अफगानिस्तानमा तीन बेलायती सैनिकको हत्या

मे 1, 2013 at 7:54 अपराह्न टिप्पणी छोड्नुहोस्

काबुल-अफगानिस्तानमा तीनजना बेलायती सैनिकको हत्या भएको समाचारमा जनाइएको छ । ती सैनिकलाई बम विस्फोट गर्राई हत्या गरिएको हो ।
बुधबार बिहान अफगानिस्तानका अधिकारी एवम् नेटो सैनिक सहयोग बलले सो विषयमा जानकारी दिएको हो । यस विषयको बेलायती रक्षा मन्त्रालयले पनि पुष्टि गरेको छ ।
मङ्गलबार साँझ सडक किनारामा राखिएको बम विस्फोट गराएर उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । उनीहरु अफगानिस्तानको नार ए सरोज जिल्लामा नियमित रुपमा गस्तीमा रहेका बेला सडकमा बम राखिएको र उक्त बम नियोजित रुपमा विस्फोट गराइएको बताइएको छ ।
सो गस्ती टोली उक्त बम राखिएको स्थानमा पुगेपछि तालिवानीहरुले दुर नियन्त्रित यन्त्रका माध्यमबाट लुकेर विस्फोट गराएको पनि समाचारमा जनाइएको छ ।
उक्त क्षेत्र हल्माण्ड प्रान्तमा पर्दछ । बेलायतको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा विगत लामो समयदेखि बेलायती सेनाले सुरक्षा प्रदान गर्दैआएको र मङ्गलबार सो दर्ुघटना भएको बताएको छ ।
नेटो सैन्य समूहमा बेलायती सेनाले पनि सुरक्षा प्रदान गररहेको छ । ती सैनिकको परिचय भने नेटो सैनिक समूहले दिएको थिएन ।
नेटो सैनिक समूहमा संलग्न रहेपनि त्यहाँ मारिने सैनिकको परिचय नदिने नीति सो समूहको रहेकोले हिजो तीनजना सैनिक मारिएको मात्र सूचना त्यसले दिएको हो ।
सो हत्याका ’boutमा तालिवानीहरुले भने केही बताएका छैनन् । अफगानिस्तानमा सन् २००१ देखि अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकका विरुद्ध उसले आक्रमण गर्दैआएको छ ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसक्ने जानकारी नेटा सम्बद्ध राष्ट्रहरुले गत वर्षनै गरिसकेका छन् ।
अफगानिस्तानमा तालिवानी आतङ्ककारीहरुले अफगान नेटोसँग आवद्ध सैनिकलाई लक्ष्यगरी सडक किनारको बम र अन्य विस्फोटक पदार्थ विस्फोट गराउँदा बारम्बार नागरिकको हताहती हुने गरेको पाइन्छ ।
अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्ममा नेटो सैनिक फिर्ता भइसक्ने घोषणा यसअघि नै गरिएको भए पनि अफगानिस्तानको शान्ति सुरक्षामा भने उल्लेखनीय परिवर्तन आएको छैन ।

Entry filed under: रासस.

चना चटपटे बेचेरै मदनले राम्रो आम्दानी गर्दै भवनमा परी मृत्युहुने चारसय नाघे, अझै डेढ सय बेपत्ता

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

Trackback this post  |  Subscribe to the comments via RSS Feed


iPhone on Sale

Calendar

मे 2013
सो मं बु बि शु
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

%d bloggers like this: