर्वसाधारणको सुन र चाँदी सयकडा तीन ब्याजमा धरौटी राखेर करोडौंको कारोबार गर्दै आएका पुनम अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसमा कति परिमाणमा सुन थियो भन्ने प्रहरीले खुलाउन चाहेन । इलाका प्रहरीका निरीक्षक माधवप्रसाद काफ्लेका अनुसार नेपाल र भारतका करिब ५ हजार ५ सय सर्वसाधारणको सुन र चाँदी सयकडा तीन रुपैयाँ ब्याजमा धरौटी राखेर रकम लगानी गरेको पाइएको छ । तर कारोबारमा संलग्न महावीर श्याम अग्रवाल प्रहरी सम्पर्क बाहिर रहेको उनले बताए । अग्रवाल परिवारले सर्वसाधारणको धरौटीमा राखेको सुन र चाँदी घरभन्दा बाहिर राख्ने वा भारततर्फ निकासी गर्ने तयारी गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । स्रोतका अनुसार प्रहरी घटनास्थल पुग्दा करिब १५ केजी चाँदी सडकमा फ्यालिएको र करिब ८० केजी सुन र चाँदी घरबाट बरामद गरेको थियो ।
अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएपछि नेपाल र भारतका पीडितले सोमबार इप्रका रंगेली घेराउ गरेका थिए । अग्रवालले उनीहरूलाई दिने रसिद सादा छ । त्यसमा शुभ ओम कामनाबाहेक करको कुनै पनि शब्द वा अंक उल्लेख छैन । आमगाछी-३ की रितादेवी ठाकुरले ९ महिनाअघि चाँदी धरौटी राखेर सयकडा तीन रुपैयाँ ब्याज दरले १२ हजार रुपैयाँ ऋण लिएको र आइतबार दिउँसो १४ हजार १ सय ६० रुपैयाँ साँवाब्याज तिरेर सामान निकाल्न खोज्दा नदिएपछि घटना सार्वजनिक भएको हो । उनले सामान पछि अग्रवालले दिएको रसिदमा उनको नाम र रकम मात्र उल्लेख छ । रसिदमा कति सुन-चाँदी राखेको भन्ने पनि उल्लेख छैन । त्यसैगरी गोविन्दपुर-६ का दिनेश मल्लिकले चाँदी धरौटी राखेर ६ हजार रुपैयाँ ऋण लिँदा पाएको रसिदमा पनि ऋणीको नाम र रकमबाहेक कुनै कुरा छैन । यसरी खुल्यो…अग्रवाल परिवारका अजय अग्रवालले तीनवटी युवतीसँग विवाह गरेका छन् । स्रोतका अनुसार पहिली र दोस्री युवतीले विवाह गरको केही समयपछि छोडपत्र गरे । प्लस टु मात्र उत्तीर्ण उनले पछिल्लोपटक भारतको नयाँ दिल्लीकी पुनम शर्मालाई विवाह गरेर रंगेली ल्याएका थिए ।उनलाई पनि मानसिक र शारीरिक यातना दिएपछि पुनमले अग्रवाल परिवारको वास्तविकता बाहिर ल्याएकी हुन् ।

Entry filed under: वर्गविहीन.
Trackback this post | Subscribe to the comments via RSS Feed