“टाउको झोलामा खुट्टा खोलामा बनाउँछु” भन्नेले माफी मागे
मे 2, 2013 at 1:41 अपराह्न टिप्पणी छोड्नुहोस्
काठमाण्डौ-पत्रकारलाई टाउको भोलामा खुट्टा खोलामा बनाइदिने धम्की दिएकी नायिका सुमिना घिमिरेले आफूले गरेको गल्तीको लिखित रुपमै माफी मागेकी छिन् । सुमिनाले एक प्रेस विज्ञप्ति जारी गरी फोनमा भएको सम्वादमा गरिएको कुराकानी नियतवश नभई आवेशमा आएर भनेकोले उक्त भनाईलाई फिर्ता लिएको उल्लेख गरेकी छिन् । ती शब्द मानवीय स्वाभाव र आवेशवश भावनामा वगेर व्यक्त गरेकोले धम्कीका रुपमा नलिन विज्ञप्तिमार्फत आग्रह गरेकी छिन । साथै उनले नेपाली पत्रकारीता जगतप्रति आफ्नो सदैव उच्च सम्मान रहने कुराको पनि जानकारी गराएकी छिन् ।
त्यसो त सुमिनाले उक्त विज्ञप्तिको वोधार्थ नेपाल चलचित्र पत्रकार संघ र पत्रकार महासंघलाई पठाएकी छिन् । सुमिनाले विज्ञप्ति प्रकाशित गरी माफी मागेपछि चलचित्र पत्रकार संघले पनि प्रेश विज्ञप्ति जारी गरी यो कदमलाई स्वागत गरेको छ । आगामी दिनमा कलाकार, चलचित्रकर्मी तथा पत्रकारवीच सुमधुर सम्बन्ध रहने आशा गरिएको छ ।
सुमिनाले करीव ४ मिनेट फोन गरेर पत्रकारलाई अत्यान्तै असभ्य भाषामा गाली गरेको अडियो रेकर्ड विभिन्न सामाजिक सञ्चालहरुमा पनि थुप्रै शेयर तथा लार्इक गरिएको थियो ।
नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभिनय गर्ने नायक नायिकाहरुका विषयमा समीक्षा हुनुलाई सामान्य मानिन्छ । सुमिनाका वारेमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्र’bout समीक्षा गरिएकोमा यसैलाई आधार मानेर सुमिनाले टाउको झोलामा खुट्टा खोलामा बनार्इदिने भन्दै धम्की दिएकी थिर्इन । असभ्य भाषामा दिइएको धम्की सुनेर उनी चलचित्र मात्रै होइन सामाजिक हिसावले पनि कामजोर छिन भन्ने सबैले बुझेका थिए । नायिकाजस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा बोल्ला भनेर कल्पनासम्म गर्न नसकिने भाषा बोलेकी थिइन् । अझ अचम्म त के छ भने मजासँग मुखमा जे आयो त्यही भनेर गाली गर्ने, काटने मार्ने धम्की दिने अनि अन्तिममा आएर माफी मागे खत्तम । अव आइन्दा यस्तो कृयाकलाप नगर्ने शर्त पनि गरेकी छिन् तर यसै भन्न सकिंदैन । आवेशमा आएर बोलिएको छ भनिएकोले फेरि कुनै दिन आवेशमा नआउला भनी कसरी विश्वास गर्ने ?
Canon EOS Rebel T3 12.2 MP CMOS Digital SLR with 18-55mm IS II Lens and EOS HD Movie Mode (Black)
अगाडि उनले के ’boutमा के भनेर गाली गरेकी थिर्इन, सुन्नुस् ।
Entry filed under: समाचार.
Trackback this post | Subscribe to the comments via RSS Feed