घरमा चर्पी नहुँदा विद्यालय जान बन्चित
अप्रील 30, 2013 at 8:27 अपराह्न टिप्पणी छोड्नुहोस्
रुकुम- यहाँका एक गाविसका झन्डै ३० प्रतिशत विद्यार्थी शैक्षिकशत्र सुरु भएको आधाआधीसम्म पनि विद्यालय भर्ना हुन पाएका छैनन् ।
गाउँ विकास समितिले जन्मदर्ताको प्रमणपत्र उपलब्ध नगराएपछि विद्यार्थीहरू विद्यालय भर्ना हुनबाट वञ्चित भएका हुन् ।
विद्यालयले नयाँ भर्नाका लागि जन्मदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने नियमलाई अनिवार्य बनाएको छ भने गाउँ विकास समितिको कार्यालयले शौचालय नबनाइकन पञ्जिकरणसम्बन्धी कुनै पनि सेवा उपलब्ध नगराउने भएपछि घरमा शौचालय नभएका विद्यार्थीहरू समस्यामा परेका हुन् ।
विभिन्न वडाका र्घर्तीकाँडा, गर्ुतालगाउँ, कोटगाउँ, नार्जी, सोतिखोला, बसिगाउँ, बडाखोला, कुमाइगाउँलगायतका ठाउँमा बसोवास गर्ने विद्यार्थीहरूले घरमा शौचालय नभएकै कारण विद्यालय भर्ना हुन पाएका छ्रैनन् ।
चौरजहारी स्रोत केन्द्रले यसै वर्षेखि विद्यार्थीको अभिलेखलाई व्यवस्थित गर्न भर्नाको समयमा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य बनाएको हो ।
सन् २०१५ सम्म रुकुमलाई खुला दिसामुक्त जिल्ला बनाइ सक्ने अभियानलाई सघाउन यही असारभित्रै कोटजहारीलाई खुला दिसामुक्त गाविस घोषणा गर्न गाविसस्तरीय र्सवदलीय समितिले गरेको निर्ण्र्ाामोजिम गाविसले पञ्जिकरणका सेवाहरू रोकेको हो ।
“शौचालय नबनाएकाहरूलाई पञ्जिकरणका कुनै सेवा नदिएर चाँडो शौचालय बनाउने दबाब दिन पञ्जिकरणका सबै सेवा रोक्ने निर्ण्र्ाायहाँका सबैले गरेका छन्” गाविस सचिव खलबहादुर खड्काले भन्नुभयो, “चाँडै शौचालय बनाउनु भन्दै सेवाग्राहीलाई फर्काउने गरेको छु ।”
झन्डै एक हजार घरधुरी रहेको कोटजहारीमा हालसम्म ७० प्रतिशत घरमा शौचालय निर्माण भइसकेको बताइएको छ । गाविसमा रहेको र्सवदलीय समितिमा रहेका कतिपय सदस्यहरू स्वयम्ले पनि शौचालय बनाउन ढिला गरेपछि कोटजहारीलाई खुला दिसामुक्त गाविस घोषणा गर्नमा पनि ढिलाइ भइरहेको गाविसको भनाइ छ । रासस
Entry filed under: रासस.
Trackback this post | Subscribe to the comments via RSS Feed